2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
राजनीति

अब संसदमा दुई मन्त्री अनिवार्य

टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
सरकारले व्यवस्थापिका संसदमा दुईजना मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ । संसद्को विशेष र शून्य समयमा सभासद्हरूले ध्यानाकर्षण गराएका कुरा सुन्न मन्त्री उपस्थित हुनैपर्ने व्यवस्था छ । तर एकजना पनि मन्त्री उपस्थित नभएका कारण संसद् बैठक नै स्थगित हुने अवस्था आएको भन्दै आलोचना भएपछि संसद् बैठक बसेको समयमा कम्तिमा दुईजना मन्त्री अनिवार्य उपस्थित हुने व्यवस्था मिलाइएको हो ।

बिस्तृत समाचार .....

महिला अधिकारकर्मीद्वारा प्रदर्शन

टाइम्स संवाददाता
कपिलवस्तु, फागुन २५ ।
राजनीतिक दलका नेताहरू संविधान निर्माण प्रक्रियामा भन्दा सत्ताको लुछाचुडिमा लागेको भन्दै कपिलवस्तुका एक दर्जन महिला अधिकारकर्मीले बुधबार सदरमुकाम तौलिहवामा प्रदर्शन गरेका छन् । उनीहरूले समयमा संविधान निर्माण गर्न दलका नेतालाई दबाब दिने उदेश्यले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

बिस्तृत समाचार .....

बेलायती सहयोगमा वृद्धि

टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
बेलायतले नेपालको चौतर्फी विकासका लागि ३८ खर्ब ६० अर्ब ७८ करोड ४० लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । शान्तिप्रक्रिया, सवल शासन, सुरक्षास्थितिमा सुधार तथा न्यायमा पहुँच बढाउन चार वर्षको अविधमा खर्च गर्ने गरी बेलायतले उक्त सहायता रकम उपलब्ध गराउने भएको हो ।

बिस्तृत समाचार .....

फोरम सरकारमा जाँदै

चार मन्त्रालय न्यूनतम शर्त
टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
संविधानसभाको चौथो ठूलो दल मधेसी जनअधिकार फोरम पनि सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागिताका विषयमा मधेसी जनअधिकार फोरमले राखेका मागप्रति प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएपछि फोरम सरकारमा जाने निर्णयमा पुगेको हो ।

बिस्तृत समाचार .....

वर्षमा एक हजार दुई सय ६२ जना पीडित

मानवअधिकार उल्लंघन
टाइम्स संवाददाता
विराटनगर, फागुन २५ ।
सन् २०१० मा पूर्वाञ्चलमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा एक हजार दुई सय ६२ जना पीडित भएका छन् । अघिल्लो वर्ष सन् २००९ मा ७ सय ९८ वटा घटनामा दुई हजार ९० जना पीडित भएका थिए ।

बिस्तृत समाचार .....

संविधान बन्नेमा शंका : थापा

टाइम्स संवाददाता
नवलपरासी, फागुन २५ ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एवं सभासद् एमएस थापाले संविधान निर्माण गर्न बाँकी ८२ दिनभित्र संविधान बन्नेमा शंका व्यक्त गरेका छन् । उनले संविधानका बारे धेरै मुद्दामा वहस र छलफल गरी निर्णयमा पुग्न बाँकी रहेकाले तोकिएको समयमा संविधान बन्ने सम्भावना झिनो हुँदै गएको बताए ।

बिस्तृत समाचार .....

लोकतन्त्रको विकल्प छैन : राष्ट्रपति

टाइम्स संवाददाता
बुटवल, फागुन २५ ।
राष्ट्रपति डा. रामवरण यादवले नेपालमा लोकतन्त्रको विकल्प नभएको बताएका छन् । उनले जनताको बलिदानबाट आएको लोकतन्त्र र संविधानसभाको विकल्प खोज्न नहुनेसमेत उल्लेख गरेका छन् ।

बिस्तृत समाचार .....

फोहोर प्रशोधन केन्द्रको विरोधमा ज्ञापनपत्र

टाइम्स संवाददाता
विराटनगर, फागुन २५ ।
विराटनगर उपमहानगरपालिकाले मोरङको डंग्राहा–५ मा निर्माण गर्न लागेको फोहोर प्रशोधन केन्द्र स्थगित गर्न माग गर्दै स्थानीयवासीले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् ।

बिस्तृत समाचार .....

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित

'चैत ७ अघि बैठक बस्ने सम्भावना छैन'
नारायण अर्याल
काठमाडौं, फागुन २५ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित बनेको छ । बैठक सुरु भएको भोलिपल्टै अर्थात् फागुन २० गते राति संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भएका कारण कांग्रेस केन्द्रीय समितिको बैठक तेस्रोपटक अनिश्चित बनेको हो ।

बिस्तृत समाचार .....

भारतबाट फर्कंदै गरेका नेपाली लुटिए

वीरेन्द्र रावल
धनगढी, फागुन २५ ।
भारतका विभिन्न स्थानबाट नेपाल फर्किंदै गरेका ८ नागरिक भारतीय बजार गौरीफन्टामा लुटिएका छन् । उनीहरूमाथि कुटपिटसमेत भएको बताइन्छ ।

बिस्तृत समाचार .....

महिला प्रतिनिधित्वका दृष्टिले नेपाल १८ औं स्थानमा

प्रजातन्त्रका महारथी अमेरिका र भारत पनि नेपालभन्दा पछाडि
सुदर्शन आचार्य
काठमाडौं, फागुन २५ ।
राजनीतिमा महिला सहभागिता र संसद्मा प्रतिनिधित्वका दृष्टिले प्रजातन्त्रका महारथी मानिएका अमेरिका र भारतजस्ता मुलुकभन्दा नेपाल निकै अगाडी रहेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार राजनीतिमा महिला सहभागिताका दृष्टिले नेपाल १८ औं स्थानमा रहेको छ ।

बिस्तृत समाचार .....

फोरमलाई एमालेको प्रतिबद्धतापत्र आज

टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
प्रधानमन्त्री झलनाथ खनालले मधेसका मागबारे बुधबार प्रतिबद्धतापत्र बुझाउने भएका छन् । मधेसी जनअधिकार फोरमको वार्ता टोली र एमालेको वार्ता टोलीबीच मंगलबार प्रधानन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस माग सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिबद्धतापत्र पठाउने सहमति भएको हो ।

बिस्तृत समाचार .....

'राष्ट्रिय सरकार आवश्यक'

टाइम्स संवाददाता
धनगढी, फागुन २४ ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति र संविधानलाई पूर्णता दिन राष्ट्रिय संयुक्त सरकार आवश्यक रहेको बताएका छन् ।

बिस्तृत समाचार .....

खनालको कमजोरीले सरकार अपूर्ण : ओली

टाइम्स संवाददाता
काठमाडौं, फागुन २४ ।
नेकपा एमालेका स्थायी समिति सदस्य केपी ओलीले प्रधानमन्त्री झलनाथ खनालको सुस्तताका कारण सरकारले पूर्णता पाउन नसकेको बताएका छन् । सरकार गठन भएको एकमहिना बित्दा चारवटा मन्त्री नियुक्त गर्न नसक्ने खनालको शैलीका कारण सरकारले पूर्णता पाउन नसकेको ओलीको आरोप छ ।

बिस्तृत समाचार .....

सरकारलाई पूर्णता दिने कसरत

टाइम्स संवाददाता
काठमाडौं, फागुन २४ ।
प्रधानमन्त्री झलनाथ खनालले सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु गरेका छन् । सरकारमा सहभागी हुने विषयमा एमाले नेताहरू र मधेसी जनअधिकार फोरमका नेताहरूबीच पनि मंगलबारै छलफल भएको छ ।

बिस्तृत समाचार .....

शोकले महिला दिवसका कार्यक्रम स्थगित

मदन कोइराला
काठमाडौं, फागुन २४ ।
पूर्व प्रधानमन्त्री कृष्णप्रसादभट्टराईको निधनमा मुलुक शोकमा रहेकाले महिला दिवसको अवसरमा आयोजना गर्ने भनिएका औपचारिक कार्यक्रमहरू स्थगन गरिएका छन् । सरकारले भट्टराईको निधनमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने घोषणा गरेको थियो ।

बिस्तृत समाचार .....

कांग्रेससहितका दललाई सरकारमा आउन आह्वान

टाइम्स संवाददाता
कपिलवस्तु, फागुन २४ ।
नवनियुक्त शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता गंगालाल तुलाधरले नेपाली कांग्रेसलगायतका सबै दललाई सरकारमा आउन आग्रह गरेका छन् । कपिलवस्तुको वाणगंगामा रहेको जनता उच्चमाविको स्वर्ण महोत्सवको मंगलबार उद्घाटन गर्दै मन्त्री तुलाधरले संक्रमणकालाई अन्त्य गरी राष्ट्रिय सहमति कायम गर्नका लागि सबै दल सरकारमा सहभागी हुन जरुरी रहेको बताए ।

बिस्तृत समाचार .....

संसद्द्वारा शोक प्रस्ताव पारित

टाइम्स संवाददाता
काठमाडौं, फागुन २३ ।
व्यवस्थापिका संसद्ले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिस्तृत समाचार .....

महाधिवेशन सर्‍यो

टाइम्स संवाददाता
काठमाडौं, फागुन २३ ।
नेपाल प्रेस युनियनको चैत १ र २ गतेका लागि सुनसरीको इटहरीमा हुने गरी तोकिएको महाधिवेशनका सम्पूर्ण कार्यक्रम एक साता पर सरेको छ ।

बिस्तृत समाचार .....

पौडेललाई रक्षा मन्त्रालय दिइएपछि एमालेमा विवाद

अशोक दाहाल
काठमाडौं, फागुन २३ ।
स्थायी कमिटीको निर्णय उल्टाउँदै नेकपा एमालेका दुई मन्त्रीलाई ‘पोर्टफोलियो’ तोक्ने प्रधानमन्त्री झलनाथ खनालको निर्णय विवादमा परेको छ । एमाले स्थायी कमिटीको निर्णय भन्दै एमालेका दुई विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्ने प्रधानमन्त्रीको कदमप्रति एमालेका नेताहरूले नै असहमति जनाएका छन् ।

बिस्तृत समाचार .....

बेलायती राज्यमन्त्री दोस्रोपटक नेपालमा

टाइम्स संवाददाता
काठमाडौं, फागुन २३ ।
बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री अलान डंकन नेपालको चारदिने भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेका छन् । राज्यमन्त्रीमा नियुक्त भएयता यो उनको दोस्रो नेपाल भ्रमण हो ।

बिस्तृत समाचार .....

भट्टराई आश्रमलाई ट्रस्टका रूपमा सञ्चालन गरिने

टाइम्स संवाददाता
काठमाडौं, फागुन २३ ।
स्वर्गीय सन्त नेता कृष्णप्रसाद भट्टराईको निवासका लागि निर्माण गरिएको आश्रमलाई ‘कृष्णप्रसाद भट्टराई ट्रस्ट’का रूपमा सञ्चालन गरिने भएको छ । यसअघि नै सरकारले भट्टराईको निधनपछि उक्त आश्रमलाई ट्रस्टका रूपमा सञ्चालन गर्ने निर्णय गरिसकेको थियो । स्व. भट्टराईको तेह्रदिने काजकिरिया सकिएपछि ट्रस्टले काम थाल्नेछ ।

बिस्तृत समाचार .....

