उद्योग सुचारु गर्न महासंघको आग्रह
टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ । नेपाल उद्योग वाणिज्य महासंघले न्यूनतम पारिश्रमिक तीन गुणाले वृद्धि गर्नुपर्ने माग राखी हेटौंडा, विराटनगर, वीरगञ्जलगायतका स्थानमा उद्योग व्यवसाय बन्द गराइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल उद्योग सुचारु गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
बिस्तृत समाचार .....
एयर बसद्वारा बैना फिर्ता, कंसाकार धरौटीमा रिहा
मदन कोइराला
काठमाडौं, फागुन २० । फ्रान्सेली कम्पनी एयर बसले जहाज खरिदका लागि नेपाल वायुसेवा निगमले दिएको बैना रकम फिर्ता गरेको छ । एयर बसले शुक्रबार निगमको खातामा ७ लाख ५० हजार ९ सय ९२ अमेरिकी डलर फिर्ता गरेको निगमका प्रवक्ता राजु केसीले जानकारी दिएका छन् । उनका अनुसार एयर बसले हिमालयन बैंकमा रहेको ००३००४००६३३००४८ नम्बरको खातामा बैना रकम फिर्ता पठाएको हो ।
बिस्तृत समाचार .....
अनलाइन आईटी मेला सुरु
टाइम्स संवाददाता
इटहरी, फागुन १९ । अनलाइन आईटी मेला २०११ बिहीबारदेखि सनुसरीको धरानमा सुरु भएको छ । कम्प्युटर तालिम, बिक्री वितरण र मर्मतको काम गर्दै आएको धरानको प्रसिद्ध अनलाइन कम्प्युटर्सले दशौं वार्षिकोत्सवका अवसरमा अनलाइन आईटी मेला आयोजना गरेको हो ।
बिस्तृत समाचार .....
पर्यटक आगमनमा वृद्धि
टाइम्स संवाददाता
काठमाडौं, फागुन १९ । चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । हवाइमार्गबाट आउने पर्यटकको संख्या १८ दशालब ९ प्रतिशतले बढेको नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जनाएको छ ।
बिस्तृत समाचार .....
तत्काल उद्धार गर्न नेउवामहासंघको आग्रह
टाइम्स संवाददाता
काठमाडौं, फागुन १८ । आन्दोलन र हिंसाको चपेटामा परेका मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग आग्रह गरेको छ । खासगरी ट्युनिसिया, इजिप्ट, बहराइन, लिबियालगायतका देशहरूमा हाल देखापरेको राजनीतिक उथलपुथलबाट ती देशहरूमा रहेका नेपालीहरूमा पर्न गएको मानवीय समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले ती देशमा रहेका नेपालीको तत्काल उद्धारका लागि सरकारसँग आग्रह गरेको हो ।
बिस्तृत समाचार .....
थर्मलप्लान्ट अति जरुरी भइसक्यो : मुख्यसचिव
टाइम्स संवाददाता
काठमाडौं फागुन १५ । लोडसेडिङबाट उद्योग व्यवसाय र आमजनतालाई नराम्रो असर पर्नेक्रम हरेक वर्ष बढ्दै गएकाले सो असरलाई राज्यपक्षबाट सम्बोधन गर्न तत्कालै थर्मलप्लान्ट जडान गर्नुपर्ने सुझाव दिइएको छ ।
बिस्तृत समाचार .....
'शोधानान्तर घाटा चार अर्ब'
टाइम्स संवाददाता
काठमाडौं, फागुन ११ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६७/६७ को ६ महिनामा नेपालको कुल शोधनान्तर घाटा चार अर्ब ४३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सो अवधिमा नेपालको १६ अर्ब ६४ करोड रुपैयाँको शोधानान्तर घाटा रहेकोमा यस वर्ष अपेक्षित सुधार हुन नसकेको राष्ट्र बैंकले जनाएको छ ।
बिस्तृत समाचार .....
भारतीय कुखुरा र अण्डाको आयात रोकिएन
टाइम्स संवाददाता
नेपालगञ्ज, फागुन ८ । भारतबाट बर्डफ्लु भित्रिने आशंकामा भारतीय कुखुरा र सेतो अण्डाको आयातमा प्रतिबन्ध लगाइए पनि सीमा क्षेत्रबाट ठूलो मात्रामा कुखुरा र अण्डा बाँकेमा आयात हुनेक्रम रोकिएको छैन । भारतबाट आयात गरिएका कुखुरामा बर्डफ्लु देखिएपछि कुखुरा र अण्डाको आयातमा कडाई गरिने निर्णय गरिए पनि सिमानामा सो निर्णय कार्यान्वयन नभएको र भारतबाट ठूलो मात्रामा अवैध तरिकाले आयात भइरहेकाले स्थानीय कुखुरा व्यवसायीको व्यवसायमा समेत नकारात्मक प्रभाव परेको छ ।
बिस्तृत समाचार .....
नेपालको निर्यात व्यापार घट्दै
काठमाडौं, फागुन ८ । राजनीतिक अस्थिरता, विद्युत अभाव, व्यापार एवम् निकासीका लागि आवश्यक पूर्वाधारको अभाव जस्ता कारणले गर्दा नेपालको निर्यात व्यापार दिन प्रतिदिन खस्कँदो अवस्थामा पुगेको छ ।
बिस्तृत समाचार .....
अध्यादेश बजेट पारित
टाइम्स संवाददाता
काठमाडौं, फागुन ४ । कामचलाउ सरकारले तीन महिनाअघि अध्यादेशमार्फत ल्याएको बजेट संसदबाट पारित भएको छ । कांग्रेस–एमाले गठबन्धनमा बनेको विगतको सरकारलाई संसदमा बजेट प्रस्तुत गर्न एकीकृत नेकपा माओवादीले अवरोध गरेपछि गत मंसिर चार गते अध्यादेशमार्फत जारी गरिएको थियो । अर्थमन्त्री भारतमोहन अधिकारीले संसदमा प्रस्तुत गरेको बजेट प्रमुख तीनै दलको सहमतिमा पारित भएको हो ।
बिस्तृत समाचार .....
उखु कृषकलाई भुक्तानी दिन ढिलाइ
टाइम्स संवाददाता
कपिलवस्तु, फागुन ४ । कपिलवस्तुको जवाभारीस्थित महालक्ष्मी सुगर्स मिलले नेपाली उख कृषकलाई भुक्तानी दिन ढिलाइ गरेपछि उनीहरू मारमा परेका छन् । मिलले भारतबाट आयातित उखुलाई नगद तथा नेपाली कृषकलाई उधारोमा कारोबार गरेपछि उनीहरू मारमा परेका हुन् । कृषकहरूले मिलले उखुको भुक्तानीमा भेदभाव गरेको आरोप लगाएका छन् ।
बिस्तृत समाचार .....
टिस्टुङ महोत्सवकी तयारी
टाइम्स संवाददाता
काठमाडौं, माघ २९ । मकवानपुरको उत्तरी भेगको पर्यटन प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि टिस्टुङ बज्रवाराहीमा महोत्सवको तयारी गरिएको छ । राजधानीमा शनिबार भेला भएका मकवानपुरवासीले आगामी जेठको पहिलो साता महोत्सवको तयारी गरेका हुन् ।
बिस्तृत समाचार .....
अध्यादेश बजेटलाई निरन्तरता
माओवादी मौन, कांग्रेसको समर्थन
टाइम्स संवाददाता
काठमाडौं, माघ २९ । सरकारले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई निरन्तरता दिने भएको छ । अध्यादेशमार्फत आएको बजेटको समय सकिन चार दिन बाँकी रहँदा बजेटसम्बन्धी चारवटा अध्यादेश स्वीकृत गर्दै प्रतिस्थापन विधेयक संसदमा पेस भएको छ ।
बिस्तृत समाचार .....
पुर्वाञ्चल टेक्नो फेष्ट सुरु
टाइम्स संवाददाता
विराटनगर, माघ २७ । विराटनगरमा बिहीबारदेखि पुर्वाञ्चल टेक्नो फेष्ट २०११ सुरु भएको छ । विराटनगर–८ मेनरोड स्थित जैन भवनमा सुरु भएको टेक्नो फेष्टमा विज्ञानमा भएका नयाँ संचार प्रविधिहरुको ब्यापारिक स्टल राखिएका छन् भने केही स्थानीय विद्यार्थीहरुले बनाएका रोबोट र आइटी संम्बन्धी जानकारी, पत्रपत्रिकाका स्टलहरु प्रदर्शनमा राखिएका छन् ।
बिस्तृत समाचार .....
पहिलोपटक हिमालमा महोत्सव
गोरखा, माघ २४ । पर्यटन वर्ष २०११ लाई सफल पार्न र गोरखामा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले मे ९ देखि ११ सम्म मनास्लु हिमालको फेदीमा महोत्सव गर्न लागिएको छ । मनास्लु आरोहण दिवसको अवसर परेर महोत्सवको आयोजना गरिएको नुब्री सांस्कृतिक युवा उत्थान समितिले जानकारी दिएको छ ।
बिस्तृत समाचार .....
