2012/05/20
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क

अब संसदमा दुई मन्त्री अनिवार्य

टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
सरकारले व्यवस्थापिका संसदमा दुईजना मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ । संसद्को विशेष र शून्य समयमा सभासद्हरूले ध्यानाकर्षण गराएका कुरा सुन्न मन्त्री उपस्थित हुनैपर्ने व्यवस्था छ । तर एकजना पनि मन्त्री उपस्थित नभएका कारण संसद् बैठक नै स्थगित हुने अवस्था आएको भन्दै आलोचना भएपछि संसद् बैठक बसेको समयमा कम्तिमा दुईजना मन्त्री अनिवार्य उपस्थित हुने व्यवस्था मिलाइएको हो ।

बिस्तृत समाचार .....

फोरम सरकारमा जाँदै

चार मन्त्रालय न्यूनतम शर्त
टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
संविधानसभाको चौथो ठूलो दल मधेसी जनअधिकार फोरम पनि सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागिताका विषयमा मधेसी जनअधिकार फोरमले राखेका मागप्रति प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएपछि फोरम सरकारमा जाने निर्णयमा पुगेको हो ।

बिस्तृत समाचार .....

वर्षमा एक हजार दुई सय ६२ जना पीडित

मानवअधिकार उल्लंघन
टाइम्स संवाददाता
विराटनगर, फागुन २५ ।
सन् २०१० मा पूर्वाञ्चलमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा एक हजार दुई सय ६२ जना पीडित भएका छन् । अघिल्लो वर्ष सन् २००९ मा ७ सय ९८ वटा घटनामा दुई हजार ९० जना पीडित भएका थिए ।

बिस्तृत समाचार .....

संविधान बन्नेमा शंका : थापा

टाइम्स संवाददाता
नवलपरासी, फागुन २५ ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एवं सभासद् एमएस थापाले संविधान निर्माण गर्न बाँकी ८२ दिनभित्र संविधान बन्नेमा शंका व्यक्त गरेका छन् । उनले संविधानका बारे धेरै मुद्दामा वहस र छलफल गरी निर्णयमा पुग्न बाँकी रहेकाले तोकिएको समयमा संविधान बन्ने सम्भावना झिनो हुँदै गएको बताए ।

बिस्तृत समाचार .....

फोहोर प्रशोधन केन्द्रको विरोधमा ज्ञापनपत्र

टाइम्स संवाददाता
विराटनगर, फागुन २५ ।
विराटनगर उपमहानगरपालिकाले मोरङको डंग्राहा–५ मा निर्माण गर्न लागेको फोहोर प्रशोधन केन्द्र स्थगित गर्न माग गर्दै स्थानीयवासीले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् ।

बिस्तृत समाचार .....

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित

'चैत ७ अघि बैठक बस्ने सम्भावना छैन'
नारायण अर्याल
काठमाडौं, फागुन २५ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित बनेको छ । बैठक सुरु भएको भोलिपल्टै अर्थात् फागुन २० गते राति संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भएका कारण कांग्रेस केन्द्रीय समितिको बैठक तेस्रोपटक अनिश्चित बनेको हो ।

बिस्तृत समाचार .....

महिला प्रतिनिधित्वका दृष्टिले नेपाल १८ औं स्थानमा

प्रजातन्त्रका महारथी अमेरिका र भारत पनि नेपालभन्दा पछाडि
सुदर्शन आचार्य
काठमाडौं, फागुन २५ ।
राजनीतिमा महिला सहभागिता र संसद्मा प्रतिनिधित्वका दृष्टिले प्रजातन्त्रका महारथी मानिएका अमेरिका र भारतजस्ता मुलुकभन्दा नेपाल निकै अगाडी रहेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार राजनीतिमा महिला सहभागिताका दृष्टिले नेपाल १८ औं स्थानमा रहेको छ ।

बिस्तृत समाचार .....

उद्योग सुचारु गर्न महासंघको आग्रह

टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
नेपाल उद्योग वाणिज्य महासंघले न्यूनतम पारिश्रमिक तीन गुणाले वृद्धि गर्नुपर्ने माग राखी हेटौंडा, विराटनगर, वीरगञ्जलगायतका स्थानमा उद्योग व्यवसाय बन्द गराइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल उद्योग सुचारु गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

बिस्तृत समाचार .....