विशेष समितिले तत्काल काम थाल्ने

टाइम्स संवाददाता
काठमाडौं, फागुन २३ ।
प्रधानमन्त्री झलनाथ खनालले सेना समायोजन विशेष समितिले चाँडै माओवादी लडाकू समायोजन र पुनर्स्थापनाको काम सुरु गर्ने बताएका छन् । सरकारले पूर्णता पाउनासाथ समायोजनको काम अघि बढाइने प्रधानमन्त्रीको दाबी छ ।

बिस्तृत समाचार .....

राजकीय सम्मानसहित किसुनजीको अन्त्येष्टि

भट्टराईको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोक धुन बजाउनुका साथै १३ तोपको सलामी अर्पण गरेको थियो ।

बिस्तृत समाचार .....

साढे तीन वर्षछि किसुनजी पार्टी कार्यालयमा

नारायण अर्याल
काठमाडौं, फागुन २२ ।
२०६४ साल असोज ८ गते नेपाली कांग्रेस र तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)बीच एकीकरणको घोषणा हुँदा पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराई निकै हर्षित थिए । २०५९ सालमा कांग्रेस विभाजन हुँदा मर्माहत बनेका उनी दुई कांग्रेसबीच एकीकरण हुँदा उत्साहित पनि बनेका थिए ।

बिस्तृत समाचार .....

खप्न नसकी परम्परा तोडेर आएँ : राष्ट्रपति

टाइम्स संवाददाता
काठमाडौं, फागुन २२ ।
राष्ट्रपति डा. रामवरण यादव आइतबार स्वर्गीय कृष्णप्रसाद भट्टराईप्रति श्रद्धाञ्जलि अर्पणका लागि दशरथ रंगशाला पुगे । सामान्यतया राष्ट्रप्रमुख श्रद्धाञ्जलिका लागि नजाने परम्परा छ । तर राष्ट्रपति यादवले भट्टराईलाई मुलुकको निर्माताका रूपमा चित्रण गर्दै परम्परा तोडेरै भए पनि भट्टराईप्रति श्रद्धाञ्जलि दिन आफू आएको बताए ।

बिस्तृत समाचार .....

'त्याग र निष्ठाको राजनीतिका आदर्श व्यक्ति'

टाइम्स संवाददाता
काठमाडौं, फागुन २२ ।
प्रमुख नेताहरूले पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको त्याग र निष्ठाको राजनीतिबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् । आइतबार भट्टराईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै विभिन्न दलका नेताहरूले भट्टराईको आदर्श र त्यागको राजनीति सबैले अनुकरण गर्नुपर्ने बताएका हुन् ।

बिस्तृत समाचार .....

अन्तर्राष्ट्रिय समुदाय पनि शोकमा

टाइम्स संवाददाता
काठमाडौं, फागुन २२ ।
प्रजातन्त्रका शीर्ष योद्धा तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनप्रति भारत, अमेरिकालगायतका राष्ट्रले गहिरो शोक व्यक्त गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै विभिन्न देशका राजनीतिज्ञ तथा तथा कुटनीतिक नियोगहरूले सन्त नेता भट्टराईको निधनप्रति शोक व्यक्त गरेका हुन् ।

बिस्तृत समाचार .....

शोकमा संसद् बैठक स्थगित

टाइम्स संवाददाता
काठमाडौं, फागुन २२ ।
पूर्व प्रधानमन्त्री एवं नेपालको पहिलो सभामुख स्व. कृष्णप्रसाद भट्टराईको श्रद्धाञ्जलिसभाका कारण आइतबार संसद् बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक सूचना टाँस गरेर सोमबारसम्मका लागि स्थगित गरिएको हो । स्व. भट्टराई नेपालका प्रथम सभामुख हुन् ।

बिस्तृत समाचार .....

महासंघले शोक मनाउने

टाइम्स संवाददाता
काठमाडौं, फागुन २२ ।
नेपाल पत्रकार महासंघका संस्थापक सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनप्रति शोक व्यक्त गर्दै नेपाल पत्रकार महासंघले तीन दिन कार्यालय बन्द गर्ने भएको छ ।

बिस्तृत समाचार .....

स्व. भट्टराईको शव यात्रा सुरु

टाइम्स संवाददाता
काठमाडौं, फागुन २२ ।
पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको शवयात्रा शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा रत्नपार्क, बागबजार, मैतिदेवी, गौशाला हुँदै पशुपति आर्यघाट गौशाला पुग्नेछ । राजकीय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ।

बिस्तृत समाचार .....

एक युगको अन्त्य

सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनसँगै नेपाली राजनीतिको एक युगको अन्त्य भएको छ ।

बिस्तृत समाचार .....

स्व. भट्टराईप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

टाइम्स संवाददाता
काठमाडौं, फागुन २२ ।
परम्परा तोड्दै राष्ट्रपति डा. रामवरण यादव सन्तनेता कृष्णप्रसाद भट्टराईको पार्थिक शरिरमा अन्तिम श्रद्धाञ्जलि ब्यक्त गर्नका रंगशाला पुगेका छन् । राष्ट्र प्रमुखले अन्तिम श्रद्धाञ्जलि दिनका लागि नजाने परम्परा तोड्दै राष्ट्रपति यादव भट्टराईको पार्थिक शरिरमा श्रद्धाञ्जलि अर्पण गर्न रंगशाला पुगेका हुन् ।

बिस्तृत समाचार .....

अधुरै रह्यो किसुनजीको अन्तिम सन्देश

अशोक दाहाल
काठमाडौं, फागुन २१ ।
नि:स्वार्थ भावमा जनता र राष्ट्रप्रतिको त्याग नै एउटा राजनेताको विशेषता हो । त्यही विशेषताको खडेरी परिरहेको वर्तमान राजनीतिक परिवेशमा निष्ठा र त्यागको पर्यायवाची पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राज्यले गुमाउनुर्‍यो ।

बिस्तृत समाचार .....

किसुनजीलाई राजकीय सम्मान

तीन दिन राष्ट्रिय शोक
आज सार्वजनिक बिदा
नारायण अर्याल
काठमाडौं, फागुन २२ ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । शनिबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ स्वर्गीय भट्टराईको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

बिस्तृत समाचार .....

किसुनजीको निधनबाट कांग्रेस मर्माहत

१३ दिनसम्म पार्टीको झण्डा आधा झुकाइने
किसुनजीले देखाएको बाटो नछोड्ने प्रतिबद्धता
टाइम्स संवाददाता
बाँडेगाउँ, फागुन २१ ।
नेपाली कांग्रेसले संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनबाट पार्टी स्तब्ध भएको भन्दै भट्टराईले देखाएको बाटो नछोड्ने अठोट व्यक्त गरेको छ । भट्टराईलाई स्वतन्त्रता तथा लोकतन्त्रका खम्बाको रूपमा चित्रण गर्दै कांग्रेसले भट्टराईद्वारा लोकतन्त्र र शान्तिको बाटोमा लिइएको अडानबाट पार्टी कहिल्यै विचलित नहुने दृढतासमेत व्यक्त गरेको छ ।

बिस्तृत समाचार .....

ढल्यो आदर्श राजनीतिको खम्बा

सन्तनेता कृष्णप्रसाद भट्टराईको शुक्रबार राति ११:२६ बजे नर्भिक अस्पतालमा निधन ।

बिस्तृत समाचार .....

माओवादीसहितको मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिनापछि  माओवादीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री झलनाथ खनाल सफल भए ।

बिस्तृत समाचार .....

३० मुद्दामा सैद्धान्तिक सहमति

टाइम्स संवाददाता
काठमाडौं, फागुन २० ।
संवैधानिक समितिअन्तर्गत गठित उपसमिति नयाँ संविधान निर्माणका क्रममा देखिएका ३० वटा विवादमा एकसाथ सहमति जुटाउन सफल भएको छ । संविधान निर्माणका क्रममा समाधान हुन बाँकी ७५ वटामध्ये ३० वटा मुद्दामा शुक्रबार उपसमितिमा सैद्धान्तिक सहमति भएको हो ।

बिस्तृत समाचार .....

किसुनजी मुलुककै मार्गदर्शकः राष्ट्रपति

टाइम्स संवाददाता
काठमाडौं, फागुन २० ।
राष्ट्रपति डा. रामवरण यादवले स्वर्गीय सन्तनेता कृष्णप्रसाद भट्टराई मुलुककै मार्गदर्शक रहेको बताएका छन् । किसुनजीको निधन हुनुभन्दा केही समयअघि मात्रै शुक्रबार राति नर्भिक अस्पताल पुगेका राष्ट्रपति यादवले अचेत अवस्थामा भट्टराईलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘उहाँ मुलुककै मार्गदर्शक हुनुहुन्छ, मुलुकलाई उहाँको खाँचो छ ।’

बिस्तृत समाचार .....

कंसाकारलाई फसाइएको आरोप

टाइम्स संवाददाता
काठमाडौँ, फागुन २० ।
नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलाई नियतवश भ्रष्टाचारीको चङ्गुलमा पारेर थुनामा राखिएको आरोप विभिन्न पार्टीका सभासद्हरुले लगाएका छन् ।

बिस्तृत समाचार .....

आधारभूत तालिमको दिक्षान्त

समाजमा अशान्ति फैलाउने तत्वहरूलाई निस्क्रीय पार्न सशस्त्र प्रहरी सफल हुने प्रधानमन्त्री खनालको विश्वास ।

बिस्तृत समाचार .....

किसुनजीको अवस्था गम्भीर

निको हुने सम्भावना अत्यन्त न्यून
शरीरले औषधि पनि लिएन
नारायण अर्याल
काठमाडौं, फागुन २० ।
सन्तनेता कृष्णप्रसाद भट्टराईको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ । उपचारका क्रममा दिइएको औषधि पनि भट्टराईको शरीरले लिन सकेको छैन । मुटु, फोक्सो र मृगौलामा समस्या देखिएपछि फागुन ४ गते थापाथलीस्थित नर्भिक अस्पतालको सघन कक्षमा उपचार गराइरहेका भट्टराईको स्वास्थ्य अवस्था अहिलेसम्मकै नाजुक बनेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

बिस्तृत समाचार .....

मजदुर संगठनद्वारा आन्दोलनको घोषणा

टाइम्स संवाददाता
विराटनगर, फागुन १९ ।
मोरङ र सुनसरीका मजदुरहरूले ऐनअनुसार ज्याला वृद्धि नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी पाँचवटा मजदुर संगठनले ज्याला वृद्धिको मागसहित आन्दोलनको घोषणा गरेका हुन् ।

बिस्तृत समाचार .....