माओवादी ट्रेड युनियन फुट्यो
टाइम्स संवाददाता
काठमाडौं, माघ २३ । आन्तरिक विवादका कारण एकीकृत नेकपा माओवादीको मजदुर संगठन विभाजित भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमर कट्टेलसँग असन्तुष्ट रहेको पक्षले नयाँ मजदुर संगठन खोलेको हो ।
बिस्तृत समाचार .....
उद्योग दर्ता हुनेक्रम घट्दो
अत्तरिया -कैलाली), माघ २३ । पछिल्लो समय कैलालीमा उद्योग दर्ता हुनेक्रम घट्न थालेको छ । उद्योगमा लगानीमैत्री वातावरण नभएकाले उद्योग दर्ता हुने क्रम घट्न थालेको हो ।
बिस्तृत समाचार .....
इन्द्रपुर महोत्सव हुने
टाइम्स संवाददाता
विराटनगर, माघ २३ । नेपाल भ्रमण वर्ष सन् २०११ को अवसरमा मोरङको विराटचोकमा फागुन १३ देखि २५ गतेसम्म इन्द्रपुर महोत्सव आयोजना हुने भएको छ । औद्योगिक पर्यटनको विकास नारा दिइएको उक्त महोत्सवमा पूर्वाञ्चलको कृषि, प्रविधि, साँस्कृतिक र औद्योगिक उत्पादनको प्रदर्शन गरिने आयोजक समितिका संयोजक सुरेन्द्रबहादुर थापाले बताए ।
बिस्तृत समाचार .....
क्यान इन्फोटेक मेलाको तयारी
टाइम्स संवाददाता
पोखरा, माघ १८ । पर्यटकीय नगर पोखरामा क्यान इन्फोटेक मेलाको तयारी तीब्र रुपमा भइरहेको छ । सूचना तथा प्रविधिको विकास गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल (क्यान) कास्कीले आगामी फागुन ५ देखि ८ गतेसम्म पोखरामा दोस्रो सूचना सञ्चार तथा प्रविधि मेला ‘क्यान इन्फोटेक– २०११’ आयोजना गर्न लागेको हो ।
बिस्तृत समाचार .....
मुद्रास्फीति ९ दशमलव ६ प्रतिशत : राष्ट्र बैंक
टाइम्स संवाददाता
काठमाडौं, माघ १४ । चालु आर्थिक वर्षको पाँचौं महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९ दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको थियो ।
बिस्तृत समाचार .....
उत्कृष्ट एजेन्ट र कर्मचारी सम्मानित
टाइम्स संवाददाता
विराटनगर, माघ १२ । ५९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधवार विराटनगर भन्सार कार्यालयले उत्कृष्ट कार्य गर्ने एजेन्ट र कर्मचारीलाई सम्मान गरेको छ ।
बिस्तृत समाचार .....
माथिल्लो तामाकोशीको शिलान्यास स्थगित
दोलखा, माघ १० । एकीकृत नेकपा माओवादीको विरोध र चौतर्फी आलोचनापछि प्रधानमन्त्रीले आगामी बिहीबार गर्ने भनिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शिलान्यास कार्यक्रम तत्कालका लागि स्थगन भएको छ ।
बिस्तृत समाचार .....
'सिन्डिकेटले उद्योगीलाई मर्का'
टाइम्स संवाददाता
हेटौंडा, माघ ८ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले यातायात व्यवसायीको सिन्डिकेट प्रथाले उद्योगी व्यवसायी समस्यामा परेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ४४ औं साधारण सभाको शनिबार हेटौंडामा उद्घाटन गर्दै अध्यक्ष जोशीले सरकारले सिन्डिकेट प्रथामाथि प्रतिबन्ध लगाए पनि यातायात व्यवसायीले अटेर गरेको आरोप लगाए ।
बिस्तृत समाचार .....
सुनको मुल्यमा कमी
टाइम्स संवाददाता
काठमाडौं, माघ ८ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीका कारण नेपालमा पनि सुनचाँदीको मुल्यमा प्रभाव परेको छ । सोही क्रममा गत साता नेपाली बजारमा सुनको मुल्य प्रति १० ग्राम दुई सय ९५ रुपैयाँ घटेको थियो भने चाँदीको मुल्यमा पनि प्रति १० ग्राम २१ रुपैयाँ ५० पैसा घटेको थियो ।
बिस्तृत समाचार .....
ठूला खरिदमा विद्युतीय टेण्डर अनिवार्य
टाइम्स संवाददाता
काठमाडौं, माघ ६ । व्यवस्थापिका संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले २५ लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य विद्युतीय टेण्डर गर्न सरकारलाई निर्देशन दिएको छ । उपभोक्ता समितिबाट गरिने सरकारको खर्चको कारोबारमा भने यस्तो मापदण्ड लागू हुने छैन ।
बिस्तृत समाचार .....
ड्राइभिङ पेसातर्फ महिला आकर्षित
तुलसीराम सुवेदी
काठमाडौं, माघ ६ । कुनै समय पुरुषको मात्र ठानिने ड्राइभिङ पेसामा महिलाहरू आकर्षित हुने क्रम बढेको छ । टेम्पु कुदाएर महिला ड्राइभरहरू परिवार चलाउन सक्ने भएका छन् । राजधानीमा करिब एक सयभन्दा बढी महिलाहरूले टेम्पु चलाएर राम्रो आम्दानी गरिरहेका छन् ।
बिस्तृत समाचार .....
बुटवलमा इन्फोटेक मेला सुरु
प्रकाश खनाल
बुटवल, माघ ६ । सूचना प्रविधि सम्बन्धी प्रर्दशनी क्यान इन्फोटेक बिहीबारदेखि बुटवलमा सुरु भएको छ । स्थानीय बालमन्दिर परिसरमा सुरु भएको सो प्रर्दशनी माघ ९ गतेसम्म सञ्चालन हुने छ । प्रर्दशनीको कम्पयुटर एसोसियसन अफ नेपाल (क्यान) का केन्द्रीय अध्यक्ष सुरेश कर्णले एक कार्यक्रमकाबीच बिहीबार उद्घाटन गरे । राजधानी बाहिरको यो इन्फोटेक बुटवलमा चौथो हो । आयोजकले यस अघि पनि बुटवलमा तीनपटक पर्दशनीको आयोजना गरिसकेका छन् ।
बिस्तृत समाचार .....
तनहुँमा पाँच गुफा फेला
तनहुँ, माघ ५ । पर्यटन वर्ष २०११ लाई सफल बनाउन तनहुँका युवाले थालेको अभियानका क्रममा पाँचवटा नयाँ गुफा फेला परेका छन् । तनहुँको भानुमति गाविसस्थित नवयुवा सिद्ध क्लबका युवाहरुको सक्रियतमा हालै नयाँ गुफा फेला परेको हो ।
बिस्तृत समाचार .....
दुग्ध विकास सहकारी सञ्चालन
टाइम्स संवाददाता
धनगढी, माघ ३ । किसान बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड लम्कीद्वारा सञ्चालित लघुवित्त कार्यक्रममा आबद्ध भएका महिलाहरूको जीवन उकास्न लम्की दुग्ध विकास सहकारी संस्था लिमिटेड सञ्चालन भएको छ ।
बिस्तृत समाचार .....
सिन्डिकेट विवाद उस्तै
वीरेन्द्र रावल
धनगढी, माघ ३ । कैलाली उद्योग वाणिज्य संघले सिन्डिकेटको नाममा षड्यन्त्र गरिरहेको आरोप व्यवसायीहरूले लगाएका छन् । सेती-महाकाली ट्रक व्यवसायी संघका अध्यक्ष उपेन्द्र विष्टले संघले कुनै पनि किसिमको सिन्डिकेट नलगाएको बताउँदै कैलाली उद्योग वाणिज्य संघले एकोहोरो रूपमा सिन्डिकेट भन्दै प्रचारबाजी गरेको आरोप लगाए ।
बिस्तृत समाचार .....
अतिथिलाई सुन्तलाको माला
फलेवास, माघ १ । पर्वतको सुन्तला गाउँका रूपमा परिचित बाँसखर्क गाउँका बासिन्दाले गाउँमा पुगेका अतिथिलाई आफ्नै बारीको सुन्तलाको माला लगाएर स्वागतका नौलो तरिका अपनाएका छन् ।
बिस्तृत समाचार .....
टेक्नो एक्स्पो मेला सम्पन्न
टाइम्स संवाददाता
विराटनगर, माघ १ । विराटनगरमा तीन दिन अघिदेखि सुरु भएको टेक्नो एक्स्पो मेला शनिबार सम्पन्न भएको छ । समापन कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका डिन प्राध्यापक डा. राधाकृष्ण खेरवारले आईटी क्वीजका विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । एक्स्पोको समापन कार्यक्रममा बोल्दै प्राध्यापक डा. खेरवारले अहिलेको दुनियाँ आईटीको दुनियाँ भएकाले यसको विकासलाई उजागार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
बिस्तृत समाचार .....