एयर बसद्वारा बैना फिर्ता, कंसाकार धरौटीमा रिहा

मदन कोइराला
काठमाडौं, फागुन २० ।
फ्रान्सेली कम्पनी एयर बसले जहाज खरिदका लागि नेपाल वायुसेवा निगमले दिएको बैना रकम फिर्ता गरेको छ । एयर बसले शुक्रबार निगमको खातामा ७ लाख ५० हजार ९ सय ९२ अमेरिकी डलर फिर्ता गरेको निगमका प्रवक्ता राजु केसीले जानकारी दिएका छन् । उनका अनुसार एयर बसले हिमालयन बैंकमा रहेको ००३००४००६३३००४८ नम्बरको खातामा बैना रकम फिर्ता पठाएको हो ।

बिस्तृत समाचार .....


बाँकी समाचारहरु

लिबियामा २४ जनाको विचल्ली

टाइम्स संवाददाता
काठमाडौं, फागुन १७ ।
लिबियाको राजधानी त्रिपोली एअरपोर्टमा नेपाल फर्किन लागेका २४ जना नेपाली अलपत्र परेका छन् । लिबियाबाट सुडान हुँदै नेपाल फर्किने तयारीमा रहेका २४ जना अलपत्र परेको त्यहाँबाट गोरखाका निरज गुरुङले जानकारी गराएका छन् । उनीहरूले मानवअधिकार संगठनको कार्यालयमा फोन गरी उद्धारको पहल गरिदिन सरकारसँग आग्रह गरेको मानवअधिकारकर्मी सुदीप पाठकले जानकारी दिए ।

बिस्तृत समाचार .....

पोर्चुगलमा साहित्यिक भेला

टाइम्स संवाददाता
लिस्बोन, माघ १८ ।
रोजगारीको सिलसिलामा पोर्चुगलमा बसोबास गर्ने साहित्य अनुरागीहरुको बृहत भेला गैर आवासीय नेपाली संघ पोर्चुगलको लिस्बोन-रोसियोस्थित कार्यालयमा आइतवार सम्पन्न भएको छ। भेलाले पोर्चुगलमा रहेका साहित्यिक गतिविधिलाई सबैतिर प्रसारण गर्ने उद्देश्यले एउटा त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्ने निर्णय गरेको छ ।

बिस्तृत समाचार .....


बाँकी समाचारहरु

इंग्ल्याण्डविरुद्ध आयरल्याण्डको रोमाञ्चक जित

एजेन्सी
बेंग्लोर, फागुन १८ ।
केभिन ओ ब्रायनले कीर्तिमान प्रदर्शन गरेपछि टेष्ट नखेल्ने राष्ट्र आयरल्याण्डले टेष्ट राष्ट्र इंग्ल्याण्डलाई तीन विकेटले हराउँदै कीर्तिमानमाथि अर्को कीर्तिमान कायम गरेको छ ।

बिस्तृत समाचार .....

चेल्सीद्वारा म्यानचेष्टर युनाइटेड स्तब्ध

लण्डन, फागुन १८ । विजयीयात्रा जारी राख्ने म्यानचेष्टर युनाइटेडको योजना चकनाचूर पार्दै इंग्लिस प्रिमियर लिगमा चेल्सीले उपाधिका लागि आफू सक्षम रहेको देखाएको छ । गएराति स्ट्याम्डब्रिजमा चेल्सीले म्यानचेष्टर युनाइटेडलाई २-१ ले हराउँदै लिग तालिकामा ४८ अंक बनाएको छ । तथापि लिग लिडर म्यानचेष्टर युनाइटेडसँग चौथो स्थानमा रहेको चेल्सी अझै १२ अंकले पछि छ ।

बिस्तृत समाचार .....


बाँकी समाचारहरु

सर्कारको देन

तर सर्कारले पूर्व युवराज पारसलाई भने निकै ठूलो गुन लाइदेको छ । उन्लाई उपप्रधानमन्तरी सुजाताका ज्वाइँलाई झन्नै मारेको भन्ने आरोपमा प्रहरी खटाएर पोखराबाट चितवन लगेर सर्कारले गुन लाइदेको हो । आफैंले छानबिन समिति गठन गरिसकेको अवस्थामा समितिले काम थाल्नुअघि नै सर्कारले पारसलाई पक्राउ गर्नुले सर्कारको बहादुरीभन्दा पनि पारसको जयजयकार बढाइदियो ।

बिस्तृत समाचार .....

राजनीतिक समीकरण

नेपालका राजनीतिक दलहरू कहिले कुन कित्तामा कता फर्केर उभिने हुन् भन्ने कुरा हजार जिब्रो भाको शेष नागले पनि बुझ्न नसक्ने भो । राजनीतिक दलहरूलाई नै कहिले कुन कित्तामा आफू उभिने भन्ने भेउ हुन्न जस्तो छ, पत्रकार मनुवाले त झन् पत्तो पाउने कुरै भएन ।

बिस्तृत समाचार .....