देउवाको छुट्टै भेला

टाइम्स संवाददाता
काठमाडौं, फागुन १९ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पदाधिकारी चयन र सदस्य मनोनयनमा मनपरी गरेको भन्दै नेपाली कांग्रेसभित्र नेता शेरबहादुर देउवा पक्षकाले तीव्र असन्तुष्टि जनाउँदै प्रतिवादको तयारी गरेका छन् । त्यसको तयारीका लागि देउवाले आफू पक्षका नेताहरूको भेला बिहीबार केन्द्रीय समिति बैठक हुनुपूर्व बिहान आफ्नै निवास बुढानिलकण्ठमा गरेका थिए ।

बिस्तृत समाचार .....

माओवादीले मन्त्रीको नाम टुंगो लगाउन सकेन

टाइम्स संवाददाता
काठमाडौं, फागुन १९ ।
एकीकृत नेकपा माओवादीले मन्त्रीहरूको नाम टुंगो लगाउन नसकेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । बिहीबार माओवादीले मन्त्रीहरूको नाम टुंगो लगाउने तयारी गरे पनि पार्टीभित्रको आन्तरिक विवादका कारण मन्त्रीहरू चयन हुन सकेनन् । माओवादीबाट सरकारको नेतृत्व गर्दै कृष्णबहादुर महरा जाने निर्णय भए पनि अन्य मन्त्री र मन्त्रालयहरूबारे टुंगो लाग्न सकेको छैन ।

बिस्तृत समाचार .....

मतदाता नामावली संकलनमा मधेसी दलको असहमति

टाइम्स संवाददाता
बारा, फागुन १९ ।
फोटोसहितको मतदाता नामावली संकलनमा नागरिकतालाई आधार मान्न सर्वोच्च अदालतले गरेको फैसला बारामा ओझेलमा परेको छ ।

बिस्तृत समाचार .....

महिला भेला सुरु

टाइम्स संवाददाता
विराटनगर, फागुन १९ ।
महिला समानता र अधिकारको विषयमा छलफल गर्न पूर्वाञ्चलका महिला अधिकारकर्मी, हिंसापीडित महिला र अन्य सरोकारवालाहरूको बिहीबारदेखि विराटनगरमा दुई दिने भेला सुरु भएको छ ।

बिस्तृत समाचार .....

शान्ति प्रक्रिया नटुंगिएसम्म संविधान बन्दैन : कांग्रेस

शान्ति र संविधानका लागि लोकतान्त्रिक शक्तिसँग वार्ता गर्ने 
सरोज अधिकारी
काठमाडौं, फागुन १९ ।
नेपाली कांग्रेसले शान्ति प्रक्रियाले पूर्णता नपाएसम्म संविधान जारी हुन नसक्ने ठहर गरेको छ । संविधान निर्माणका लागि शान्ति प्रक्रियाले पूर्णता पाउनुपर्ने र राज्यपुनर्संरचना आयोग बन्नुपर्ने अडान सहयात्री दलहरू सामु राख्दै आएको कांग्रेसले बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमार्फत औपचारिक रूपमा यस्तो ठहर गरेको हो ।

बिस्तृत समाचार .....

भट्टराईको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री खनाल नर्भिकमा

टाइम्स संवाददाता
काठमाडौं, फागुन १९ ।
पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री झलनाथ खनाल बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । भट्टराईको स्वास्थ्यस्थिति अहिले अत्यन्त गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

बिस्तृत समाचार .....

पारसलाई चैत २ गतेको पेशी

टाइम्स संवाददाता
चितवन, फागुन १९ ।
पूर्व युवराज पारस शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले आगामी चैत २ गतेको पेशी तोकेको छ ।

बिस्तृत समाचार .....

अघिअघि राष्ट्रपति, पछिपछि पूर्वराजा

टाइम्स संवाददाता
काठमाडौं, फागुन १८ ।
महाशिवरात्रिको अवसरमा आराध्यदेव पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेहरूको बुधबार ठूलै घुइँचो लाग्यो । पवित्र पाशुपत क्षेत्रमा बिहान चार बजेदेखि रातिसम्म दर्शन गर्नेहरूको घुइँचो थियो । नेपाली हिन्दू धर्मावलम्बीहरूका अलावा छिमेकी भारत तथा अन्य मुलुकका हिन्दु धर्मावलम्बीहरू पनि पशुपतिनाथको दर्शन तथा पूजाअर्चनाका लागि आएका थिए ।

बिस्तृत समाचार .....

महरा नेतृत्वमा माओवादी सरकारमा जाने

सरोज अधिकारी
काठमाडौं, फागुन १८ ।
झलनाथ खनाल नेतृत्त्वको सरकारमा अन्तत: एकीकृत नेकपा माओवादी सहभागी हुने भएको छ । एमालेसँग सातबुँदे सहमतिका विषयमा कुरा नमिलेको भन्दै विगतमा सरकारमा नजाने निर्णय गरेको माओवादी गृहमन्त्रालय नपाएकै अवस्थामा सरकारमा सहभागी हुने भएको हो । यसअघि उसले सातबुँदे सहमतिअनुसार आफूले गृहमन्त्रालय पाउने दाबी गर्दै आएको थियो ।

बिस्तृत समाचार .....

पूर्वप्रधानमन्त्री भट्टराई सिकिस्त

अशोक दाहाल
काठमाठौं, फागुन १८ ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यस्थिति चिन्ताजनक अवस्थामा पुगेको छ । ८७ वर्षीय भट्टराईलाई दुई सातादेखि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा अति सम्बेदनशील अवस्थाका बिरामीलाई राखिने 'केरोनरी केयर युनिट' (सीसीयू) मा राखिएको छ । गत फागुन ४ गतेबाटै सीसीयूमा राखेर उपचार गराइँदै आए पनि भट्टराईको स्वाथ्यमा सुधार आउन सकेको छैन । शरीरले अक्सिजनसमेत लिन छोडेपछि उनलाई कृत्रिम श्वास दिएर उपचार गराइँदै आएको छ ।

बिस्तृत समाचार .....

सेना दिवस सम्पन्न

नेपाली सेनाले बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी सेना दिवस मनाएको छ ।

बिस्तृत समाचार .....

पुरानो सरकारको प्रतिवेदन माओवादीले नमान्ने

टाइम्स संवाददाता
काठमाडौं, फागुन १७ ।
एकीकृत नेकपा माओवादीले पूववर्ती सरकारले तयार पारेको सेनाको लोकतान्त्रीकरणसम्बन्धी प्रतिवेदन नमान्ने बताएको छ । कांग्रेस–एमाले गठबन्धन सरकारका पालामा पूर्व रक्षामन्त्री विद्या भण्डारी संयोजकत्वको कार्यदलले तयार गरेको प्रतिवेदन माओवादीले नमानेपछि व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा मंगलबार कार्यसूचिमा छलफल हुन सकेन ।

बिस्तृत समाचार .....

केन्द्रमा दुई सदन

अशोक दाहाल
काठमाडौं, फागुन १८ ।
नयाँ संविधानमा केन्द्रमा दुई सदनात्मक व्यवस्थालाई समेट्न सहमति जुटेको छ । संविधानका विवाद समाधानका लागि संवैधानिक समितिअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित उपसमितिमा पहिलो छलफलबाटै केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था नयाँ संविधानमा राख्ने सहमति जुटाएको हो ।

बिस्तृत समाचार .....

सार्कका नवनियुक्त महासचिवद्वारा काम सुरु

टाइम्स संवाददाता
काठमाडौं, फागुन १७ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव फातिमाथ धियाना सहिदले मंगलबारदेखि आफ्नो कार्यभार सह्मालेकी छिन् ।

बिस्तृत समाचार .....

आज सेना दिवस

काठमाडौं, फागुन १८ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ बुधबार आफ्नो स्थापना दिवस मनाउँदै छ ।

बिस्तृत समाचार .....

लिबियाबाट नेपालीलाई सरकारी खर्चमा ल्याइने

टाइम्स संवाददाता
काठमाडौं, फागुन १७ ।
सरकारले लिबियामा अलपत्र परेका सबै नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काउने निर्णय गरेको छ ।

बिस्तृत समाचार .....

माओवादीलाई सरकारमा लैजान फेरि अर्को सहमति

शान्ति प्रक्रियाको खाका तयार भएपछि माओवादीले गृह पाउने
सरोज अधिकारी
काठमाडौं, फागुन १७ ।
सातबुँदे सहमति कार्यान्वयन नगरेसम्म सरकारमा नजाने अडान राख्दै आएको एकीकृत नेकपा माओवादी फेरि अर्को उधारो सहमति गरेर सरकारमा सहभागी हुने भएको छ । सातबुँदे सहमति कार्यान्वयनमा सहमति नबन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालसँग अर्को गोप्य सम्झौता गरेर माओवादी अन्तत: सरकारमा जाने भएको हो ।

बिस्तृत समाचार .....

आन्दोलन गर्ने चेतावनी

टाइम्स संवाददाता
काठमाडौं, फागुन १७ ।
नयाँ संविधान लागू नभएसम्म संविधानसभा विघटन हुन नसक्ने सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भएको बताउँदै जनमोर्चा नेपालले फैसलाको विरोधमा देशव्यापी आन्दोलन गर्ने बताएको छ ।

बिस्तृत समाचार .....

भारतीय राजदूतद्वारा कांग्रेस सभापतिसँग भेट

सुदलाई कालो झण्डा देखाएकोमा कांग्रेसको आपत्ति
टाइम्स संवाददाता
काठमाडौं, फागुन १७ ।
नेपालका लागि भारतीय राजदूत राकेश सुदले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था र कांग्रेसको धारणाका बारेमा जानकारी लिएका छन् ।

बिस्तृत समाचार .....

लिबियाबाट नेपालीको उद्धार गर्न माग

टाइम्स संवाददाता
काठमाडौं, फागुन १६ ।
सभासद्हरूले लिबियासहित मध्यपूर्वका विभिन्न देशमा जोखिमपूर्ण अवस्थामा रहेका नेपाली कामदारहरूको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार व्यवस्थापिका संसद्को बैठकमा शून्य तथा विशेष समयमा बोल्दै विभिन्न दलका सभासद्हरूले लिबियामा भएको राजनीतिक तनावको मारमा परेका नेपालीहरूको शीघ्र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बिस्तृत समाचार .....

नेपालका यूवा समूहबारे कार्टर सेन्टरको प्रतिवेदन सार्वजनिक

टाइम्स संवाददाता

काठमाडौं, फागुन १६ ।
अमेरिकी गैरसरकारी संस्था कार्टर सेन्टरले नेपालमा विभिन्न राजनीतिक दलहरूसँग सम्बद्ध युवा समूहहरूबीचको झडपमा कमी आएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । सेन्टरले सोमबार नेपालका युवा समूहहरूको गतिविधिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विगतमा हुने गरेका जस्ता झडपमा कमी आएको जनाएको हो ।

बिस्तृत समाचार .....

