2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
अब संसदमा दुई मन्त्री अनिवार्य

टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
सरकारले व्यवस्थापिका संसदमा दुईजना मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ । संसद्को विशेष र शून्य समयमा सभासद्हरूले ध्यानाकर्षण गराएका कुरा सुन्न मन्त्री उपस्थित हुनैपर्ने व्यवस्था छ । तर एकजना पनि मन्त्री उपस्थित नभएका कारण संसद् बैठक नै स्थगित हुने अवस्था आएको भन्दै आलोचना भएपछि संसद् बैठक बसेको समयमा कम्तिमा दुईजना मन्त्री अनिवार्य उपस्थित हुने व्यवस्था मिलाइएको हो ।
यसअघि सरकारले एकजना मात्र मन्त्रीको उपस्थिति अनिवार्य गरेको थियो । बुधबारको मन्त्रिपरिषद् बैठकले दुई मन्त्री अनिवार्य उपस्थित हुने व्यवस्था गर्न संसदीय व्यवस्था मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले कामको सिलसिलामा लिबिया पुगेका सबै नेपाली कामदारको उद्धारका लागि हरसम्भव प्रयास गर्ने निर्णय गरेको छ । लिबियामा एकजना मात्र बाँकी रहँदासमेत उच्च महत्वका साथ उद्दार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री गंगालाल तुलाधरले जानकारी दिए ।
लिबियामा कार्यरत एक हजार ५ सय ६२ जनालाई उद्धार गरिएको र बाँकी रहेका ७३ जनालाई सकुशल उद्धारका लागि अधिकतम प्रयास गर्ने निर्णय सरकारले गरेको छ । लिबियास्थित कोरियाली र चिनियाँ कम्पनीको सहयोगमा धेरै नेपालीको उद्धार भए पनि अझै केही नेपाली आन्दोलनबाट प्रभावित क्षेत्रमा रहेको समाचारहरू आइरहेका छन् । सरकारले बाँकी कामदारको उद्धारका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा अन्तरनिकाय समन्वय समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले जापान सरकारले उपलब्ध गराउने भनिएको झण्डै ८७ करोडबराबरको खाद्य सहयोग स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
 


सेयर »

                                      

आफ्नो प्रतिक्रिया पठाउनुस्

*चिन्ह भएका खाली ठाउँ भर्न जरुरी छ ।
 
भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....