चितवन महोत्सव सुरु
टाइम्स संवाददाता
चितवन, पुस २५ । चितवनमा आइतबारबाट चितवन महोत्सव तथा मध्यमाञ्चल औद्योगिक व्यापार मेला सुरु भएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले एक कार्यक्रमबीच नारायणी नदी किनारमा महोत्सवको उद्घाटन गरेका छन् ।
बिस्तृत समाचार .....
विमानस्थल बन्न अझ ७ करोड लाग्ने
राजेन्द्र राई
खोटाङ, पुस २४ । नागरिक उड्डयन प्राधिकरणले विगतमा थुप्रै पटक परीक्षण उडान भरेको खोटाङको खाल्लेस्थित मनमाया राई खानिडाँडा विमानस्थल पूर्ण रूपमा बनिनसक्दा यात्रुहरू समस्यामा पर्दै आएका छन् । विमानस्थल पूर्णरूपमा बनिसक्न अझै ७ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने निर्माण उपभोक्ता समितिले जनाएको छ ।
बिस्तृत समाचार .....
विराटलक्ष्मी बैंकको २ करोड मुनाफा
टाइम्स संवाददाता
विराटनगर, पुस २४ । विराटलक्ष्मी विकास बैंक लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिबार विराटनगरमा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०६६/०६७ मा २ करोड ४ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।
बिस्तृत समाचार .....
सहकारी विकास बैंकको साधारणसभा
टाइम्स संवाददाता
काभ्रे, पुस २४ । सहकारी विकास बैंकको सातौं साधारणसभा शनिबार बनेपामा सुरु भएको छ । देशभरका २५ सय ४० सहकारीका प्रतिनिधिहरू सहभागी साधारणसभाले बैंकका आगामी कार्यनीति तथा योजना तर्जुमा गर्नुका साथै विगतको समीक्षा गर्नेछ ।
बिस्तृत समाचार .....
राष्ट्रिय उद्यमी भेला हुने
टाइम्स संवादाता
बुटवल, पुस १७ । घरेलु तथा साना उद्योग महासंघको राष्ट्रिय भेला तथा साधारण सभा बुटवलमा हुने भएको छ । राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा हुने राष्ट्रिय भेलामा देशभरका पाँच हजारभन्दा बढी उद्यमीहरूको सहभागिता रहने बताइएको छ ।
बिस्तृत समाचार .....
एक अर्ब निक्षेप संकलन
टाइम्स संवाददाता
कपिलवस्तु, पुस १७ । कपिलवस्तुमा एउटामात्र शाखा रहेको राष्ट्रिय बाणिज्य बैंक तौलिहवाले गत चालु आर्थिक वर्ष ०६६/०६७ मा १ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । जसमध्ये बैंकले बचतमा ७५ करोड, चल्तीमा ३१ करोड तथा मुद्दतीमा ४ करोड निक्षेप संकलन गरेको हो ।
बिस्तृत समाचार .....
नेपाल वायुसेवाका निर्देशक कंसाकारमाथि भ्रष्टाचारको मुद्दा
टाइम्स संवाददाता
काठमाडौं, पुस ९ । नेपाल वायु सेवा निगमका कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले विमान खरिद प्रक्रियामा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिस्तृत समाचार .....
भेंडेटारबाट प्याराग्लाइडिङ
पर्यटन वर्ष २०११ लाई ध्यानमा राखेर सुनसरीको पाँचकन्या–८ भेंडेटारबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो ।
बिस्तृत समाचार .....
साताको अन्त्यमा सुनको मुल्य घट्यो
टाइम्स संवाददाता
काठमाडौं, पुस २ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा तिब्र उतार चढावका साथ अस्थीर रहेकोमा अमेरिकन अर्थतन्त्रमा डलरको मजबुती देखिएबाट साताको अन्त्यमा सुनको अन्तर्राष्ट्रिय मूल्यमा कमी आएको छ ।
बिस्तृत समाचार .....
काठ व्यवसायीको चेतावनी
वीरेन्द्र रावल
कैलाली, पुस १ । कैलालीका काठ व्यवसायीहरूले वन तथा भू–संरक्षण मन्त्रालयद्वारा काठ दाउरा कटान, मुछान, घाटगद्दी, बेचबिखन र ओसार–पसारलगायतका कार्यमा लगाइएको प्रतिबन्ध तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् ।
बिस्तृत समाचार .....
वैदेशिक रोजगारमा जानेहरू ठगिने क्रम बढ्दो
टाइम्स संवाददाता
काठमाडौं, मंसिर २९ । कामको सिलसिलामा वैदेशिक रोजगारीका निम्ति १७ लाख २६ हजार ३ सय १८ जना नेपालीहरू विश्वका विभिन्न मुलुकमा आफ्नो श्रम बेचिरहेको एक तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको उक्त तथ्यांकमा भारत र भारत भएर तेस्रो मुलुक जाने कामदारको सूची भने समावेश छैन ।
बिस्तृत समाचार .....
उदयपुर सिमेन्ट कारखानाको प्रशासनिक काम बन्द
टाइम्स संवाददाता
विराटनगर, मंसिर २७ । आफ्ना मागहरू प्रति व्यवस्थापन पक्षले कुनै चासो नदेखाएको भन्दै उदयपुर सिमेण्ट उद्योगमा कार्यरत मजदुरहरूले सोमबारदेखि उद्योगको प्रशासनिक काम ठप्प पारेका छन् । करिब एक महिनादेखि आन्दोलनरत मजदुरहरूले आफ्ना माग प्रति लामो समयपछि उद्योगमा आएका महाप्रबन्धकले बेवास्ता गरेको भन्दै उद्योगको प्रशासनिक कार्य ठप्प पारेका हुन् । महाप्रबन्धकले आफूहरूसँग छलफल गर्न नमानेपछि प्रशासनिक काम ठप्प पारेको उनीहरूले बताएका छन् ।
बिस्तृत समाचार .....
बायोडिजेल उत्पादन गर्न रुकुममा सजिवनखेती
रुकुम, मंसिर २७ । सजिवनको दानाबाट डिजेल उत्पादन हुन्छ भन्ने सुनेपछि रुकुमका धेरैजसो किसान सजिवनखेतीतर्फ आकर्षित हुन थालेका छन् । जुनसुकै जमिन र हावापानीमा पनि सजिलै उत्पादन हुने भएपछि रुकुममा सजिवन खेतीतिर आकर्षित बढेको कृषकहरूको भनाइ छ ।
बिस्तृत समाचार .....
'मूल्यवृद्धि हुनुमा अर्थमन्त्री दोषी'
टाइम्स संवाददाता
विराटनगर, मंसिर २५ । आपूर्ति मन्त्री राजेन्द्र महतोले अर्थमन्त्रालयले पेट्रोलियम पदार्थमा लगाइको कर छुट दिन नमानेका कारण मूल्यवृद्धि गर्नुपरेको बताएका छन् । विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै मन्त्री महतोले अर्थमन्त्रीले कर घटाउने विषयमा चासो नदिँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको दाबी गरे ।
बिस्तृत समाचार .....
'लैंगिक उत्तरदायी बजेट'
टाइम्स संवाददाता
काठमाडौं, मंसिर २३ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटलाई लैंगिक उत्तरदायी बनाउन उच्च प्राथमिकता दिइएको जनाएको छ ।
बिस्तृत समाचार .....
लघुवित्तका कर्मचारी सडकमा
शनिश्चरे, मंसिर २३ । व्यवस्थापन पक्ष र कर्मचारीबीच गत वर्ष भएको सहमति कार्यान्वयन नभएको भन्दै स्वावलम्बन लघुवित्त विकास बैंकका कर्मचारी सडकमा उत्रेका छन् । लघुवित्त कर्मचारी युनियनका केन्द्रीय सहसचिव सुदीप पोख्रेलका अनुसार १९ जिल्लाका ५६ वटा शाखाका कर्मचारी बुधबारदेखि सडक आन्दोलनमा उत्रेका हुन् ।
बिस्तृत समाचार .....
प्रभावकारी अनुगमनमा जोड
टाइम्स संवाददाता
विराटनगर, मंसिर २१ । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्कर बज्राचार्यले प्रभावकारी अनुगमन नहुँदा लगानीको सही सदुपयोग नभई अपेक्षित प्रतिफल आउन नसकेको बताएका छन् ।
बिस्तृत समाचार .....
सोलारप्लान्ट प्रणालीबाट सिँचाइ
प्रकाश डोटेल
स्याङ्जा, मंसिर २१ । जिल्लाको जगतभञ्ज्याङ गाविस-२ स्थित पित्लेक क्षेत्रमा बसोबास गर्दै आएका ३३ घरपरिवारमा हाल सोलारप्लान्ट प्रणालीबाट सिँचाई सुविधा उपभोग गर्न थालेपछि उनीहरूको जीवनस्तरमा परिवर्तन आएको छ ।
बिस्तृत समाचार .....