सरकारले पूर्णता पाउँछ : दाहाल

टाइम्स संवाददाता
काठमाडौं, फागुन १६ ।
माओवादी–एमाले छलफल सकारात्मक हुन नसके पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक/दुई दिनमै सरकारले पूर्णता पाउने दाबी गरेका छन् । सरकारलाई पूर्णता दिनबाट वञ्चित गराउन अनेकौं षड्यन्त्र भएको उनले बताए । पुनर्गठित नेकपा मशालसँगको पार्टी एकीकरण कार्यक्रममा सोमबार दाहालले माओवादीले अर्को दरिलो निर्णय लिने तयारी गरिरहेको बताए ।

बिस्तृत समाचार .....

संवैधानिक उपसमिति संयोजकमा दाहाल

नौ सहयोगी सदस्य थप
टाइम्स संवाददाता
काठमाडौं, फागुन १६ ।
संवैधानिक समितिअन्तर्गतको उपसमितिले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक चयन गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकले आफ्नो कार्यविधिसमेत पारित गरेको छ । उपसमितिमा प्रमुख तीन दलका दुई–दुईजनासहित ९ जना सहयोगी सदस्य चयन गरिएको छ ।

बिस्तृत समाचार .....

'सर्वोच्चको फैसला क्षेत्राधिकार विपरीत'

सरोज अधिकारी    
काठमाडौं, फागुन १५ ।
सर्वोच्च अदालतले संविधानसभाबाट संविधान जारी नभएसम्म संविधानसभाको म्याद नसकिने भनेर गरेको फैसलाको कानुन व्यवसायीहरूले विरोध गरेका छन् । उनीहरूले सर्वोच्चले आफ्नो अधिकार क्षेत्र नाघेर त्यस्तो फैसला गरेको आरोप लगाउँदै जुन विषयमा रिट पर्छ त्यसमा मात्र अदालतले निर्णय सुनाउनुपर्ने बताए । उनीहरूले संविधानसभाको म्यादका विषयमा सर्वोच्चले अनावश्यक निर्णय पनि गरेको बताएका छन् । कतिपय कानुनव्यवसायीहरूले फैसलामा संलग्न न्यायाधीशहरू नै पश्चात्ताप गरिरहेको दाबी गरेका छन् ।

बिस्तृत समाचार .....

कंसाकार जेल चलान

टाइम्स संवाददाता
काठमाडौं, फागुन १५ ।
विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले मागेको धरौटी बुझाउन नसकेपछि नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंशाकार जेल चलान भएका छन् । थुनछेक बहसको क्रममा विशेष अदालतले कंसाकारसँग ६ करोड रुपैयाँ धरौटी राख्न आदेश दिएको थियो ।

बिस्तृत समाचार .....

उद्योगलाई ब्यारेक बनाउने दाहालको चेतावनी

टाइम्स संवाददाता
काठमाडौं, फागुन १५ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सबै उद्योग र कलकारखनालाई ब्यारेक बनाउने चेतावनी दिएका छन् । माओवादीको सहिद सप्ताहका अवसरमा गणतान्त्रिक सम्पर्क जिल्ला संठगन समितिले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले मुलुकलाई प्रतिक्रान्तिकारीहरूले पुरानै अवस्थामा फर्काउन प्रयास गरे सबै उद्योग कलकारखनालाई ब्यारेकमा परिणत गर्ने बताए ।

बिस्तृत समाचार .....

माओवादीसँग निर्णायक वार्ताको तयारीमा एमाले

गृह नदिने अडान यथावत्
टाइम्स संवाददाता
काठमाडौं, फागुन १५ ।
एमालेले सत्ता गठबन्धनको प्रमुख घटक एकीकृत नेकपा माओवादीसँग मन्त्रिपरिषद् विस्तारका विषयमा मंगलबारसम्ममा निर्णायक वार्ता गर्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि माओवादीसँग पटक–पटकका भएका गोप्य र बृहत् छलफलबाट पनि सहमति बन्न नसकेपछि एमाले निर्णायक वार्ताको तयारीमा लागेको हो ।

बिस्तृत समाचार .....

राष्ट्रपति स्वदेश फिर्ता

टाइम्स संवाददाता
काठमाडौं, फागुन १५ ।
राष्ट्रपति डा. रामवण यादव कुवेतको तीनदिवसीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका छन् । राष्ट्रपति डा. यादव कुबेतका अमिर शेख सवा अल अहमद अल जवर अल सवाहको विशेष निमन्त्रणामा फागुन १३ गते कुबेतको राजकीय भ्रमणका लागि गएका थिए ।

बिस्तृत समाचार .....

उपसमितिको संयोजक चयन भएन

टाइम्स संवाददाता
काठमाडौं, फागुन १५ ।
संविधानका विवादित विषय टुंग्याउन संवैधानिक समितिअन्तर्गत गठित प्रमुख दलका शीर्ष नेता सम्मिलित उपसमितिको पहिलो बैठकले संयोजक चयन गर्न सकेन । आइतबार सिंहदरबारमा बसेको उपसमितिको बैठकमा सदस्य रामचन्द्र पौडेल अनुपस्थित भएपछि संयोजक चयन हुन नसकेको हो ।

बिस्तृत समाचार .....

सात बुँदेले एक्लिए प्रधानमन्त्री

माओवादी सरकारमा नजाने नै भयो
सरोज अधिकारी
काठमाडौं, फागुन १४ ।
एकीकृत नेकपा माओवादीले तत्काल सरकारमा नजाने निर्णय यथावत् राखेको छ । एमाले अध्यक्ष झलनाथ खनालाई प्रधानमन्त्री पदमा गर्ने क्रममा भएको सातबुँदे सहमतिको कार्यान्वयनमा एमालेले दृढ नभएको ठहर गर्दै माओवादीले यथास्थितिमा सरकारमा नजाने निर्णय कायमै राखेको हो । माओवादीले आलोपालो गरेर सरकारको नेतृत्व गर्ने र लडाकूको छुट्टै फोर्स बनाउने सहमति कार्यान्वयनमा एमालेले प्रतिबद्धता नजनाएसम्म सरकारमा नजाने प्रष्ट पारेको छ ।

बिस्तृत समाचार .....

माओवादीमा अनुशासन आयोग

टाइम्स संवाददाता
काठमाडौं, फागुन १३ ।
एकीकृत माओवादीले पनि पार्टी अनुशासन आयोग गठन गरेको छ । यसअघि पार्टी हेडक्वार्टरलाई नै अनुशासनको कारबाही गर्ने अधिकार रहेको थियो । बहुपदीय पद्धतिमा गएपछि माओवादीले अनुशासन आयोग गठन गरेको हो । पार्टीमा पछिल्लो समयमा अनुशासनहीनता बढ्दै गएको भन्ने आवाज उठिरहेको छ ।

बिस्तृत समाचार .....

विवाद मिलाउन शीर्ष नेताको समिति

फागुन मसान्तसम्म म्याद 
टाइम्स संवाददाता
काठमाडौं, फागुन १३ ।
संविधान निर्माणका क्रममा देखिएका असहमतिहरूमा सहमति खोज्न प्रमुख तीन दलका शीर्ष नेता सहभागी रहेको उपसमिति गठन भएको छ । माओवादी, कांग्रेस र एमालेका एक/एक र अन्य साना तथा मधेसी दलका दुईजना गरी पाँच सदस्यीय उपसमितिमा प्रमुख तीनै दलका प्रमुख नेता सदस्य रहेका छन् ।

बिस्तृत समाचार .....

राष्ट्रपति यादव कुबेतमा

टाइम्स संवाददाता
काठमाडौं, फागुन १४ ।
कुबेतको स्वतन्त्रता दिवसको विशेष कार्यक्रमा सहभागी हुन राष्ट्रपति डा. रामवरण यादव शुक्रबार कुबेत पुगेका छन् । कुबेती अमिर शेख सवा चतुर्थ अल अहमद अल जवर अल सवालको निमन्त्रणामा राष्ट्रपति कुबेत गएका हुन् । राष्ट्रपति यादवका लागि कुबेतका अमिरले विशेष विमान पठाएका थिए ।

बिस्तृत समाचार .....

माओवादीद्वारा राज्य पुनर्संरचना आयोग अस्वीकार

उपसमिति गठनको तयारी
टाइम्स संवाददाता
काठमाडौं, फागुन १३ ।
एकीकृत नेकपा माओवादीले राज्य पुनर्संरचना आयोग गठन गर्न पुनः अस्वीकार गरेको छ । झन्डै एक वर्षअघि राज्य पुनर्संचना समितिको सिफारिससमेतका आधारमा राज्य पुनर्संरचना गर्न सहमत भएको माओवादीले बिहीबारको संवैधानिक समितिको बैठकमा आयोग गठन नगर्ने बताएको हो ।

बिस्तृत समाचार .....

'निर्धारित समयमै संविधान बन्छ'

टाइम्स संवाददाता
काभ्रे, फागुन १२ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले निर्धारित समयमै नयाँ संविधान जारी हुने बताएका छन् ।

बिस्तृत समाचार .....

भ्रष्टाचारविरुद्धको महासन्धि अनुमोदन

टाइम्स संवाददाता
काठमाडौं, फागुन १२ ।
संगठित अपराध नियन्त्रणसम्बन्धी भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनसीएसी) व्यवस्थापिका संसद्ले अनुमोदन गरेको छ । नेपालले हस्ताक्षर गरेको सात वर्षपछि बिहीबार व्यवस्थापिका संसद्ले महासन्धि अनुमोदन गरेको हो ।

बिस्तृत समाचार .....

लिबियाबाट केही नेपाली कायरो सारिए

उद्धारका लागि परिवारको आग्रह
टाइम्स संवाददाता
काठमाडौं, फागुन १३ ।
सरकारले लिबियामा जारी आन्दोलनका कारण अलपत्र परेका नेपाली नागरिकको उद्धार थालेको छ । आन्दोलनबाट सर्वाधिक प्रभावित दर्ना क्षेत्रबाट ५ सय ६२ जनालाई इजिप्टको सीमा क्षेत्र ‘वेष्टर्न डेजर्ट’ ल्याइएको जनाइएको छ । उद्धार गरिएकालाई खानपान, आवास र सुरक्षाको व्यवस्था गर्न इजिप्ट सरकारका अधिकारीहरूसँग अनुरोध गरिएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले जानकारी दिए । इजिप्टको कायरोस्थित नेपाली दूतावासका प्रथम सचिव तीर्थराज अर्याल उद्धार एवं समन्वयमा खटिएको उनले जानकारी दिए ।

बिस्तृत समाचार .....

राष्ट्रसंघ सभाध्यक्षका लागि आज निर्वाचन

टाइम्स संवाददाता
काठमाडौं, फागुन १३ ।
आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको ६६ औं महासभाको अध्यक्षताबारे नेपाल र कतारबीच सहमति हुन नसकेपछि शुक्रबार निर्वाचन हुने भएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा एसियाली राष्ट्रका ५३ देशहरूले मतदान गर्ने छन् । नेपालका तर्फबाट कुलचन्द्र गौतम र कतारका तर्फबाट नसिर अब्दुल्लाजिज अल नसिरले उम्मेदवार छन् ।

बिस्तृत समाचार .....