वाह पारस

पूर्व युवराज पारस नेपालमा यो साताका चर्चित अनुहार बने । साताभरि नै उनी समाचारको केन्द्र पनि बने । चर्चा पाउन या त धेरै राम्रो काम गर्नु पर्‍यो या धेरै नराम्रो । पारसले राम्रो काम गरेका थिए या नराम्रो भन्ने छुट्याउन यतिबेला हम्मेहम्मे परेको छ ।

बिस्तृत समाचार .....


बाँकी समाचारहरु

लिबियालाई 'उडान निषेधित क्षेत्र' घोषणा गर्ने प्रयास

वासिंटन, फागुन २४ । लिबियालाई ‘उडान निषेधित क्षेत्र’ घोषणा गर्नेबारे अन्तर्राष्ट्रिय प्रयास तीब्र भएको छ । समाचार एजेन्सीहरुका अनुसार लिबियाली सेनाले विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा हवाइ हमला बढाएपछि यस्तो प्रयास तीब्र तुल्याइएको हो ।

बिस्तृत समाचार .....

विस्फोटमा २० को मृत्यु

इस्लामाबाद, फागुन २४ । पूर्वी पाकिस्तानको फैसलावादमा मंगलबार भएको विस्फोटमा परी कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार एउटा ग्याँस स्टेशनलाई लक्षित गरी विस्फोट गराइएको थियो ।

बिस्तृत समाचार .....

बेलायती राजकुमारमाथि आरोप

लन्डन, फागुन २४ । बेलायती अधिराजकुमार एन्ड्रयुलाई उनले एउटा यौन दुराचारी भनी आरोपित व्यक्तिसँग सम्बन्ध गाँसेकोमा ट्युनिसियाका लागि अवैतनिक महावाणिज्य दुतको पद त्याग्न जनदबाब बढ्दै गएको छ । एन्ड्रयु ट्युनिसियाका लागि अवैतनिक महावाणिज्य दुतसमेत हुन् ।

बिस्तृत समाचार .....

ग्वान्तानामोबारे ओबामाको नयाँ नीति

वासिंटन, फागुन २४ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादविरुद्धको युद्धका क्रममा बन्दी बनाइएकाहरुलाई राखिदैं आएको ग्वान्तानामो बन्दी गृहका बारेमा नयाँ व्यवस्थाको घोषणा गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति ओबामाले दुई वर्षसम्म सैन्य मुद्दा स्थगित गरेकोमा आफ्नो पुरानो नीतिलाई परिवर्तन गरेका हुन् ।

बिस्तृत समाचार .....


बाँकी समाचारहरु

क्षतिपूर्ति नपाएको भन्दै शैक्षिक संस्थाहरू बन्द

टाइम्स संवाददाता
नेपालगञ्ज, फागुन १३ ।
गत असोज १४ गते हत्या गरिएका विद्यार्थी कपिल द्विवेदी र लिलाधर भट्टका परिवारलाई दिने भनिएको १० लाख रुपैयाँ राहत रकम तत्काल उपलब्ध गराउन माग गर्दै बाँकेका सम्पूर्ण शिक्षण संस्थाहरू शुक्रबार बन्द गराइएका छन् । राहत रकम नपाएपछि सांकेतिक विरोधका रूपमा शिक्षक आवद्ध १६ वटा संघसंगठनद्वारा गठित शिक्षक संघर्ष समितिले विद्यालयहरू बन्द गराएको हो ।

बिस्तृत समाचार .....

विद्यालयमा आधारित प्राविधिक सहयोग तालिम

टाइम्स संवाददाता
कपिलवस्तु, फगुन १३ ।
विद्यालयको विकासमा समुदायका अभिभावकहरूलाई परिचालन तथा उत्प्रेरित गराउने उद्देश्यका साथ कपिलवस्तुका ५ गाविसमा विद्यालयमा आधारित प्राविधिक सहयोग तालिम सुरु गरिएको छ । स्थानीय गैरसरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले एक्सनएड नेपालको सहयोगमा निग्लिहवा, जहदी, हथौसा, गजेहडा र कोपवा गाविसका ५ विद्यालयमा यस्तो कार्यक्रम सुरु गरेको हो ।

बिस्तृत समाचार .....

नोबेल मेडिकल कलेजद्वारा थप छात्रवृत्ति घोषणा

टाइम्स संवाददाता
विराटनगर, फागुन १३ ।
सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको विराटनगर ५ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले सरकारी कोटाबाहेक ५५ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ ।

बिस्तृत समाचार .....


Analysis more analysis

From Baghdad to Benghazi

- Charles Krauthammer

Voices around the world, from Europe to America to Libya, are calling for U.S. intervention to help bring down Moammar Gaddafi. Yet for bringing down Saddam Hussein, the United States has been denounced variously for aggression, deception, arrogance and imperialism.


more.....

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....