मासुको मुल्य घट्यो
टाइम्स संवाददाता
स्याङ्जा, मंसिर २१ । स्याङ्जामा कायम रहेको कुखुराको मासुको मुल्यमा प्रति केजि २५ रूपैयाँ घटाउने सहमति भएको छ । कुखुरा व्यसायी, दाना व्यवासायी तथा मासु व्यवसायीहरूको स्याङ्जा सदरमुकाममा सम्पन्न भेलाले कुखुराको मासु प्रतिकेजि दुई सय ६० बाट घटाएर दुई सय ३५ कायम गर्ने निर्णय गरेको हो ।
बिस्तृत समाचार .....
पेट्रोलियम पदार्थको भाउ बढ्यो
टाइम्स संवाददाता
काठमाडौं, मंसिर २१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले घाटा धेरै बढ्दै गएको हुँदा मूल्य बढाउनुपरेको आयल निगमले जनाएको छ ।
बिस्तृत समाचार .....
'राजनीतिक स्थायित्व भए लगानी गरिन्छ'
मलेसियन व्यापारीहरुले नेपालमा राजनीतिक स्थायित्व भए लगानी गर्न तयार रहेको बताएका छन् ।
बिस्तृत समाचार .....
पर्यटन बर्षमा पर्यटकीय स्थलकै बेवास्ता
राजेश बराल
इटहरी, मंसिर १९ । पर्यटन वर्ष सुरु हुन एक महिनाभन्दा कम समयमात्र बाँकी रहेको अवस्थामा पूर्वका पर्यटकीय स्थलहरुमा भने यसको कुनै प्रभाव पर्न सकेको छैन । पर्यटन वर्षका लागि पर्यटन बोर्ड र सरकारी निकायको पहलमा एकाध काम भएपनि अन्य क्षेत्रबाट खासै काम हुन नसक्दा पर्यटकीय क्षेत्रमा कुनै प्रभाव नदेखिएको हो ।
बिस्तृत समाचार .....
आठ उद्योगविरुद्ध मुद्दा
धनगढी, मंसिर १९ । गुणस्तरविहीन खाद्यपदार्थ बेचेको आरोप लगाउँदै धनगढीका आठवटा व्यापारिक फर्म एवम् उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।
बिस्तृत समाचार .....
क्यासिनो सांग्रिलाका महाप्रबन्धक पक्राउ
टाइम्स संवाददाता
काठमाडौं, मंसिर १९ । क्यासिनो सांग्रिलाका महाप्रबन्धक हर्क ऐर आइतबार बिहान पक्राउ परेका छन् । उनलाई राजधानीको सोह्रखुट्टे प्रहरी प्रभागले पक्राउ गरेको हो ।
बिस्तृत समाचार .....
पर्यटन वर्षका लागि र्याली तथा वृक्षरोपण
टाइम्स संवाददाता
हेटौंडा, मंसिर १८ । पर्यटन वर्ष २०११ को प्रचार प्रसारका लागि शनिबार हेटौंडा–काठमाडौं मोटरसाइकल र्याली गरियो । मकवानपुरमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने उद्देश्यले मोटरसाइकल र्याली गरिएको हो ।
बिस्तृत समाचार .....
सुनचाँदीको भाउ बढ्दो
टाइम्स संवाददाता
काठमाडौं, मंसिर १७ । नेपाली बजारमा यो साता पनि सुन र चाँदीको मुल्य बढेको छ । स्थानीय बजारमा आपुर्तिको अभावको कारणबाट आईतवार ३३,९१० प्रति १० ग्राम मुल्य निर्धारण भएको सुन बुधबार ३४,२९५ रुपैयाँमा पुगेको थियो । शुक्रवार ३४,१४५ प्रति १० ग्राम भाउ कायम भएको सुनको मुल्य हप्ता भरिमा दुई सय ३५ रुपैयाँ बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
बिस्तृत समाचार .....
ग्रामीण महिलाका लागि बरदान बन्यो सहकारी
अनिल पराजुली
हेटौंडा, मंसिर १४ । यहाँका ग्रामीण भेगका महिलाहरूका लागि मकवानपुर गढीमा स्थापना भएको महिला आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बरदान सावित भएको छ । सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गरी ग्रामीण महिलाहरू आर्थिक रूपमा सबल हुन थालेका छन् ।
बिस्तृत समाचार .....
नवलपरासी महोत्सवको तयारी पूरा
टाइम्स संवाददाता
कावासोती, मंसिर १३ । बुधबारदेखि ६ दिनसम्म सञ्चालन हुने नवलपरासी महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ नवलपरासीले सोमबार पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।
बिस्तृत समाचार .....
नेपाली र भारतीय व्यवसायीबीच सहकार्यमा जोड
नेपाल उद्योग वाणिज्य महासंघ तथा भारतीय उद्योग महासंघको प्रतिनिधिमण्डलबीच आइतबार द्विपक्षीय बैठक भएको छ ।
बिस्तृत समाचार .....
सुनचाँदीको भाउ बढ्दो
टाइम्स संवाददाता
काठमाडौं, मंसिर ११ । नेपाली बजारमा यो साता सुनचाँदीको मुल्यमा उल्लेख्य बृद्धि भएको छ । साताको सुरुमा अर्थात आइतबार प्रति १० ग्राम ३३ हजार तीन सय १० रुपैयाँ मुल्य रहेको सुन शुक्रबार आइपुग्दा ३४ हजार ३० रुपैयाँमा पुगेको छ । त्यसैगरी चाँदी प्रति १० ग्राम ६ सय ६४ रुपैयाँ ५० पैसा मुल्य रहेकोमा शुक्रबार ६ सय ८१ रुपैयाँमा पुगेको थियो ।
बिस्तृत समाचार .....
लोडसेडिङ हप्तामा ३८ घन्टा
काठमाडौं, मंसिर १० । मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा रहेको दुईवटै युनिट बिग्रिएपछि आइतबारदेखि हप्तामा साढे ३८ घन्टा लोडसेडिङ हुने भएको छ ।
बिस्तृत समाचार .....
बजेट आएकोमा दाता खुशी
टाइम्स संवाददाता
काठमाडौं, मंसिर ७ । अध्यादेशमार्फत नै भए पनि कठिन परिस्थितिमा बजेट घोषणा भइ हालका लागि सङ्कट निवारण भएकोभन्दै नेपालका दाताहरुले खुशी व्यक्त गरेका छन्। दाताहरुको तर्फबाट काठमाडौंस्थित अमेरिकी विकास नियोगले मंगलबार विज्ञप्ति जारी गर्दै खुशी व्यक्त गरेको हो ।
बिस्तृत समाचार .....
मनकामना केबलकार १३ औं वर्षमा
टाइम्स संवाददाता
काठमाडौं, मंसिर ७ । मनकामना मन्दिर दर्शन गर्न चाहने भक्तजनहरूलाई लक्षित गरी मनकामना दर्शन प्रा.लिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबार १३ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा कम्पनीले आगामी दिनमा आफ्नो सेवालाई थप उत्कृष्ट बनाउँदै लैजाने प्रण गरेको छ ।
बिस्तृत समाचार .....
राजस्व तिर्दैनन् भारतीय टेम्पु
टाइम्स संवाददाता
रौतहट, मंसिर ६ । रौतहटको सदरमुकाम गौरमा ५० भन्दा बढी भारतीय नम्बर प्लेटका टेम्पुहरूले अवैद्य रूपमा यात्रु ओसारपसार गरिरहेका छन् । नेपाल भित्रिने भारतीय सवारीसाधनहरूले भन्सारमा दर्ता गराई राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि यहाँ गुड्ने भारतीय नम्बरप्लेटका टेम्पुहरूले नियम पालना गरेको पाइँदैन ।
बिस्तृत समाचार .....
टर्कीबाट झिकाइएको मल भित्रियो
उद्धव घिमिरे
विराटनगर, मंसिर ५ । कृषि सामग्री कम्पनीद्वारा तेस्रो मुलुक टर्कीबाट आयात गरेको रासायनिक मल तीन महिनापछि नेपाल भित्रिएको छ । धानबालीका लागि आयात गरेको मल गहुँ र तोरी बालीको सिजनमा नेपाल भित्रिएको हो ।
बिस्तृत समाचार .....
तीन खर्ब ३७ अर्ब ९० करोड बजेट प्रस्तुत
सरकारले आर्थिक वर्ष २०६७/०६८ का लागि तीन खर्ब ३७ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
बिस्तृत समाचार .....
आज बजेट पेश हुँदै
सरोज अधिकारी
काठमाडौं, मंसिर ३ । सरकारले आर्थिक वर्ष २०६७/०६८ को बजेट शुक्रबार व्यवस्थापिका संस्दमा पेश गर्दैछ । दलहरूबीच कामचलाउ सरकारले नयाँ कार्यक्रमसहति बजेट ल्याउन नसक्नेमा सहमति भएपछि नीति तथा कार्यक्रमबिना नै यस आर्थिक वर्षको बजेट आउने भएको हो । आर्थिक वर्षसुरु भएको झण्डै पाँच महिनापछि बजेट आउन लागेको हो ।
बिस्तृत समाचार .....