शोक प्रस्ताव पारित

टाइम्स संवाददाता
काठमाडौं, फागुन ११ ।
एकीकृत नेकपा माओवादीका सभासद् गौरीशंकर खड्काको निधनका कारण बुधबारको संसद् बैठकमा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सभासद् खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसद्को बैठक स्थगित भएको हो ।

बिस्तृत समाचार .....

लिवियामा नेपाली कामदारको सुरक्षामा सरकारी चासो

७ सयलाई कायरो सारिने
टाइम्स संवाददाता
काठमाडौं, फागुन १२ ।
लिवियामा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले त्यहाँ रहेका नेपाली कामदारको सुरक्षाको व्यवस्था मिलाउने तयारी गरेको छ । लिवियामा रहेका नेपालीको अवस्था अध्ययन गरी उनीहरूलाई वैकल्पिक व्यवस्था मिलाउन सरकारले बुधबार एक टोली गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा टोली गठन गर्ने निर्णय गरेको हो ।

बिस्तृत समाचार .....

फेरि कार्यदल गठनको तयारी

टाइम्स संवाददाता
काठमाडौं, फागुन ११ ।
संविधान निर्माणमा प्रमुख दलका नेताहरू गम्भीर नबनेको आरोप लागिरहेका बेला विवादित बुँदामा सहमति खोज्न प्रमुख नेताहरू रहेको कार्यदल फेरि बन्ने भएको छ । कार्यदलले संविधान निर्माणका क्रममा देखिएका ७८ वटा असहमतिका बुँदामा सहमतिको प्रयास गर्नेछ । सकभर संविधानसभामा विवादहीन बनाएर मात्र मस्यौदा लाने अभिप्रायका साथ प्रमुख दल एकीकृत माओवादी, नेपाली कांग्रेस र एमाले यस्तो सहमतिमा पुगेका हुन् ।

बिस्तृत समाचार .....

एमालेको निर्णयप्रति माओवादी असन्तुष्ट

सरकारमा जाने सम्भावना कम, आज स्थायी समिति बैठक
सरोज अधिकारी
काठमाडौं, फागुन १२ ।
एकीकृत नेकपा माओवादीले एमाले केन्द्रीय समितिद्वारा सातबुँदे सहमतिका विषयमा गरेको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएको छ । माओवादीले सहमतिको मर्म र भावनाविपरीत हुने गरी एमाले केन्द्रीय समितिले निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको हो ।

बिस्तृत समाचार .....

'नेपाली माओवादीबाट भारतमा सुरक्षा चुनौति'

टाइम्स संवाददाता
काठमाडौं, फागुन ११ ।
भारतको हिमाञ्चल प्रदेशमा शरणार्थीको रूपमा बस्दै आएका नेपाली माओवादीहरूले भारतमा सञ्जाल विस्तार गरेर सुरक्षा चुनौति दिएको भारतले दाबी गरेको छ । भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले बुधबार यस्तो दाबी प्रकाशित गरेको हो ।

बिस्तृत समाचार .....

सातबुँदे खारेज गर्न कांग्रेसको माग

टाइम्स संवाददाता
नेपालगञ्ज, फागुन ९ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सातबुँदे सहमति खारेज नभएसम्म अब ती दलसँग वार्तासमेत नगर्ने बताएका छन् । उनले सातबुँदे सहमतिले मुलुकलाई गम्भीर खाडलमा फसाउँछ भन्दै तत्काल सहमति खारेज गरी नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताए । उनले माओवादी र एमाले अध्यक्ष अधिनायकवाद लाद्न तम्सिएको आरोप लगाउँदै त्यस्तो सपना नदेख्न चेतावनीसमेत दिए ।

बिस्तृत समाचार .....

परिमार्जनप्रति माओवादी असन्तुष्ट

गृह छाड्ने प्रस्ताव अस्वीकार
टाइम्स संवाददाता
काठमाडौं, फागुन ९ ।
सातबुँदे सहमतिमा एमाले पोलिटब्युरो बैठकले गरेको परिमार्जन माओवादीले अस्वीकार गर्ने भएको छ । माओवादीले सातबुँदेमा अक्षरश: कार्यान्वयन हुने अवस्था नआए सरकारमा नजाने चेतावनीसमेत दिएको छ ।

बिस्तृत समाचार .....

सबैले अडान त्यागौं : सभामुख

टाइम्स संवाददाता
काठमाडौं, फागुन ९ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा आफ्ना अडानहरू त्याग्दै सहमति खोज्न दलहरूलाई आग्रह गरेका छन् । हरेक दलले आफ्ना सबै विचार संविधानमा राख्नैपर्छ भन्ने अडान नत्यागेसम्म संविधान निर्माणको काम अघि बढ्न नसक्ने सभामुखले बताए । नेपाल आदिवासी जनजाति महासंघले सोमबार राजधानीमा गरेको कार्यक्रममा सभामुख नेम्वाङले दलहरूले आ–आफ्ना अडान त्यागे मात्र समयमा नै संविधान निर्माण हुने बताए ।

बिस्तृत समाचार .....

राष्ट्रपति शासनको खतरा : डा. भट्टराई

टाइम्स संवाददाता
काठमाडौं, फागुन ९ ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले केही दलहरू समयमै संविधान निर्माण नगर्ने र पुरानै संविधान ब्युँताउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले केही दल राष्ट्रपति वा सेनालाई अघि सारेर निरंकुश शासन सुरु गर्ने तयारीमा रहेको बताए । उनले ती दलहरू कुन कुन हुन् भन्ने केही खुलाएनन् ।

बिस्तृत समाचार .....

सातबुँदे सहमतिमा व्यापक परिमार्जन

सरोज अधिकारी
काठमाडौं, फागुन ९ ।
नेकपा एमालेको पोलिटब्युरो बैठकले प्रधानमन्त्री निर्वाचनका क्रममा अध्यक्ष झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको सातबुँदे सहमति परिमार्जनसहित पारित गरेको छ । सातबुँदे सहमतिको मूल मर्म ‘शान्ति प्रक्रियाको पूर्णता र लोकतान्त्रिक संविधान निर्माण’ भएको ठहर गर्दै पोलिटब्युरोले संशोधित प्रस्ताव अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको छ । केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ ।

बिस्तृत समाचार .....

सातबुँदेबारे एमाले युवा नेतामा मतभेद

टाइम्स संवाददाता
काठमाडौं,  फागुन ८ ।
प्रधानमन्त्रीको निर्वाचन अघि एमालेका अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सातबुँदे सहमतिको कार्यान्वयनका विषयमा एमालेका युवा नेताहरूमा मतभेद रहेको छ ।

बिस्तृत समाचार .....

फोरम सरकारमा नजाने

टाइम्स संवाददाता
काठमाडौं, फागुन ९ ।
मधेसी जनअधिकार फोरम नेपाल वर्तमान सकारमा नजाने भएको छ । प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारले मधेसका एजेन्डालाई प्राथमिकता नदिएको निष्कर्ष निकाल्दै फोरमले यस्तो निर्णय गरेको हो ।

बिस्तृत समाचार .....

संवैधानिक समितिद्वारा शीर्ष नेताहरूलाई निम्तो

टाइम्स संवाददाता
काठमाडौं, फागुन ९ ।
संविधानसभाको संवैधानिक समितिले नयाँ संविधान निर्माणका क्रममा देखिएका विवाद समाधान गर्न शीर्ष नेताहरूसँग छलफल गर्नेभएको छ । समितिले प्रमुख दलका शीर्ष नेताहरू बैठकमा अनुपस्थित हुने गरेकाले ठोस निर्णय गर्न नसकेको ठहर गर्दै प्रमुख नेताहरूलाई बोलाएर छलफल गर्न लागेको हो ।

बिस्तृत समाचार .....

माओवादीले सरकार ढल्न दिँदैन : दाहाल

टाइम्स संवाददाता
विराटनगर, फागुन ८ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार ढाल्न एमाले भित्रैबाट प्रयास भइरहे पनि आफूहरूले ढल्न नदिने बताएका छन् । उनले सातबुँदे सहमति कार्यान्वयन सुनिश्चित नभएसम्म आफ्नो पार्टी सरकारमा नगए पनि बाहिरैबाट समर्थन गरेर सरकार बचाउने प्रस्ट पारे ।

बिस्तृत समाचार .....

सातबुँदेको भविष्य निर्धारण गर्न एमाले बैठक आज

स्थायी समिति र पोलिटब्युरोमा खनाल अल्पमतमा
दुवै पक्ष केन्द्रीय समितिमा बहुमत जुटाउने कसरतमा
सरोज अधिकारी
काठमाडौं, फागुन ९ ।
प्रधानमन्त्री निर्वाचनका क्रममा एमाले अध्यक्ष झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको सातबुँदे सहमतिको विषयमा निर्णय लिन एमाले पोलिटब्युरो बैठक सोमबार बस्दै छ । सातबुँदे सहमतिका विषयमा एमालेमा चर्को मतभेद भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खनालले दुई हप्ता बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सातबुँदे सहमतिका विषयमा पार्टी स्थायी समितिमा गम्भीर मतभेद भएपछि गत ५ गते बसेको स्थायी समिति बैठकले पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

बिस्तृत समाचार .....

सातबुँदेबारे संसदमा आरोप-प्रत्यारोप

सहमतिको उद्देश्य प्रस्ट पार्न माग
टाइम्स संवाददाता
काठमाडौं, फागुन ८ ।
प्रधानमन्त्री निर्वाचनका क्रममा एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सातबुँदे सहमतिको विषयमा संसद् बैठकमा आरोप–प्रत्यारोप भएको छ । आइतबार व्यवस्थापिका संसद्को बैठकमा विशेष समयमा बोल्ने माओवादी र कांग्रेस नेताहरूबीच आरोप–प्रत्यारोप चलेको हो ।

बिस्तृत समाचार .....

सभासद् खड्काको निधन

टाइम्स संवाददाता
काठमाडौं, फागुन ९ ।
एकीकृत नेकपा माओवादीका सभासद् तथा केन्द्रीय सदस्य गौरीशंकर खड्काको सोमबार बिहान ललितपुरको बिएन्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
लामो समयदेखि हड्डीको क्यान्सरबाट पीडित ४८ वर्षीय खड्का एक महिनाअघि भारतको मुम्बई अस्पतालमा उपचार गराई फर्किएका थिए ।

बिस्तृत समाचार .....

कुर्सीका लागि सातबुँदे सहमति : ओली

टाइम्स संवाददाता
काठमाडौं, फागुन ७ ।
एमाले स्थायी समिति सदस्य केपी ओलीले आफ्ना पातर्टी अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सातबुँदे सहमति मुलुकको नभई व्यक्तिको हितका लागि गरिएको बताएका छन् । खनालले मुलुकलाई निकास दिन नभई कुर्सीका लागि सातबुँदे सहमति गरेको ओलीको भनाइ छ । उनले सातबुँदे सहमतिमा झुक्याएर दाहालले खनाललाई प्रधानमन्त्री बनाएको बताए । 

बिस्तृत समाचार .....

