2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
इंग्ल्याण्डविरुद्ध आयरल्याण्डको रोमाञ्चक जित

एजेन्सी
बेंग्लोर, फागुन १८ ।
केभिन ओ ब्रायनले कीर्तिमान प्रदर्शन गरेपछि टेष्ट नखेल्ने राष्ट्र आयरल्याण्डले टेष्ट राष्ट्र इंग्ल्याण्डलाई तीन विकेटले हराउँदै कीर्तिमानमाथि अर्को कीर्तिमान कायम गरेको छ ।
बुधबार बेंग्लोरमा भएको खेलमा आयरल्याण्डले दसौं संस्करणमा पहिलोपटक टेष्ट राष्ट्रलाई पाखा लगाएको हो । आयरल्याण्डका ब्रायनले ५० बलमा शतक प्रहार गर्दै पहिलो कीर्तिमान बनाएका हुन् । विश्वकपमा यसअघि ८१ बलमा शतक बनाउने कीर्तिमान थियो । विश्वकप क्रिकेटमा पहिलोपटक सबैभन्दा ठूलो उलटफेर भएको छ ।
बुधबार भएको खेलमा आयरल्याण्डले इंग्ल्याण्डमाथि कीर्तिमान जित दर्ता गर्दै पहिलोपटक विश्व क्रिकेटमा यति ठूलो उलटफेर भएको हो । ३ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले इंग्ल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । एसोसिएट टोलीले ३ सयभन्दा माथि चेस गरेको यो पहिलोपटक हो भने कुनै पनि टेष्ट प्लेइङ राष्ट्रलाई एसोसिएट टोलीले बनाएको यो स्कोर विश्व कीर्तिमान नै हो । ३ सय २८ रन लक्ष्य पछ्याउन मैदानमा उत्रेको आयरल्याण्डले ४९.१ बलमा ७ विकेट गुमाउँदै जित हात पारेको थियो ।
यता आयरल्याण्डले जित हात पार्दा उसको छैठौं नम्बरका ब्याटस्म्यान केभिन ओब्रोनले विश्वकप क्रिकेटमा कम बलमा सतक प्रहार गर्ने कीर्तिमानसमेत राखेका छन् । एक समय १ सय ६ रनमा चौथो विकेट गुमाएर सम्मानजनक स्कोर खडा गर्न पनि संघर्ष गर्दै रहेको आयरल्याण्डका लागि छैठौं विकेटको रूपमा आएका केभिन ओब्रानले विस्फोटक ब्याटिङ गर्दै ५० बलमा शतक बनाएपछि आयरल्याण्ड जितको नजिक पुगेको थियो । टोलीलाई जितसम्म पुर्‍याउन उनले ६३ बलको सामना गर्दै कुल १ सय १३ बनाउन सफल भएका थिए । उनले प्रहार गरेको १ सय १३ रनमा ६ छक्का र १३ चौका सामेल थियो ।
टपअडरका अन्य खेलाडीहरूले भने आयरल्याण्डका लागि महत्त्वपूर्ण योगदान दिन सकेनन् । एक समय १ सय ११ रनमा ५ विकेट गुमाएर संघर्ष गरेको आयरल्याण्डका लागि ओब्रानले उत्कृष्ट ब्याटिङ गर्दै सम्मानजनक जिततर्फ बढाएका थिए । उनले एलेक्स सस्याकसँग मिलेर १ सय ६२ रनको साझेदारी गरेका थिए । एलेक्सले पनि महत्त्वपूर्ण ४७ रन बनाएका थिए । उनले ५८ बलको सामना गर्दै १ छक्का र ३ चौकाको सहयोगले उक्त रन बनाएका थिए । अन्तिममा आएका मुनिले पनि ३३ रनको योगदान गर्दै विजयी रनसमेत प्रहार गरेका थिए । इंग्ल्याण्डका लागि ग्रेन स्वानले ३ विकेट लिए ।
यसअघि इंग्ल्याण्डले आयरल्याण्डका सामु ३ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २७ रन बनाएपछि आयरल्याण्डलाई जितका लागि ३ सय २८ रन बनाउनुपर्ने भएको हो । सुरुवात राम्रो गरेको इंग्ल्याण्डले पहिलो विकेटका लागि कप्तान स्ट्रस र पिटरसनबीच ९१ रनको साझेदारी भएको थियो । स्ट्रस पहिलो विकेटको रूपमा बाहिरिँदा उनले ३४ रन बनाएका थिए । पिटरसनले भने २ छक्का र ७ चौकाको सहयोगले ५० बलमा ५९ बनाए । इंग्ल्याण्डलाई विशाल लक्ष्यतर्फलैजान तेस्रो स्थानमा आएका जोनाथ ट्रोटले पनि ९२ को महत्त्वपूर्ण योगदान गरे । ट्रोटले ८१ रन बनाएका इयान बेलसँग मिलेर १ सय ६७ रनको साझेदारी गरेका थिए ।
 


सेयर »

                                      

आफ्नो प्रतिक्रिया पठाउनुस्

*चिन्ह भएका खाली ठाउँ भर्न जरुरी छ ।
 
भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....