कर्मचारीबाटै मल तस्करी
विकास बन्जाडे
कपिलवस्तु, कात्तिक २८ । किसानले सर्वसुलभ रूपमा युरिया मल नपाइरहेका बेला कपिलवस्तुमा भने कृषि सामग्री संस्थानकै कर्मचारीको मिलेमतोमा युरिया मल चोरी तस्करी हुँदै आएको रहस्य खुलेको छ । प्रहरीले आइतबार राति जिल्लाकै बहादुरगञ्ज गाविसस्थित कृषि उपकेन्द्रका प्रमुख सुरेन्द्र मौर्यलाई चोरीको मलसहित पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
बिस्तृत समाचार .....
बैंकिङ सूचना सुरक्षा तालिम
टाइम्स संवाददाता
चितवन, कात्तिक २८ । पश्चिमाञ्चल डेलपमेण्ट बैंक लिमिटेडले सम्बाद टेक्नोलोजीजको सयोजनमा कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि सूचना सुरक्षा सम्बन्धि तीनदिने तालिम सम्पन्न गरेको छ । चितवनको सौराहामा आयोजना गरिएको तालिममा बैंकको रजिष्टर्ड कार्यालय र नौवटा शाखामा कार्यरत ५३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बिस्तृत समाचार .....
विद्युत् महशुल वृद्धिको तयारी
टाइम्स संवाददाता
बुटवल, कात्तिक २७ । उर्जाराज्यमन्त्री चन्द्रशिङ भट्टराईले मन्त्रालयले विद्युत् महशुल वृद्धि गर्ने तयारी गरिरहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् ।
बिस्तृत समाचार .....
दुर्घटना न्यूनीकरण कार्यक्रम प्रथामिकतामा
टाइम्स संवाददाता
रूपन्देही, कात्तिक २७ । पश्चिम नेपाल बस व्यवसायी संघले दुर्घटनामा अत्यधिक वृद्धि भएको बताउँदै ०६७/६८ को वार्षिक बजेटमा दुर्घटना न्यूनीकरण कार्यक्रमलाई प्रथामिकतामा राखेको छ । संघको बुटवलमा शनिबार सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा अविधेशनमा अध्यक्ष तुल्सीराम बन्जाडेद्वारा प्रस्तुत प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । गत १ वर्षभित्रमा संघको कल्याणकारी कोषतर्फ ६ सयवटा दुर्घटनाका केश दर्ता भएका छन् ।
बिस्तृत समाचार .....
क्षेत्रीय व्यापारलाई बढावा दिनुपर्ने
टाइम्स संवाददाता
काठमाडौं, कात्तिक २५ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले क्षेत्रीय व्यापारलाई बढावा दिन आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क उद्योग वाणिज्य संघ र नेपाली युवा उद्यमी मञ्चद्वारा संयुक्त रूपमा बिहीबार राजधानीमा आयोजित जर्मन संस्था फ्रेडरिक नौमान स्टिफटुङको सहयोगमा सार्क युवा उद्यमी मञ्चको बैठकमा उनले सो कुरा बताएका हुन् ।
बिस्तृत समाचार .....
छिटो पूर्ण बजेट ल्याउन आग्रह
टाइम्स संवाददाता
काठमाडौं, कात्तिक २४ । आर्थिक वर्षको ४ महिना बितिसक्दा समेत समयमा पूर्ण बजेट आउन नसकेको प्रति निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्ब पूर्ण बजेट ल्याउन आग्रह गरेको छ । राज्यको दैनिक गतिविधिसँग प्रत्यक्ष गाँसिएको यस्तो संवेदनशील विषयमा कसैले पनि हलो अड्काउने काम गर्न नहुने भन्दै महासंघले बजेट ल्याउनुपर्नेमा जोड दिएको छ ।
बिस्तृत समाचार .....
अमेरिकी राजदूतसँग नेउवामहासंघको छलफल
टाइम्स संवाददाता
काठमाडौं, कात्तिक २४ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डेलिसीबीच बुधबार नेपाल–अमेरिकी सहयोग, नेपालको विद्यमान आर्थिक वस्तुस्थितिलगायतका विविध विषयमा छलफल भएको छ । छलफलमा महासंघ अध्यक्ष कुशकुमार जोशीले नेपालमा लगानी प्रवर्द्धन गर्न र नेपालमा अमेरिकी व्यापारलाई बढावा दिने गरी व्यापार लगानी सम्झौताको प्रतिरूप तयार भइसकेकोले यसलाई मूर्तरूप दिन आग्रह राजदूतसँग आग्रह गरेको बुधबार विज्ञप्ति जारी गरी महासंघले जनाएको छ ।
बिस्तृत समाचार .....
मनाङमा पस्मिनासम्बन्धी अध्ययन सुरु
दमौली, कात्तिक २१ । नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरू डा. प्रकाश पोखरेल र डा. मेघराज तिवारीले मनाङमा पस्मिनासम्बन्धी अध्ययन सुरु गरेका छन् । जिल्ला पशुसेवा कार्यालय मनाङसँग सहकार्य गरी विज्ञद्वयले पस्मिनाको अध्ययन सुरु गरेका हुन् ।
बिस्तृत समाचार .....
बजेट ल्याउन माग
टाइम्स संवाददाता
काठमाडौं, कार्तिक ७ । कामचलाउ सरकारले मुलुक धानिरहेको अवस्थामा बजेट ल्याउन अन्यौल सिर्जना भइरहेको छ । पेश्की बजेट समाप्त भइसकेकाले नियमित बजेट ल्याउनका लागि सरकार प्रयासरत छ । तर मुख्य विपक्षी दल एकीकृत नेकपा माओवादीले कामचलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको भन्दै सरकारको प्रयासको विरोध गर्दै आइरहेको समयमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले यथाशीघ्र बजेट पारित गर्ने व्यवस्था मिलाई मुलुकलाई थप जटिलतातर्फ उन्मुख हुन नदिन जिम्मेवार सबै पक्षसँग आग्रह गरेको छ ।
बिस्तृत समाचार .....
अकबरेबाट चार करोड आम्दानी
टाइम्स संवाददाता
विराटनगर, कार्तिक ७ । इलामका किसानहरुले व्यवसायीक रुपमा अकबरे खोर्सानीको खेती गरेर करोडौं रुपैयाँ आम्दानी गरेका छन् । अकबरे खोर्सानीको खेतीबाट किसानले गत आर्थिक वर्षमा ४ करोड ४४ लाख रुपयाँ आम्दानी गरेका छन् ।
बिस्तृत समाचार .....
नेपालमै रोजगारीको संख्या बढ्दो
काठमाडौं, कार्तिक ६ । वैदेशिक रोजगारसँग सम्वन्धित विभिन्न निकायहरूमा करिब तीन लाख ४४ हजारले स्वदेशमै रोजगारको अवसर प्राप्त गरेका छन् । वैदेशिक रोजगार व्यवसाय सञ्चालक र त्यससँग जोडिएका विभिन्न कम्पनीले यति धेरै संख्यामा स्वदेशमा नै रोजगार सिर्जना गरेको एक अध्ययनले देखाएको छ ।
बिस्तृत समाचार .....
खाद्य संस्थानका दुईसय खसी मरे
काठमाडौं, कार्तिक २ । नेपाल खाद्य संस्थानले दसैंको लागि राजधानीमा बिक्री गर्न ल्याएको करिब चारहजार खसीबोकामध्ये २०० वटा मरेको संस्थानले जनाएको छ । खसीबोका मरेका कारण संस्थानलाई करिब १२ लाख रुपैयाँ बराबर नोक्सान भएको छ ।
बिस्तृत समाचार .....
तस्करीले राजस्व घट्यो
लहान, असोज २६ । सिरहा जिल्लाको दक्षिणी सीमावर्ती ढाडी नाकाबाट व्यापक मात्रामा तस्करी बढ्न थालेपछि राजस्व संकलन प्रभावित भएको छ ।
बिस्तृत समाचार .....
सहायता बढाउन विश्वबैंकसँग आग्रह
काठमाडौं, असोज २६ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको भौतिक पूर्वाधार विकास तथा मध्यपहाडी राजमार्ग निर्माणका निम्ति सहायता बढाउन विश्वबैंकसँग आग्रह गरेका छन् ।
बिस्तृत समाचार .....
चीन र पश्चिमी देशबीच 'मुद्रा युद्ध'
वासिंगटन, असोज २२ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख डोमिनिक स्ट्रस कानले चीन र पश्चिमी देशबीच ‘मुद्रा युद्ध’ हुनसक्ने चेतावनी दिएका छन् । उनले यो अवस्था निकै गम्भीर भएको उल्लेख गर्दै यस प्रकारको संघर्ष टार्न केही प्रस्ताव राख्ने जनाए ।
बिस्तृत समाचार .....
टेलिकमद्वारा सहुलियत प्रदान
टाइम्स संवाददाता
काठमाडौं, असोज १८ । नेपाल टेलिकमले विजया दशमी तथा दिपावलीको अवसर पारेर आफ्ना सेवाहरूमा विभिन्न सहुलियत प्रदान गर्ने जनाएको छ । कम्पनीले यही असोज २२ गते देखि कात्तिक २७ गतेसम्मका लागि मोवाइल तथा आधारभूत टेलिफोन मार्फत हुने कलहरूमा सहुलियत दिने जनाएको हो ।
बिस्तृत समाचार .....