पूर्वाग्रह र असमझदारी अन्त्य गर्न प्रधानमन्त्रीको आग्रह

टाइम्स संवाददाता
काठमाडौं, फागुन ७ ।
प्रधानमन्त्री झलनाथ खनालले सबैखाले आग्रह, पूर्वाग्रह र असमझदारीलाई अन्त्य गर्दै संक्रमणकालीन अवस्थाको निकास दिनुपर्ने बताएका छन् ।

बिस्तृत समाचार .....

एमालेमा दुई पक्षको आफ्नै तयारी

टाइम्स संवाददाता
काठमाडौं, फागुन ७ ।
सातबुँदे सहमति र गृह मन्त्रालयको विषयलाई लिएर एमालेभित्र आन्तरिक विवाद बढ्दै गएको छ । एमालेका प्रभावशाली नेता केपी ओली अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारका विपक्षमा लागेपछि सोमबार बस्ने पोलिब्यूरो र मंगलबार बस्ने केन्द्रीय कमिटीमा दुई पक्षका नेताहरूबीच चर्को आरोप–प्रत्यारोपको संभावना देखिएको छ ।

बिस्तृत समाचार .....

देशभर कांग्रेसको आमसभा

सरकारसँग वार्ता पनि हुँदैन : कोइराला
टाइम्स संवाददाता
काठमाडौं, फागुन ७ ।
६१ औं प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसले शनिबार देशैभर आमसभा गरेको छ । केन्द्रीय नेताहरू सहभागी आमसभा प्रजातन्त्र दिवससँगै जारी राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत रहेको कांग्रेसले जनाएको छ । माओवादी र एमालेबीचको सातबुँदे सहमतिपछि प्रधानमन्त्री पदमा पराजित कांग्रेसले मुलुकभर सातबुँदे सहमतिको खुलेरै आलोचना गर्‍यो ।

बिस्तृत समाचार .....

आज प्रजातन्त्र दिवस

काठमाडौं, फागुन ७ । ६१ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस उपलक्ष्यमा आज बिहान सूर्योदयका साथ नेपाली सेनाद्वारा भीमसेनस्तम्भ (धरहरा) बाट बिगुल बजाउनका साथै तोप र बन्दुकबाट बढाइँ गरिएको छ ।

बिस्तृत समाचार .....

राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं, फागुन ७ । राष्ट्रपति डा. रामवरण यादवले प्रजातन्त्र दिवस २०६७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

बिस्तृत समाचार .....

देशवासीका सामु प्रधानमन्त्रीको मलिन अनुहार

नारायण अर्याल
काठमाडौं, फागुन ६ ।
सामान्यतयाः नयाँ सरकार बनेपछि कार्यकारी प्रधानमन्त्रीले देशका नाममा सम्बोधन गर्नु परम्परा नै बसिसकेको छ । आफू नेतृत्वको सरकारले देश र जनताका लागि गर्ने कामको पहिलो फेहरिस्त पस्किने अवसरका रूपमा समेत प्रधानमन्त्रीको सम्बोधनलाई लिइन्छ । सोही अनुसार प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय योजना आयोगको हलबाट शुक्रबार देशवासीका नाममा सम्बोधन गरे ।

बिस्तृत समाचार .....

भट्टराईको स्वास्थ्यमा सुधार

टाइम्स संवाददाता
काठमाडौं, फागुन ६ ।
शरीर सुन्निने र छातीमा असजिलो हुने भएपछि दुई दिनअघि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्यमा सुधार आएको छ ।

बिस्तृत समाचार .....

प्रधानमन्त्रीद्वारा देशवासीलाई सम्बोधन

प्रधानमन्त्री झलनाथ खनालले माओवादीसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

बिस्तृत समाचार .....

माओवादी र एमालेबीच विवाद चर्कंदो

टाइम्स संवाददाता
काठमाडौं, फागुन ६ ।
सात बुँदे सहमति र मन्त्रालय बाँडफाँडको विषयमा सत्ता गठबन्धनका दुई प्रमुख दल एकीकृत नेकपा माओवादी र एमाले अध्यक्ष खनालबीच सहमति भए पनि एमालेका नेताहरू असहमत भएपछि दुई दलको बीचमै विवाद बढ्न थालेको छ । गठबन्धनमा आबद्ध दलका नेताहरू नै एक अर्काप्रति दोषारोपणमा उत्रेका छन् ।

बिस्तृत समाचार .....

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

टाइम्स संवाददाता
काठमाडौं, फागुन ६ ।
गृहमन्त्रालय नपाएसम्म सरकारमा नजाने एकीकृत नेकपा माओवादीको अडान र उसलाई नदिने एमालेको नेपाल–ओली पक्षको जिकिरका कारण मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने भएको छ । प्रधानमन्त्री झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आगामी १० गतेसम्म पर्खन आग्रह गरेका छन् ।

बिस्तृत समाचार .....

फेरि दाहाल-खनाल सहमति

सात बुँदे सहमतिमा सामान्य परिमार्जन गरेको अर्थ लगाउन मिल्ने गरी थप सहमति भएको छ ।

बिस्तृत समाचार .....

शान्ति र संविधान यही सरकारबाट : दाहाल

टाइम्स संवाददाता
काठमाडौं, फागुन ३ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान खनाल नेतृत्वको सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । माओवादी समर्थित ताम्सालिङ मुक्ति मोर्चाले मंगलबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा दाहालले आफूहरूले वर्तमान सरकारलाई नै पूर्णता दिएर शान्ति र संविधान बनाउन चाहेको बताए ।

बिस्तृत समाचार .....

मन्त्रिपरिषद् विस्तारको तयारी

माओवादीले आज टुंगो लगाउने
टाइम्स संवाददाता
काठमाडौं, फागुन ४ ।
सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री झलनाथ खनाल सहमत बनेपछि माओवादीसहितको मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य सुरु भएको छ । मंगलबार माओवादीसँग सात बुँदेका विषयमा सहमति भएपछि प्रधानमन्त्री खनालले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । माओवादीले साथ दिए पनि प्रधामन्त्रीलाई उनकै पार्टीबाट अवरोध हुने भएको छ ।

बिस्तृत समाचार .....

माओवादीले गृह पाउँदैन : पोखरेल

टाइम्स संवाददाता
काठमाडौं, फागुन ३ ।
नेकपा एमालेका सचिव एवं पूर्व सञ्चारमन्त्री शंकर पोखरेलले माओवादीलाई कुनै पनि हालतमा सुरक्षासम्बन्धी मन्त्रालय दिन नसकिने बताएका छन् ।

बिस्तृत समाचार .....

अंगरक्षकद्वारा एसएसपीको हत्या प्रयास

एसएसपी चन्दको सरुवा
काठमाडौं, फागुन १ ।
महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दलाई उनकै अंगरक्षकले शनिबार हत्याको प्रयास गरेका छन् । लामो समयदेखि अंगरक्षक रहेका प्रहरी हवल्दार कर्णबहादुर साउदले एसएसपी चन्दमाथि दुई गोली प्रहार गरेका थिए । गोली लाग्न नपाएकाले अप्रिय घटना भने भएन ।

बिस्तृत समाचार .....

माओवादीलाई गृह नदिन नेपाल-ओली सक्रिय

आफ्नो पक्षका मन्त्रीलाई राजीनामा गराउने 
सरोज अधिकारी
काठमाडौं, फागुन १ ।
माओवादीले गृह मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेपछि एमालेभित्र विवाद चर्किएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष झलनाथ खनाल माओवादीलाई गृह दिएरै भए पनि सरकारमा लाने पक्षमा देखिएका छन् भने पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा नेता केपी ओली माओवादी कुनै हालतमा पनि गृह मन्त्रालय दिन नहुने अडानमा रहेका छन् । प्रधानमन्त्रीले गृह मन्त्रालय माओवादीलाई दिए आफ्ना पक्षबाट मन्त्री बनेकालाई राजीनामा गराउने रणनीतिमा नेपाल–ओली छन् ।

बिस्तृत समाचार .....

सरकारमा माओवादी जान्छ : दाहाल

टाइम्स संवाददाता
काठमाडौं, फागुन १ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी चाँडै सरकारमा सहभागी हुने बताएका छन् । माओवादीले २०५१ सालमा सुरु गरेको जनयुद्धको १६ औं वर्षगाँठको अवसरमा रोल्पाको थवाङमा आइतबार आयोजित कार्यक्रममा दाहालले भने, ‘माओवादीकै भरमा यो सरकार बनेका कारण हामी सरकारमा जाने संभावना छ, दुई–चार दिनमै टुंगो लाग्छ ।’ संविधानसभाबाट संविधान बन्न नदिने षड्यन्त्र भइरहेको भन्दै दाहालले संविधान नबने रोल्पाको थवाङबाटै जनविद्रोहको थालनी गरिने उद्घोष समेत गरे ।

बिस्तृत समाचार .....

१४ दललाई सातबुँदे सहमति अमान्य

संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने
टाइम्स संवाददाता
काठमाडौं, फागुन १ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित १४ दलले माओवादी र एमालेबीच भएको सातबुँदे सहमतिको विरोधमा संसदमा प्रभावकारी ढंगले आवाज उठाउने भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको १४ दलको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।

बिस्तृत समाचार .....

सातबुँदे सहमति कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

टाइम्स संवाददाता
काठमाडौं, फागुन १ ।
प्रधानमन्त्री झलनाथ खनालले एकीकृत माओवादीसँग भएको सातबुँदे सहमति कार्यान्वयनका लागि सरकार तयार रहेको बताएका छन् । सातबुँदे सहमति कार्यान्वयन हुने ठोकुवा गर्दै उनले सरकारमा सहभागी हुन माओवादीलाई आग्रह गरे ।

बिस्तृत समाचार .....

सातबुँदे पालना नभए समर्थन फिर्ता : वैद्य

टाइम्स संवाददाता
काठमाडौं, फागुन १ ।
माओवादी उपाध्यक्ष मोहन वैद्यले सात बुँदे सहमति पालना नभए माओवादी सरकारमा टाँसिएर नबस्ने बताएका छन् । माओवादीको १६ औं जनयुद्ध दिवसको अवसरमा राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उपाध्यक्ष वैद्यले सातबुँदे सहमति कार्यान्वयन नभएसम्म सरकारमा माओवादी नजाने बताए ।

बिस्तृत समाचार .....

प्रहरी कमान्ड सेन्टरको उद्घाटन

अमेरिकी सरकारको सहयोगमा प्रहरी प्रधान कार्यालयमा निर्माण गरिएको कमान्ड सेन्टरको आइतबार उद्घाटन भएको छ ।

बिस्तृत समाचार .....

खनाल-दाहाल भेटवार्ता

टाइम्स संवाददाता
काठमाडौं, फागुन १ ।
संसदको सोमबार बस्ने बैठकमा एकीकृत नेकपा माओवादी प्रतिस्थापन विधेयकको पक्षमा उभिन सहमत भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनालबीच आइतबार बिहान भएको भेटवार्तामा दाहालले यस्तो सहमति जनाएका हुन् । माओवादी नेता देव गुरुङका अनुसार नयाँ बजेट ल्याउने शर्तमा अध्यादेश अनुमोदन गर्न माओवादी सहमत भएको हो ।

बिस्तृत समाचार .....

