2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
अन्य पत्रपत्रीकाबाट

हङकङ आईडी लिन नक्कली बिहे

हङकङ, माघ १३ -
श्रीमान्-श्रीमती हुन्, किनकि विवाह दर्ता प्रमाणपत्र छ । इष्टमित्र डाकी रीतिरिवाजअनुरूप टीकाटालो गरिएको तस्बिर सबुत छन् । तर बिहेपछि सँगै बस्नुपर्ने बरबधू एकअर्कासँग जरुरी काम पर्दाबाहेक कुरासमेत गर्दैनन् । कारण हो, नक्कली विवाह ।
हङकङ बसोबासको परिचयपत्र (आईडी) हात पार्न पछिल्लो समय स्थानीय चिनियाँसँग नक्कली बिहे गरी भित्रिने नेपालीको संख्या बढ्दो छ । बिहेका लागि झन्डै दर्जन बढी चिनियाँ हालै नेपाल पुगेका छन् । पन्ध्रदेखि बीस लाख रुपैयाँसम्म तिर्नुपर्ने यस्तो विवाहमा बरबधू खोज्ने काम दलालले गर्छन् । चिनियाँ नागरिकसँग नक्कली बिहे गरी हङकङ भित्रिनेको संख्या सय नाघिसकेको संलग्न एकले बताए ।
कमजोर आर्थिक अवस्था भएका, लतमा फसेका र सम्बन्धविच्छेद गरेका चिनियाँ ठूलो रकम पाइने लोभमा नक्कली विवाहका लागि राजी हुने गरेका छन् । श्रीमान्/श्रीमती सहमतिमै छोडपत्र छन् । अस्थायी परिचयपत्र पाइसकेपछि पनि आश्रति भिसामा बस्नेहरू सधैं त्रसित रहनुपर्ने हुन्छ । अध्यागमनले स्थायी नहुन्जेल पहिलोपटक वर्षदिन र त्यसपछि तीन/तीन वर्षको भिसा दिन्छ । प्रत्येकपटक भिसा थप्ने बेला दुवैसँगै रहेको विश्वस्त पार्नुपर्ने हुन्छ । मुख्य निवेदकलाई स्वीकार्य नभए आश्रति भिसामा बस्ने जुनसुकै बेला स्वदेश फर्कनुपर्ने बाध्यता छ ।
नक्कली विवाह गरी आउनेहरू दर्जनौंले विभिन्न खाले समस्या भोग्नुपरेको एक्युट कन्सलटेन्सीका अध्यागमन परामर्शदाता इन्द्र वनेमले बताए । 'कुनै एकपक्ष बिरामी, दुर्घटना वा मृत्यु हुँदा निकट नातेदारका रूपमा श्रीमान् वा श्रीमतीलाई खोजिन्छ,' वनेमले भने, 'विवाह कागजीमात्रै भएकाले अधिकांश पैसा लिएपछि देखा पर्दैनन् ।' नेपाली समुदायका एक्ला वकिल एकनारायण शर्मा यस्ता अवैध क्रियाकलापले असली विवाह गर्न चाहने समेत मर्कामा परेको बताउँछन् ।
नक्कली बिहेमा सघाउने दलालले अध्यागमनमा पेस गर्नुपर्ने सरकारी कागजातसमेत तयार पारिदिने जिम्मा लिन्छन् । 'हामी जन्म, विवाहदर्ता, सम्बन्धविच्छेद, नागरिकता, लाइसेन्स, पासपोर्ट सबै बनाइदिन्छौं,' एक नेपाली दलालले निर्धक्क भने, 'नेपालमा हाम्रो सेटिङ छ, सबै सक्कली नै हुन् ।' तर दलालले सक्कली भनेर थमाएका दर्जनौं शंकास्पद कागजात अध्यागमनले पुष्टिका लागि पठाउने गरेको वाणिज्यदूत किरण शाक्यले बताए ।
'हामीसँग हङकङ अध्यागमनले प्रमाणित गरिदिन पठाएका २ सय ४० शंकास्पद पत्रहरू पेन्डिङमा छन्,' उनले भने, 'अधिकांश कागजात आईडी र भ्रमण भिसाका लागि आवेदन दिँदा समावेश गरिएका हुन् ।' शाक्यले आफ्नोजस्तै दुरुस्तै हस्ताक्षर गरिएको नक्कलीपत्र यहाँस्थित बेलायती दूतावासले देखाएको समेत सुनाए । 'सरकारी कागजातै नक्कली हुन थालेपछि सरकारमाथिको विश्वसनीयता पनि गुम्दो छ,' उनले भने, 'अहिले सक्कली कागजातमा समेत आधिकारिकता प्रस्ट्याउन पत्र आउने गरेको छ ।'
आईडीका लागि नेपाली- नेपालीबीच पनि नक्कली विवाह हुने गरेका छन् । पैसा लेनदेनलगायत समस्याले भिसा नथपिँदा कयौं स्वदेश फर्किएका र अवैध बसोबास गरेका पनि छन् ।
विवाह केवल हङकङमा बसोबास गर्ने नियतले मात्र भएको प्रमाणित भए परिचयपत्र प्राप्त गरिसके पनि अवैध घोषित गरी देश फर्काइन सक्ने हङकङ अध्यागमनले जनाएको छ । यस्ता कार्य गर्नेलाई झूटो विवरण पेस गरेका आधारमा अधिकतम १४ वर्षसम्म जेल सजाए हुनसक्ने कानुनी प्रावधान छ । केही महिनाअघि यस्तै एक अभियोगमा एक मलेसियन र चिनियाँ युवतीलाई जेल सजाए भएको समाचार सार्वजनिक भएको थियो ।

कान्तिपुर दैनिक

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....