रोयल मर्चेन्टले १५ प्रतिशत लाभांश दिने
टाइम्स संवाददाता
काठमाडौं, असोज १७ । रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि.ले आ.व.०६६/६७ को खुद मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । असोज १२ गते बसेको यस फाइनान्सको बैठकद्वारा प्रस्तावित १५ प्रतिशत लाभांश ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांशको रूपमा वितरण गरिने आइतबार विज्ञप्ती जारी गरी फाइनान्सले जनाएको छ ।
बिस्तृत समाचार .....
विपन्न महिलालाई नि:शुल्क बाख्रा
प्रकाश डोटेल
स्याङ्जा, असोज १७ । सहारा समूह स्याङ्जाले अपेरोन नेपालको आर्थिक सहयोगमा जिल्लामा रहेका विपन्न परिवारका ६३ महिलाहरूलाई आयआर्जनमा टेवा पुर्याउन निःशुल्क बाख्रा वितरण गरेको छ । सहारा समूहको महिला लघु उद्यमशीलता तथा सशक्तीकरण कार्यक्रमअन्तर्गत स्याङ्जाका २० गाविसमा रहेका महिला समूहमार्फत् छनौट भएका विपन्न परिवारका महिलाहरूलाई २/२ वटा बाख्रा वितरण गरिएको हो ।
बिस्तृत समाचार .....
विद्युत् महसुल ३० प्रतिशत बढ्ने
टाइम्स संवादाता
काठमाडौं, असोज १५ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलमा ३० प्रतिशत शुल्क बढाउने अन्तिम तयारी गरेको छ ।
बिस्तृत समाचार .....
सम्पत्ति सुद्धिकरण सम्बन्धी अनुशिक्षण
टाइम्स संवाददाता
काठमाडौं, असोज १५ । सम्पत्ति सुद्धिकरण सम्बन्धी सशस्त्र प्रहरी बलका अधिकृतहरूलाई जानकारी गराउने अभिप्रायले शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा एन्टी मनी लण्डरिंग अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । अर्थ मन्त्रालयका सचिव रामेश्वरप्रसाद खनाल र राजस्व सचिव कृष्णहरि बाँस्कोटालगायतका बरिष्ठ अधिकारीहरूले कार्यक्रममा सहभागी एपीएफ अधिकृतहरूलाई प्रशिक्षण दिएका थिए ।
बिस्तृत समाचार .....
कपिलवस्तु जिविसको बजेट कटौती
चन्द्रकान्त खनाल
रूपन्देही, असोज १४ । न्यूनतम सर्त तथा कार्यसम्पादन मापनमा असफल भएपछि कपिलवस्तु जिविसको बजेट कटौती भएको छ । लगातार दुई वर्षदेखिको असफलताले जिविसको करिब पाँच करोड बजेट कटौती हुने भएको हो ।
बिस्तृत समाचार .....
दशैंका लागि उपत्यकामा ४ हजार खशीबोका
टाइम्स संवाददाता
काठमाडौं, असोज १३ । नेपाल खाद्य संस्थानले यसपालीको दशैंलाई मध्यनजर गरेर काठमाडौं उपत्यकामा ४ हजार खशीबोकाको व्यवस्था गरेको छ । देशका विभिन्न भाग नेपालगंज, दाङ्ग, लहानलगायतका स्थानबाट ४ हजार खशीबोका ल्याउने तयारी भएको संस्थानका विक्री वितरण विभागका प्रमुख बच्चुराज विष्टले जानकारी दिएका छन् ।
बिस्तृत समाचार .....
लगानी रोक्का भएपछि सेवाग्राही मर्कामा
तुलसीराम सुवेदी
दाङ, असोज १३ । बैंकले लगानी रोक्का गरेपछि सेवाग्राही मर्कामा परेका छन् । केहीदिन यता कृषि विकास बैंक शाखा कार्यालय लमहीले लगानी बन्द गरेपछि यसबाट सेवा लिने नयाँ सेवाग्राही बढी मर्कामा परेका हुन् ।
बिस्तृत समाचार .....
'कोरिया जान नपाए आन्दोलन'
सन् २००८ मा भाषापरीक्षा दिइ हालसम्म कोरिया जान नपाएका युवाले संगठितरुपमा आन्दोलन अघि बढाउन संगठन खडागरेका छन् ।
बिस्तृत समाचार .....
सेनाको १७ करोड जोखिममा
नेपाली सेनाले सञ्चालन गरेको कल्याण कोषको १७ करोड रुपैयाँ जोखिममा परेको छ ।
बिस्तृत समाचार .....
सार्वजानिक-निजी साझेदारीको अवधारणामा लघुआयोजना
टाइम्स संवाददाता
धादिङ, असोज ११ । सार्वजनिक–निजी साझेदारी (पिपिपि) को अवधारणाअनुरूप धादिङ जिल्लास्थित महेश खोलामा लघु जलविद्युत् आयोजना सञ्चालन हुनेभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला विकास समिति धादिङ, नेपाल लघु जलशक्ति विकास संस्था, धादिङ उद्योग वाणिज्य संघ र आयोजनाबाट प्रभावित हुने गगनपानी, भुमेस्थान र बैरेनी गाविसको संयुक्त पहलमा महेश खोला साना जलविद्युत् आयोजना सञ्चालन हुने भएको हो ।
बिस्तृत समाचार .....
कल्याणको एघारौं साधारणसभा
टाइम्स संवाददाता
काठमाडौं, असोज ९ । कल्याण सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि को एघारौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा संस्थाले आव ०६६/६७ मा ५ करोड ३ हजार रुपैयाँ शेयर पुँजी संकलन, ३९ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन, ४१ करोड ९८ लाख रुपैयाँ कर्जा तथा अन्य लगानी गरी सोही आवको अन्त्य सम्ममा १ करोड ९२ लाख रुपैयाँ (कर तथा कोष कट्टी अधि) सञ्चालन नाफा गरेको जानकारी दिइयो।
बिस्तृत समाचार .....
पारिश्रमिक नदिएकोमा विरोध
टाइम्स संवाददाता
कपिलवस्तु, असोज ९ । नेपाल अडिटर्स एशोसियसन कार्यसमिति कपिलवस्तु जिविसले लेखा परीक्षण गराएर पारिश्रर्मिक नदिएकोमा विरोध जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी एशोसियसनले यस्तो विरोध जनाएको हो ।
बिस्तृत समाचार .....
पर्यटन वर्षलाई लक्षित गर्दै आधुनिक होटल
टाइम्स संवाददाता
भैरहवा, असोज ७ । पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै रूपन्देहीको भैरहवामा आधुनिक सुविधायुक्त होटल स्थापना गरिएको छ । करिब १८ करोड रुपैयाँको लागतमा निर्मित होटलको बिहीबार पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरेका छन् ।
बिस्तृत समाचार .....
दाङमा पहिलो रबर उद्योग
टाइम्स संवाददाता
दाङ असोज ८ । मध्य तथा सुदूरपश्चिमाञ्चलकै पहिलो रबर उद्योगका रूपमा दाङमा भीम राप्ती रबर उद्योग सञ्चालनमा आएको छ । घोराही–११ भरतपुरमा दुई करोड रुपैयाँको लगानीमा रबर उद्योग सञ्चालनमा ल्याइएको हो ।
बिस्तृत समाचार .....
राजस्व संकलन साढे दुइ अर्ब बढि
टाइम्स संवाददाता
काठमाडौं, असोज ४ । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा राजस्व असुली २५ अर्ब ७ करोड पुगेको छ । गत आ.व. को सोही अवधिमा राजस्व असुली रु. २२ अर्ब ५५ करोड थियो ।
बिस्तृत समाचार .....
धान कुहिन थालेपछि कृषक चिन्तित
मीन बम
दिपायल, असोज ४ । काटेर खेतमा राखेको धान अविरल वर्षाका कारण कुहिन थालेपछि यस क्षेत्रका कृषकहरू चिन्तित बनेका छन् । पानी पर्न छाडेपछि धान सुकाउने आशामा बसेका कृषकहरू वर्षा रोकिने छाँटकाँट नदेखिएपछि यस वर्ष खाद्यान्न संकट उत्पन्न हुने भयले पिरोलिएका छन् ।
बिस्तृत समाचार .....
समझदारी पत्रमा हस्ताक्षर
टाइम्स संवाददाता
काठमाडौं, असोज २ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नेपाल–चीन उद्योग वाणिज्य संघ र तिब्बत उद्योग वाणिज्य महासंघबीच शनिबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिस्तृत समाचार .....
मुलुक पेश्की बजेटबाट सञ्चालन हुनु दुर्भाग्यपुर्ण : प्रधानमन्त्री
टाइम्स संवाददाता
काठमाडौं, असोज १ । प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक खिचातानीका कारण मुलुक पेश्की बजेटबाट सञ्चालन हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले राजनीतिक अस्थीरताका कारण मुलुकमा आर्थिक उन्नती हुन नसकेको बताए ।
बिस्तृत समाचार .....
