2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
अन्य पत्रपत्रीकाबाट

हत्या आरोपमा गैंडालाई जेल

निर्मल घिमिरे, बर्दिया, माघ १३ - गल्ती गरेपछि मानिसले सजाय भोगेको त सुनिएकै हो, तर सजाय त गैंडाले पनि भोग्नुपर्दोरहेछ। स्थानीय वृद्धलाई आक्रमण गरेको 'अभियोग' मा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा गैंडा एक वर्षयता 'जेलसजाय' भोगिरहेको छ।
आँखा नदेख्ने 'विक्रम' नामको उक्त एकसिंगे गैंडाले एक वर्षअघि स्थानीय कृष्णमन्दिरका पुजारी ६० वर्षीय मनबहादुर रानालाई आक्रमण गरेको थियो। वृद्धको उपचारका क्रममा मृत्यु भएपछि गैडालाई सजाय दिइएको हो।
'आँखा नदेख्ने भएकाले ऊसँग कोही डराउँदैनथे,' एक सुरक्षाकर्मीले भने, 'यहाँ आउने पर्यटक त्यसैको अगाडि-पछाडि बसेर फोटो खिचाउँथे।'
अनाथ र आँखा नदेख्ने भएपछि विक्रमलाई सन् २००२ मा चितवन निकुञ्जबाट बर्दिया निकुञ्ज ल्याइएको थियो। 'यो गैंडालाई चितवनमा गाउँलेले पिटेर घाइते बनाएछन्,' संरक्षण अधिकृत रमेश थापाले भने, 'स्थानान्तरण गरेर यहाँ ल्याइयो, हेर्दाहेर्दै पूर्ण रूपमा देख्न नसक्ने भयो।'
गैंडालाई निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारी परिवारको सदस्यजस्तै माया गरेको थापाले सुनाए। बर्दिया निकुञ्जमा २८ गैंडा भए पनि ४ वटा भारततिर छन्। विक्रमलाई पाँच महिनापछि 'जेलमुक्त' गरिने निकुञ्ज कार्यालयले जनाएको छ।
'त्यति सोझो गैंडालाई जेलमा राख्ने मन छैन,' उनले भने, 'तर, छाडिदिँदा कसैमाथि आक्रमण गर्न सक्छ।'
एक वर्षदेखि बारेको एक कट्ठा जमिनमा गैंडाले बन्धक जीवन बिताइरहेको संरक्षण अधिकृत अशोक भण्डारीले बताए। 'बाहिर छँदा नेपाली सेनाको क्याम्प र निकुञ्ज कार्यालयपरिसर गरी १५ किलोमिटर दूरी दिनभरि हिँडेर बिताउँथ्यो,' उनले भने, 'अहिले यसले एक कट्ठा जमिनवरिपरि हिँडेर दिन काट्नुपरेको छ।'
भण्डारीका अनुसार बबई गुठीमा थप हुन लागेका तीन पोस्ट तयार भएपछि उक्त गैँडालाई त्यहाँ लगेर मुक्त गरिनेछ।
बर्दिया निकुञ्जमा रहेका २४ गैंडामध्ये विक्रमलाई प्रायले नजिकैबाट हेर्न पाएको पर्या-पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताए। 'उसले रानामाथि कसरी आक्रमण गर्‍यो, अचम्मित छु,' उनले भने।
 

नागरिक दैनिक

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....