राष्ट्रसंघको सभाध्यक्षमा नेपाल र कतारको प्रतिस्पर्धा

अशोक दाहाल
काठमाडौं, फागुन १ ।
आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको ६६ औं महासभाको सभाध्यक्षका विषयमा छलफल गर्न कतारका प्रधानमन्त्रीका विशेष दूत नेपाल आउने भएका छन् । महासभाको सभाध्यक्षमा सहमति गर्ने विषयमा छलफल गर्न कतारका प्रधानमन्त्रीका विषेश दूत खालिद विन मोहमम्द अल इतिहास सोमबार नेपाल आउन लागेका हुन् ।

बिस्तृत समाचार .....

एमाले नेताहरु विभाजित

टाइम्स संवाददाता
काठमाडौं, माघ २९ ।
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिन नसकिने बताएका छन् । शनिबार विराटनगरमा क्षेत्रीय बौद्ध धर्मोदयसभाको उद्घाटन गर्दै पूर्वप्रम नेपालले सरकारमा जान गृह मन्त्रालयमा माओवादीले मरिहत्ते गरेकाले उसको नियत ठीक नभएको बताए । माओवादीलाई गृह मन्त्रालय नदिन एमालेले औपचारिक निर्णय गरिसकेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले गृहमा बल नगर्न माओवादीलाई आग्रह गरे ।

बिस्तृत समाचार .....

सरकार विस्तार एकदुई दिनमै : प्रधानमन्त्री

आफू अप्ठ्यारोमा परेको स्वीकार
टाइम्स संवाददाता
काठमाडौं, माघ २९ ।
प्रधानमन्त्री झलनाथ खनालले सरकारले केही दिनभित्र पूर्णता पाउने बताएका छन् । उनले सरकारलाई पूर्णता दिने बारे दलहरूसँग विभिन्न चरणमा छलफल भएको र ती छलफलहरू निकै सकारात्मक रहेको बताएका छन् । उनले घुमाउरो पारामा संसदबाट बजेटसम्बन्धी विधेयक पारित हुनुअगावै मन्त्रिपरिषद् विस्तार हुनेसमेत बताएका छन् ।

बिस्तृत समाचार .....

सरकारले पूर्णता पाउँछ : दाहाल

टाइम्स संवाददाता
काभ्रे, माघ २९ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्‍याउन वर्तमान सरकारमा सामेल हुने बताएका छन् । उनले माओवादीसहितको सहभागितामा केही दिनभित्र सरकारले पूर्णता पाउने पनि बताए ।

बिस्तृत समाचार .....

माओवादी-एमाले सहमतिनजिक

दुवै दल केही लचक 
सरोज अधिकारी
काठमाडौं, माघ २९ ।
माओवादीले सरकारमा नजाने निर्णय गरेको भोलिपल्टै माओवादी र एमालेबीच सहमतिको संकेत देखिएको छ । गृह मन्त्रालय नपाएको र सातबुँदे सहमतिको व्याख्यामा धोका दिएको भन्दै एमालेसँगको सम्बन्धमै पुनर्विचार गर्ने निर्णयमा पुगेको माओवादी फेरि वर्तमान सरकार तत्काल ढाल्न नहुने निष्कर्षमा पुगेको छ ।

बिस्तृत समाचार .....

वकिलले दिउँसै लालटिन बाले

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ ।
निर्धारित समयमा नयाँ संविधान निर्माणका लागि सभासद्हरूलाई दबाब दिन कानुन व्यवसायीहरूले शुक्रबार राजधानीमा दिउँसै लालटिन जुलुस निकालेका छन् ।

बिस्तृत समाचार .....

पूर्वमन्त्री श्रेष्ठ सम्पर्कविहीन

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ ।
पूर्ववर्ती सरकाका मन्त्री एवं एमाले पोलिटब्युरो सदस्य रवीन्द्र श्रेष्ठ पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । श्रेष्ठ माघ २३ गतेदेखि सम्पर्कविहीन भएको भन्दै उनको परिवारले खोजीका लागि पहल गरिदिन आग्रह गरेको छ ।

बिस्तृत समाचार .....

सरकारमा जान फोरमद्वारा वार्ता टोली गठन

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ ।
मधेसी जनअधिकार फोरम नेपालले वर्तमान सरकामा सहभागिताका लागि यसअघिका सम्झौता पूरा गर्नुपर्ने सर्त अघि सारेको छ । शुक्रबार सम्पन्न फोरम केन्द्रीय कमिटीको बैठकले २०६४ साल भदौ र फागुनमा सरकारसँग भएका सम्झौता कार्यान्वयनलगायतका १६ वटा माग पूरा भए मात्र सरकारमा जाने निर्णय गरेको हो ।

बिस्तृत समाचार .....

सरकारमा नजाने कुरा थाहा छैन : प्रधानमन्त्री

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ ।
प्रधानमन्त्री झलनाथ खनालले सरकारमा एकीकृत नेकपा माओवादी नजाने कुरा आफूलाई थाहा नभएको बताएका छन् । उनले आफूलाई माओवादी सरकारमा नआउने जानकारी नभएको भन्दै एक/दुई दिनमै सहभागी हुने दाबी गरे ।

बिस्तृत समाचार .....

माओवादी अघोषित आन्दोलनतिर

सात बुँदेबारे एमालेको आधिकारिक धारणा माग
सरोज अधिकारी
काठमाडौं, माघ २८ ।
एकीकृत माओवादीले प्रधानमन्त्री निर्वाचनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष झलनाथ खनालसँग गरेको सात बुँदे सहमतिबारे आधिकारिक धारणा सार्वजनिक गर्न एमालेसँग माग गरेको छ । माओवादीले एमालेको धारणा प्रष्ट भएपछि मात्र सरकारमा जाने/नजानेबारे निर्णय गर्ने भएको छ ।

बिस्तृत समाचार .....

अख्तियारमा चाँडै नियुक्ति गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ ।
प्रधानमन्त्री झलनाथ खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखलगायतका रिक्त आयुक्त पदमा चाँडै नियुक्ति गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिस्तृत समाचार .....

विद्युत प्राधिकरणमा धर्ना

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ ।
दैनिक १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको परिस्थितीमा लोडसेडिङ अन्त्य गर्नुपर्ने माग गर्दै शुक्रबार रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा धर्ना दिइएको छ ।

बिस्तृत समाचार .....

सरकारमा नजाने माओवादीको निर्णय

समर्थन कायमै रहने
सरोज अधिकारी
काठमाडौं, माघ २७ ।
एकीकृत नेकपा माओवादीले सरकारमा नजाने निर्णय गरेको छ । प्रधानमन्त्री निर्वाचनका क्रममा अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष झलनाथ खनालसँग गरेको गोप्य सात बुँदे सहमति कार्यान्वयन र मन्त्रालयमा बाँडफाँडमा कुरा नमिलेपछि माओवादीले सरकारमा नजाने निर्णय गरेको हो । माओवादीले प्रधानमन्त्री खनाललाई दिएको समर्थन भने कायमै राख्ने भएको छ । 

बिस्तृत समाचार .....

तीन मन्त्रीद्वारा शपथ

माओवादीलाई मानाउने प्रयासस्वरूप विभाग तोकिएन
टाइम्स संवाददाता
काठमाडौं, माघ २७ ।
माओवादीले सरकारमा नजाने निर्णय गरेपछि अन्ततः प्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीका तीनजनालाई मन्त्रिपरिषदमा नियुक्त गरी शपथ गराएका छन् ।

बिस्तृत समाचार .....

सहमतिको जग नभुलौं : माओवादी

टाइम्स संवाददाता
काठमाडौं, माघ २७ ।
बिहीबार संसदमा बोल्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको पूर्णताका लागि एमाले नेतृत्वको सरकारलाई माओवादीले समर्थन गरेकोले सरकारले आफ्नो जग भुल्न नहुने बताए ।

बिस्तृत समाचार .....

लडाकू विशेष समिति मातहत ल्याऊ : कांग्रेस

टाइम्स संवाददाता
काठमाडौं, माघ २७ ।
बिहीबार संसद् बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकारले माओवादी लडाकूलाई विशेष समिति मातहत ल्याउने कार्य तत्काल सुरु गर्नुपर्ने बताए । सरकारलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने भन्दै पौडेलले शिविरमा रहेका लडाकूमाथि विशेष समितिको नियन्त्रण भए नभएको बारे सरकारले छिट्टै जवाफ दिनुपर्ने बताए ।

बिस्तृत समाचार .....

पशुपतिको ढुकुटी नखोल्न सर्वोच्चको आदेश

टाइम्स संवाददाता
काठमाडौं, माघ २७ ।
सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरको ढुकुटी तत्कालका लागि नखोल्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय मोहनप्रकाश सिटौला र सुशीला कार्कीको संयुक्त इजलासले बिहीबार मुद्दाको अन्तिम फैसला नहुञ्जेलसम्मका लागि मन्दिरको ढुकुटी नखोल्न अन्तरिम आदेश जारी गरेको हो ।

बिस्तृत समाचार .....

चार अध्यादेश प्रस्तुत

टाइम्स संवाददाता
काठमाडौं, माघ २७ ।
सरकारले पूर्ववर्ती सरकारले ल्याएका चारवटा अध्यादेश अनुमोदनका लागि संसदमा प्रस्तुत गरेको छ । संसदमा बजेट प्रस्तुत हुन नसकेपछि गत मंसिर ३ गते सरकारले ल्याएका आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र ऋण तथा जमानत अठारौं संशोधन अध्यादेश संसदमा पेश गरिएको हो ।

बिस्तृत समाचार .....

पृथ्वीनारायणको सालिक नुवाकोटमा

नुवाकोट (त्रिशूली), माघ २७ । सात तले दरबार संग्रहालयका लागि पृथ्वीनारायण शाहको २ सय ४० वर्ष पुरानो मानिएको सालिक नुवाकोट ल्याइएको छ ।

बिस्तृत समाचार .....

शान्ति र संविधान सरकारको प्राथमिकतामा

विकास निर्माण र सहरी व्यवस्थापनमा विशेष कार्यक्रम
टाइम्स संवाददाता
काठमाडौं, माघ २७
। सरकारले संविधान निर्माण र लडाकू समायोजनका साथै र मुलुकका सामाजिक समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको बताएको छ । व्यवस्थापिका संसद्को बैठकलाई बिहीबार पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रियाको कार्यान्वयन र संविधान निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।

बिस्तृत समाचार .....

सरकारमा सहभागी हुन आग्रह

टाइम्स संवाददाता
काठमाडौं, माघ २७ ।
प्रधानमन्त्री झलनाथ खनालले सरकारमा सामेल भएर राष्ट्रिय सहमतिको स्वरूप प्रदान गर्न कांग्रेस, मधेसवादीलगायतका दलहरूसँग आह्वान गरेका छन् ।

बिस्तृत समाचार .....