'लगानीकर्ता-मजदुर समन्वय आवश्यक'
टाइम्स संवाददाता
रूपन्देही, भदौ ३१ । औद्योगिक क्षेत्रमा रोजगारदाता र कामदारबीचको सम्बन्ध सुमधुर नभएसम्म मुलुकले आर्थिक र औद्योगिक क्रान्ति गर्न नसक्ने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । उद्योग वाणिज्य संघ सिद्धार्थनगर र रूपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी तालिम तथा अन्तर्संवाद कार्यक्रमका सहभागी उद्योगी तथा मजदुरका अगुवाहरूले सो कुरा औंल्याएका हुन् ।
बिस्तृत समाचार .....
परम्परागत मिल संकटमा
सुजन ओली
दोलखा, भदौ ३१ । घरायसी रूपमा कुटानी पिसानीका लागि प्रयोग हुने मिल संकटमा पर्न थालेको छ । पानी मिललगायत परम्परागत रूपमा प्रयोग गरिँदै आएका मिलको उपयोग गाउँघरमा घट्न थालेको छ ।
बिस्तृत समाचार .....
जलस्रोतमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह
टाइम्स संवाददाता
काठमाडौं, भदौ ३१ । सभामुख सुवास नेम्वाङले नेपालको जलस्रोतमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । नेपालको जलस्रोत क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउन समाभुख नेम्वाङले चिनियाँ लगानीकर्ताहरूसँग आग्रह गरेका हुन् । नेपाल–चीन गैरसरकारी मञ्चको ११ औं बैठकमा शुक्रबार समामुखले यस्तो आग्रह गरेका हुन् ।
बिस्तृत समाचार .....
हड्तालको तयारीमा साल्ट ट्रेडिङका मजदुर
टाइम्स संवाददाता
विराटनगर, भदौ ३० । साल्ट ट्रेडिङ कर्पोरेशनको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत मजदुरहरूले आफ्नो माग पुरा गराउन बैधानिक हड्तालमा उत्रने भएका छन् । श्रम ऐन अनुसार नियुक्ति पत्र दिनुपर्नेसहित अन्य सेवासुविधाको माग व्यवस्थापनले पुरा नगरेपछि मजदुरहरू आन्दोलनको तयारीमा जुटेका हुन् ।
बिस्तृत समाचार .....
विकासका दृष्टिले धेरै पछाडी छ कपिलवस्तु नगरपालिका
चन्द्रकान्त खनाल
रुपन्देही, भदौ २९ । पश्चिम तराईकै जेठो नगरपालिकाका रुपमा रहेको कपिलवस्तु नगरपालिका विकासका दृष्टिले धेरै पछाडी परेको छ । आर्थिक रुपमा कमजोर हुँदा नगरको विकासमा नकारात्मक प्रभाव परेको हो ।
बिस्तृत समाचार .....
पुतलीसडक नगरपालिकामा भ्रष्टाचार
प्रकाश डोटेल
स्याङ्जा, भदौ २८ । स्याङ्जा सदरमुकाममा रहेको पुतलीबजार नगरपालिका कार्यालयका कार्यकारी अधिकृत हरिराम पाण्डेले आर्थिक वर्ष २०६६-०६७ र चालु वर्षको सुरुमा विभिन्न शिर्षकमा विनियोजित बजेटमा भ्रष्टाचार गरेको खुलासा भएको छ ।
बिस्तृत समाचार .....
'अर्थतन्त्रमा दलहरूको ध्यान आवश्यक'
टाइम्स संवाददाता
विराटनगर, भदौ २७ । अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि बास्कोटाले पूर्णआकारको पूर्ण बजेट अविलम्ब आउनुपर्ने बताएका छन् । विराटनगर भन्सार कार्यालय रानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । उनले पूर्ण आकारको राष्ट्रिय बजेट नआएसम्म वित्तीय नीति पनि आउन नसक्ने जानकारी दिए । समयमै बजेट आउन नसकेकाले सरकारले तत्काल सुनको कारोबारमा रोक लगाएको उनले बताए ।
बिस्तृत समाचार .....
कटारीमा टेलिफोन अवरुद्ध
टाइम्स संवाददाता
कटारी, भदौ २० । उदयपुरको कटारी बजारमा विगत पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
बिस्तृत समाचार .....
मुलुक भयानक आर्थिक दुर्घटनातिर : अर्थमन्त्री
टाइम्स संवाददाता
काठमाडौं, भदौ १९ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी असोज १० गतेभित्रमा पूर्ण बजेट आउन नसके मुलुक भयानक आर्थिक दुर्घटनामा पर्ने बताएका छन् । उनले पूर्ण बजेट नआए शिक्षा क्षेत्र, प्रहरी, कैदीलगायतलाई रकम दिन नसकिने बताएका छन् ।
बिस्तृत समाचार .....
धरानमा पेट्रोलियम पदार्थको अभाव
टाइम्स संवाददाता
धरान, भदौ १६ । तलब भत्ता बढाउनुपर्ने माग गर्दै सुनसरीको धरानमा पाँच दिनदेखि ट्यांकर चालकले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेपछि धरानमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
बिस्तृत समाचार .....
'रियल जुस' उपभोग नगर्न अपिल
टाइम्स संवाददाता
काठमाडौं, भदौ १४ । उपभोक्ताहरूको हकहितका लागि क्रियाशील संस्था 'उपभोक्ता हित संरक्षण मञ्च नेपाल'ले डाबर नेपालको उत्पादन 'रियल जुस' उपभोग नगर्न आमउपभोक्तासँग अपिल गरेको छ ।
बिस्तृत समाचार .....
डोर टोलीद्वारा १४ लाख राजस्व संकलन
बागलुङ, भदौ १३ । पोखरास्थित आन्तरिक राजस्व कार्यालयको टोलीले बिगत तीन दिनमा बागलुङ र म्याग्दीमा १४ लाख १९ हजार दुईसय ५० रुपैयाँ राजस्व संकलन गरेको छ ।
बिस्तृत समाचार .....
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित
टाइम्स संवाददाता
काठमाडौं, भदौ ९ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित गरिएको छ । नेपाल राष्ट्रबैंकले सुन कारोबारमा लिएको नयाँ नीतिको विरोधमा नेपाल सुनचाँदी व्यवसायी संघले सुनचाँदी कारोबारलाई विगत केही दिनदेखि बन्द गर्दै आएको थियो ।
बिस्तृत समाचार .....
राजश्व असुली २५ प्रतिशतले बृद्धि
चन्द्रकान्त खनाल
रुपन्देही, भदौ ९ । आन्तरिक राजश्व कार्यालय भैरहवाले आर्थिक बर्ष ०६६/६७मा राजश्व असुलीमा सोचेभन्दा बढी प्रगति गर्न सफल भएको छ । कार्यालयले सो अवधिमा १ अर्ब २६ करोड ५६ लाख २१ हजार रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा कुल १ अर्ब ५८ करोड ६ लाख ५२ हजार असुली गर्न सफल भएको कार्यालयका प्रमुख अधिकृत लेखनाथ शर्माले बताएका छन् ।
बिस्तृत समाचार .....
प्रोत्साहन रकमले ल्यायो परिवर्तन
इलाम (मङ्गलबारे), भदौ ९ । सरकारले लोपोन्मुख लाप्चालाई प्रोत्साहनस्वरुप भत्ता उपलब्ध गराउन थालेपछि पूर्वी इलामका लाप्चा समुदायको जीवनमा परिवर्तन आउन थालेको छ ।
आर्थिक अभावका कारण विद्यालय पढ्ने इच्छा बोकेका बालबालिकामा भत्ता रकमले परिवर्तनको लहर आएको हो । असफल भएर बीचमै विद्यालय छाड्नेहरू पनि भत्ता पाउन थालेपछि विद्यालय भर्ना हुन थालेका छन् ।
बिस्तृत समाचार .....
बुटवलमा जनउत्थान सामुदायिक बैंक खुल्ने
चन्द्रकान्त खनाल
रुपन्देही, साउन २८ । परम्परागत शीप र पेशालाई लक्षित गरी लगानी गर्ने उद्देश्यसहित बुटवलमा जनउत्थान सामुदायिक बैंक लिमिटेड स्थापना हुने भएको छ । बैंक स्थापनाको तयारीस्वरुप शुक्रवार बुटवलको मिलनचोकमा कार्यालयको उद्घाटन गरिएको छ ।
बिस्तृत समाचार .....
सडकमा चियापत्ती फालेर विरोध
टाइम्स संवाददाता
विर्तामोड, साउन २७ । चिया प्रशोधन कारखाना बन्द भएको विरोधमा झापाका चिया किसानले हरियो चियापत्ती सडकमै फालेर विरोध प्रदर्शन गरेका छन् । कृषकहरुले ६ ट्याक्टर चियापत्ती सडकमा फालेका छन् ।
बिस्तृत समाचार .....
