2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित

'चैत ७ अघि बैठक बस्ने सम्भावना छैन'
नारायण अर्याल
काठमाडौं, फागुन २५ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित बनेको छ । बैठक सुरु भएको भोलिपल्टै अर्थात् फागुन २० गते राति संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भएका कारण कांग्रेस केन्द्रीय समितिको बैठक तेस्रोपटक अनिश्चित बनेको हो ।
बाह्रौं महाधिवेशन सम्पन्न भएको करिब दुई महिनापछि गत मंसिरमा सभापति सुशील कोइरालाले पहिलो बैठक बोलाएका थिए । पहिलो बैठकमा नै सभापतिले पेस गरेको पदाधिकारी मनोनयनसम्बन्धी प्रस्तावमा विवाद सुरु भएपछि स्थगित भएको बैठक प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको भूमिका तय गर्न बसेको थियो । त्यसक्रममा पनि बैठकले खासै उपलब्धि हासिल गर्न सकेन ।
त्यसपछि फागुन १९ गते सभापति कोइरालाले पुनः केन्द्रीय समितिको बैठक बोलाएका थिए । बैठक सुरु भएकै समयमा संस्थापक नेता भट्टराईको स्वास्थ्य गम्भीर भएको भन्दै फागुन २० गते अर्को सूचना नभएसम्मका लागि पुनः बैठक स्थगित भएको हो ।
बैठक स्थगित भएकै दिन फागुन २० गते शुक्रबार राति संस्थापक नेता भट्टराईको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भयो । त्यसको भोलिपल्टै गत शनिबार बिहान भट्टराई आश्रम बाँडेगाउँमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले तेह्र दिनसम्म पार्टीले शोक मनाउने र शोकका कार्यक्रम बाहेक अन्य कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेपछि केन्द्रीय समितिको बैठक पुनः ओझेलमा परेको छ ।
कांग्रेसका एक नेताका अनुसार चैतको पहिलो सातामा पनि केन्द्रीय समितिको बैठक बस्न सक्ने अवस्था छैन । चैत २ गते सबै जिल्लामा स्वर्गीय भट्टराईको अस्तु विसर्जनसहित श्रद्धाञ्जलिसभा आयोजना हुने छ भने त्यसलगत्तै होली (फागु पूर्णिमा) पर्व सुरु हुने छ । होलीका बीचमा बैठक बस्नसक्ने कुनै सम्भावना नरहेको उनले बताए ।
होली सकिएको भोलिपल्ट अर्थात्, चैत ७ गते तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाको प्रथम वार्षिकी हो । उक्त दिन पनि कांग्रेसले देशभर स्मृतिसभा आयोजना गर्ने तयारी गरिरहेको छ ।
‘चैत सात गते गिरिजाबाबुको प्रथम स्मृति दिवस हो, त्यसमा पनि जिल्ला जिल्लामा कार्यक्रम हुनेछ,’ एक नेताले भने, ‘त्यो कार्यक्रम सकेर सबै केन्द्रीय सदस्य राजधानी फर्केपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने सम्भावना रहन्छ ।’
मंसिरदेखि सुरु भएको केन्द्रीय समितिमा सुरुदेखिकै विवाद ज्यूँ का त्यूँ छन् । सुरुमा नै सभापतिले उपसभापतिमा रामचन्द्र पौडेललाई र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनित गर्ने प्रस्ताव पेस गरेकोमा सो प्रस्तावप्रति केन्द्रीय समितिमा विवाद तन्कँदै गएको छ भने त्यसपछि दुईपटकसम्म केन्द्रीय समितिको सदस्यमा सभापतिले गरेको मनोनयन प्रस्ताव पनि विवादमै रहेको छ ।
पदाधिकारी मनोनयनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने भए पनि सदस्यमा गरिएको मनोनयनलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्दैन । तर, नेता देउवा पक्षधर केन्द्रीय सदस्यहरूले भने सभापतिले एकलौटी रूपमा आफ्नो पक्षकालाई मात्रै सदस्यमा मनोनित गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
यसअघिको बैठकमा समेत केही सदस्यहरूले सभापतिको मनोनयन प्रस्तावका बारेमा असन्तुष्टि जनाएका थिए । सहमतिमा नै मनोनित गर्नुपर्ने भए पनि सभापतिले आफ्नै मनपरी ढंगले आफू पक्षीय नेताहरूलाई मात्रै मनोनित गरेको भन्दै देउवा समूह रुष्ट बनेको छ ।
त्यस्तै, प्रधानमन्त्रीको उम्मेदवारीका विषयमा समीक्षा गर्नुपर्ने प्रस्ताव देउवापक्षीय नेताहरूको रहेको छ । सोह्रपटकसम्म पराजित भएका रामचन्द्र पौडेललाई पुनः उम्मेदवार बनाउँदा नेपाली कांग्रेस पराजित भएको देउवा पक्षधरको ठहर छ । देउवालाई उम्मेदवार बनाएको भए माओवादी र एमालेले पनि कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने र त्यसको वातावरण तयार भइसकेको अवस्थामा देउवालाई उम्मेदवार हुनबाट रोकिएको उनीहरूको दाबी छ । उम्मेदवारीका विषयमा समेत समीक्षा हुनुपर्ने उनीहरूको प्रस्ताव रहेको छ ।
त्यस्तै, विधानमा व्यवस्था भए अनुसारको विभागको गठन हुनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा जाँदै छ । विधानतः सभापतिले विभाग प्रमुख चयन गर्ने व्यवस्था रहेको छ । देउवापक्षले भने बैठकबाट नै विभाग प्रमुखको चयन र गठन हुनुपर्ने बताउँदै आएका छन् ।
सभापति कोइरालाले अब पुनः बोलाउने केन्द्रीय समितिको बैठकमा समेत विवाद देखिने एक नेताको भनाइ छ । उनका अनुसार, सभापतिले आफ्नो प्रस्तावमा पुनर्विचार नगरेसम्म केन्द्रीय समितिमा सहमतिमा हुनसक्ने अवस्था छैन । तर, कोइराला पक्षीय एक नेताले भने सभापतिलाई अप्ठेरोमा पारिए बहुमतका आधारमा नै सभापतिको प्रस्ताव पारित हुने दाबी गरे ।
 


सेयर »

                                      

आफ्नो प्रतिक्रिया पठाउनुस्

*चिन्ह भएका खाली ठाउँ भर्न जरुरी छ ।
 
भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....