रुपन्देही जिल्लामा रासायनिक मलको अभाव
एक बोरा मलका लागि दिनभर लाममा
चन्द्रकान्त खनाल
रुपन्देही, साउन २६ । रुपन्देहीमा रासायनिक मलको चर्को अभाव देखिएको छ । खेतीको समयमा रासायनिक मलको अभाव भएपछि रुपन्देहीका कृषकहरु समस्यामा परेका छन् ।
बिस्तृत समाचार .....
नापतौल ठगी गर्ने उद्योग कारवाहीमा
टाइम्स संवाददाता
विराटनगर, साउन २५ । पूर्वाञ्चलमा कानुन विपरीत नापतौल कारोबार गरी ठगी गर्ने ६ औद्योगिक प्रतिष्ठान कारवाहीमा परेका छन् । कारवाहीमा परेकामध्ये चारवटा चिया उद्योग रहेका छन् ।
बिस्तृत समाचार .....
पर्यटक आगमनमा वृद्धि
काठमाडौं, २४ साउन । अध्यागमन विभागले यस वर्षको पहिलो ६ महिनामा बाहिरी मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।
बिस्तृत समाचार .....
चियाको मूल्यमा विवाद
भद्रपुर, साउन १६ । हरियो चियापत्तीको मूल्यको विवाद झापामा सुल्झनुको सट्टा दिनप्रतिदिन बल्झदै गइरहेको छ । साना चिया उत्पादक संघ र चिया प्रशोधन कारखानाबीच हरियो चियापत्तीको मूल्य निर्धारणको बिबाद यतिखेर चरमोत्कर्षमा पुगेको छ ।
बिस्तृत समाचार .....
२६ सहकारीको दर्ता खारेज
टाइम्स संवाददाता
बीरगञ्ज, साउन १४ । गत आर्थिक वर्षमा पर्सा जिल्लाका २६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । डिभिजन सहकारी कार्यालयका अनुसार सहकारी ऐनअनुसार ती संस्थाले काम नगरेको पाइएपछि दर्ता खारेज गरिएको हो ।
बिस्तृत समाचार .....
बैंकमा नगद अभाव
काठमाडौं, साउन १३ । विकट हिमाली जिल्ला हुम्लास्थित राष्ट्रिय वाणिज्य बैंकमा नगद अभाव भएको छ ।
बिस्तृत समाचार .....
कामचलाउ सरकारद्वारा पेश्की वजेट पेश
अर्थमन्त्री सुरेन्द्र पाण्डेले कुल बजेटको एक तृतीयांश रकम खर्च गर्न पाउने गरी पेस्की वजेट प्रस्तुत गरेका हुन् ।
बिस्तृत समाचार .....
भन्सार कर्मचारी कुटिएकोमा मन्त्रालयद्वारा छानबिन
टाइम्स संवाददाता
विराटनगर, असार २४ । विराटनगर भन्सारका कर्मचारीमाथि मोरङका प्रमुख जिल्ला अधिकारीद्वारा दुर्व्यवहार भएको विरोधमा विराटनगर, बीरगंजलगायतका प्रमुख भन्सार नाका बन्द भएपछि अर्थ र गृह मन्त्रालयले प्रतिनिधि पठाई घटनाको छानबिन सुरु गरेका छन् ।
बिस्तृत समाचार .....
मत्स्य अनुसन्धान महाशाखा बन्द हुने अवस्थामा
ललितपुर, असार २३ । पर्याप्त पानीको अभावमा ललितपुरको गोदावरीस्थित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको मत्स्य अनुसन्धान महाशाखा बन्द हुने अवस्थामा पुगेको छ ।
बिस्तृत समाचार .....
युनिटीविरुद्ध रुपन्देही प्रशासनमा उजुरी
समाचार रोक्न मिडियालाई प्रलोभन
टाइम्स संवाददाता
भैरहवा, वैशाख ३१ । नेपालमा नेटवर्किंग व्यवसाय गरिरहेको युनिटी लाईफ इन्टरनेशनल लिमिटेडविरुद्ध रुपन्देही जिल्ला प्रशासनमा उजुरी परेको छ ।
बिस्तृत समाचार .....
उद्योग व्यवसायीको चेतावनी
टाइम्स संवाददाता
काठमाडौं, वैशाख ३० । उद्योग व्यवसायीहरूले प्रमुख तीन राजनीतिक दललाई सहमतिका लागि दुई दिनको 'अल्टिमेटम' दिएका छन् ।
बिस्तृत समाचार .....
पाँच पम्पमाथि कारवाही
टाइम्स संवाददाता
विराटनगर बैशाख २९ । पूर्वाञ्चलमा पेट्रोल र डिजेलको बिक्रीमा अनियमितता एवं नापमा ठगी गर्ने विभिन्न पाँच पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पलाई सिल गरी बिक्री वितरणमा रोक लगाएको छ ।
बिस्तृत समाचार .....
यस्ता पो हाकिम
आफैं गर्छन् दर्ता चलानी
- चन्द्रकान्त खनाल
रुपन्देही वैशाख २५ । कर्मचारी नहुँदा दुई जिल्ला हेर्ने डिभिजन सहकारीका अधिकृत प्रमुख ध्रुबप्रसाद नेपाललाई दर्ता चलानीदेखि प्रमाणपत्रमा दस्तखत आफैं गर्नु परेको छ ।
बिस्तृत समाचार .....
तरकारी फ्याँकेर विरोध प्रदर्शन
टाइम्स संवाददाता
बारा, वैशाख २२ । एकीकृत नेकपा माओवादीको अनिश्चितकालीन आमहडतालबाट आजित भएका बाराका किसान र व्यापारीले बुधबार बिहान भरत चोकमा तरकारी फ्याँकेर विरोध जनाएका छन् ।
बिस्तृत समाचार .....
सहमतिबाट समाधान खोज्न उद्योगी व्यवसायीको आग्रह
टाइम्स संवाददाता
विराटनगर, वैशाख २२ । सरकारमा सहभागी दल निकट मोरङ जिल्ला कमिटीका प्रतिनिधिहरूको बुधवार विराटनगरमा बसेको सर्वपक्षीय बैठकले बन्द हड्तालले दैनिक काम गरेर गुजरा चलाउने मजदुर, ब्यापारी, किसान, उद्योगीले दु:ख पाएको भन्दै आन्दोलन फिर्ता लिन माओवादीलाई अपिल गरेको छ ।
बिस्तृत समाचार .....
आर्थिक क्रियाकलाप ठप्प
वीरगञ्ज, वैशाख २१ । एकीकृत नेकपा माओवादीले आह्वान गरेको हडतालबाट औद्योगिक एवं व्यापारिकनगर वीरगञ्जको आर्थिक क्रियाकलापमा गम्भीर असर परेको छ । हडतालको तेस्रो दिन मंगलबार पनि वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका सबैजसो उद्योग र कलकारखाना बन्द छन् ।
बिस्तृत समाचार .....
औद्योगिक प्रदर्शनी सम्पन्न
टाइम्स संवाददाता
काठमाडौं, वैशाख १३ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा भएको पाँचदिने २१ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सोमबार सम्पन्न भएको छ । करिब एक लाख पचास हजार दर्शकले अवलोकन गरेको प्रदर्शनीमा करिब दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको बताइन्छ ।
बिस्तृत समाचार .....
दुध बिक्रेता आन्दोलित
टाइम्स संवाददाता
वीरगन्ज, वैशाख ८ । मूल्यवृद्धिको माग गर्दै पर्साका दूध बिक्रेताहरू आन्दोलनमा उत्रिएपछि बुधबारबाट वीरगन्ज क्षेत्रमा दूधको बिक्री-वितरण ठप्प भएको छ ।
बिस्तृत समाचार .....
कर्मचारीलाई पक्राउ गरेको विरोधमा बैंकको कामकाज ठप्प
विनोद अग्रवाल
गौर, वैशाख ७ । गाविस सचिवले बैंक कर्मचारीलाई झुक्याएर विद्यालयको खाताबाट रकम झिकेको आरोपमा प्रहरीले मंगलबार राष्ट्रिय वाणिज्य बैंक, गौरका दुईजना कर्मचारी तथा एक गाविस सचिवलाई नियन्त्रणमा लिएको छ ।
बिस्तृत समाचार .....
बेल्टारमा वाणिज्य बैंकको शाखा पुनर्स्थापना
टाइम्स संवाददाता
उदयपुर, वैशाख ५ । उदयपुरको बेल्टार बजारमा राष्ट्रिय वाणिज्य बैंक पुनर्स्थापना गरिएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले आइतबार एक कार्यक्रमका बीच बैंकको शाखा कार्यालय उदघाटन गरे ।
बिस्तृत समाचार .....
पर्यटन वर्ष सफल पार्ने प्रतिवद्धता
टाइम्स संवाददाता
विराटनगर, वैशाख ४ । नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न पूर्वका पर्यटन व्यावसायीहरूले आफ्ना व्यवहारमा सुधार गरी सेवाको गुणस्तरमा अभिवृद्धि गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिस्तृत समाचार .....