सबै दललाई सरकारमा आउन मन्त्रिपरिषदको आह्वान

फागुनको पहिलो साता बजेट ल्याउने तयारी
टाइम्स संवाददाता
काठमाडौं, माघ २७ ।
प्रधानमन्त्री बनाउने  दल माओवादीले सरकारमा सहभागी नहुने निर्णय गरेकै दिन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारले सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेको छ । सबै दलबीच सहमति र सहकार्य नभएसम्म शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णता दिन नसक्ने भन्दै सरकारले सबैलाई सरकारसँग हातेमालो गरेर अगाडि बढ्न आग्रह गरेको हो । त्यसका लागि सरकार पनि खुला हृदयबाट अघि बढ्न तयार रहको जनाइएको छ ।

बिस्तृत समाचार .....

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो

टाइम्स संवाददाता
काठमाडौं, माघ २३ ।
कार्यभार ग्रहण गरेकै दिन प्रधानमन्त्री झलनाथ खनाललाई भारत भ्रमणको निम्तो आएको छ ।

बिस्तृत समाचार .....

भागबण्डा नमिल्दा मन्त्री नियुक्त भएनन्

गृहमन्त्रालय नपाए सरकारमा नजाने माओवादीको धम्की
टाइम्स संवाददाता
काठमाडौं, माघ २३ ।
नयाँ सरकारमा मन्त्रालयको भागबन्डा नमिलेपछि आइतबार गठन हुने भनिएको सानो मन्त्रिमण्डल बनन सकेन । माओवादीले दाबी गर्दै आएको गृह मन्त्रालयमा एमालेले आफ्ना नेताको नाम पठाएपछि माओवादी र एमालेबीच मन्त्रालय बाँडफाँडमा खटपट भएको हो । रोजेको मन्त्रालय नपाएको भन्दै माओवादी असन्तुष्ट भएपछि प्रधानमन्त्री झलनाथ खनाललाई पहिलो गासमै ढुंगा लागेको छ ।

बिस्तृत समाचार .....

शपथ ग्रहण समारोहका रोचक दृश्य

टाइम्स संवाददाता
काठमाडौं, माघ २३ ।
नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई एमालेकै केपी ओली पक्षले असहयोग गर्ने चर्चा चलिरहेका बेला ओलीले भने खनालसँग अंकमाल गरेर र्समर्थनको संकेत गरेका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री खनालको शपथग्रहणपछि ओलीले खनाललाई अंकमाल गरे ।

बिस्तृत समाचार .....

धम्कीपछि पत्रकारहरू विस्थापित

मोरङ, माघ २४ । समाचारको विषयलाई लिएर ज्यानमार्ने धम्की आएपछि मोरङको पथरीबाट दुईजना पत्रकार विस्थापित भएका छन् ।

बिस्तृत समाचार .....

सेनाको प्रस्ताव फेरि फिर्ता

सैनिक नियमावली अलपत्र
नारायण अर्याल
काठमाडौं, माघ २३ ।
सैन्य भर्ना र आन्तरिक कामकारबाहीका विषयमा सैनिक मुख्यालयले रक्षामन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएको प्रस्ताव फेरि फिर्ता भएको छ । सेनामा सामूहिक प्रवेशको विषयमा मन्त्रिपरिषदमा किचलो भएपछि सैनिक मुख्यालयको प्रस्ताव दोस्रोपटक फिर्ता भएको हो ।

बिस्तृत समाचार .....

कांग्रेस प्रतिपक्षमा बस्ने

खनाल-दाहाल सहमतिको भण्डाफोर गर्ने
सरोज अधिकारी
काठमाडौं, माघ २३ ।
नेपाली कांग्रेसले एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी नहुने प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । माघ २१ गते भएको प्रधानमन्त्री निर्वाचनमा पराजय बेहोरेको कांग्रेसले माओवादी र एमाले गठबन्धनमा बनेको सरकारमा नजाने निर्णय गरेको हो ।

बिस्तृत समाचार .....

नेपाल आज बालुवाटार छाड्दै

टाइम्स संवाददाता
काठमाडौं, माघ २३ ।
निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार सरकारी निवास बालुवाटार खाली गरिदिने भएका छन् । उनले कोटेश्वर स्थित आफ्नो निवासमा सर्ने साइत भने शनिबार नै गरेका छन् ।

बिस्तृत समाचार .....

मन्त्रालय भागबण्डाका लागि कार्यदल

आजै मन्त्रिमण्डल गठनको तयारी
टाइम्स संवाददाता
काठमाडौं, माघ २३ ।
नयाँ सरकारको स्वरूप, मन्त्रालय बाँडफाँड र सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न एकीकृत नेकपा माओवादी र नेकपा एमालेले आठ सदस्यीय कार्यदल गठन गरेका छन् ।

बिस्तृत समाचार .....

कांग्रेस केन्द्रीय समिति बैठक आज

सरकारमा नजाने निर्णय लिइने
टाइम्स संवाददाता
काठमाडौं, माघ २३ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार बनेका संसदीय दलका नेता रामचन्द्र पौडेल पराजित भएपछि भावी रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बिस्तृत समाचार .....

हारेकालाई मन्त्री नबनाउने खनालको वचन

टाइम्स संवाददाता
काठमाडौं, माघ २२ ।
नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले आगामी मन्त्रिपरिषदमा संविधानसभा निर्वाचनमा विजयी भएका र योग्य व्यक्तिहरूलाई मात्र मन्त्री बनाउने बताएका छन् । उनले विगतमा चुनाव हारेकाहरूलाई मन्त्री बनाउँदा निकै आलोचना खेप्नुपरेको भन्दै आफू चुनाव हारेका र असक्षम व्यक्तिलाई मन्त्री बनाउने पक्षमा नरहेको बताए ।

बिस्तृत समाचार .....

राष्ट्रपति स्वदेश फिर्ता

टाइम्स संवाददाता
काठमाडौं, माघ २२ ।
राष्ट्रपति डा. रामवरण यादव भारतको दशदिवसीय मैत्रीभ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् । धार्मिक तथा राजनीतिक भ्रमणका लागि माघ १३ गते कोलकाता प्रस्थान गरेका राष्ट्रपति डा. यादव शनिबार अपराहृन स्वदेश फर्किएका हुन् ।

बिस्तृत समाचार .....

मन्त्री छान्ने विषयमा विवाद

टाइम्स संवाददाता
काठमाडौं, माघ २२ ।
एकीकृत माओवादीले सरकारमा जाने मन्त्रीहरू चयन गर्न शनिबार डाकेको पदाधिकारी बैठक निष्कर्षहीन बनेको छ । कसको नेतृत्वमा सरकारमा सहभागी बन्ने भन्ने विषयमा नेताहरूबीच विवाद भएपछि बैठकले व्यक्तिको टुंगो लगाउन नसकेको हो ।

बिस्तृत समाचार .....

'शान्ति र संविधान सरकारको प्राथमिकता'

सबै दललाई सरकारमा आउन आग्रह
टाइम्स संवाददाता
काठमाडौं, माघ २१ ।
नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया टुंगो लगाउनु र नयाँ संविधान निर्माण गर्नु आफ्नो सरकारको प्राथमिकता हुने बताएका छन् । उनले शिविरमा रहेका माओवादी लडाकूको समायोजन र पुनर्स्थापना चाँडै थालिने बताए । शुक्रबार एमाले पार्टी कार्यालय बल्खुमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भने, ‘शान्ति र संविधान मेरो प्राथमिकता हो, जहाँबाट सम्भव हुन्छ त्यहाँबाट काम थाल्छु, माओवादी लडाकूको समायोजन र पुनस्र्थापना प्रक्रिया छिट्टै सुरु हुन्छ ।’

बिस्तृत समाचार .....

सरकारमा जानेबारे माओवादीमा विवाद

टाइम्स संवाददाता
काठमाडौं, माघ २१ ।
नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले आइतबार सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरे पनि माओवादीभित्र भने सरकारमा जाने विषयमा विवाद बढेको छ । माओवादीले केन्द्रीय पदाधिकारीलाई सरकारमा नपठाउने निर्णय गरेको छ । अब कुन नेताको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा विवाद भएको हो ।

बिस्तृत समाचार .....

क्यासिनो नेपालमा दिनभर तनाव

टाइम्स संवाददाता
काठमाडौं, माघ २१ ।
तलबभत्ताका विषयमा मजदुर र युनियनबीच विवाद हुँदा काठमाडौंको पाँचतारे होटल सोल्टीको क्यासिनो नेपाल शुक्रबार दिनभर तनावग्रस्त रहृयो ।

बिस्तृत समाचार .....

मधेसी मोर्चा सरकारमा नजाने

सरोज अधिकारी
काठमाडौं, माघ २१ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागी नभई रचनात्मक प्रतिपक्षीको भूमिकामा बस्ने र बाँकी रहेको साढे तीन महिनामा संविधान निर्माण र शान्ति प्रक्रिया पूरा गर्न दबाब दिने निर्णय गरेको छ ।

बिस्तृत समाचार .....

सबैलाई समेट्न ओलीको सुझाव

टाइम्स संवाददाता
काठमाडौं, माघ २१ ।
एमाले नेता केपी शर्मा ओलीले फराकिलो मनले लचिलो बनेर सबै दललाई मिलाएर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई सुझाव दिएका छन् । उनले माओवादीलाई मात्र चित्त बुझाउन थाले खनाल मात्र नभई पार्टी नै असफल हुने बताउँदै त्यसतर्फ खनालको ध्यानाकर्षण गराए । उनले कांग्रेस, मधेसी दल र साना दल सबैलाई मिलाएर ठूलो छाती बनाउन सके मात्र सफल हुने बताए ।

बिस्तृत समाचार .....

कांग्रेस प्रतिपक्षमा बस्छ : कोइराला

टाइम्स संवाददाता
पोखरा, माघ २१ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले झलनाथ खनालको नेतृत्वमा बन्ने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने स्पष्ट पारे ।

बिस्तृत समाचार .....

माओवादी र एमाले चुके : गच्छदार

टाइम्स संवाददाता

काठमाडौं, माघ २० । मधेसी जनअधिका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ठूला तीन दलको मनोमानीका कारण साना दलको तर्फबाट आफूले उम्मेदवारी दिएको बताए । सान दलले ठूला दललाई सहमतिमा ल्याउनकै लागि उम्मेदवारी दिएको भन्दै गच्छदारले ठूला दलले पहिलो चरणकै निर्वाचनमा निर्णय गरेर गल्ती गरेको बताए । 

 

बिस्तृत समाचार .....

नयाँ प्रधानमन्त्रीलाई अवसरभन्दा चुनौति बढी

नारायण अर्याल
काठमाडौं, माघ २० ।
सहमतीय सरकारका लागि सात महिनाको रटानपछि अन्ततः नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेपालको चौंतीसौं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आफ्नै दलको नेतृत्वको सबैभन्दा बढी आलोचक एकीकृत नेकपा माओवादीको समर्थनमा उनी बहुमतीय सरकारको कार्यकारी प्रमुख त भए तर उनका अगाडि प्रधानमन्त्रीको कुर्सीमा आसीन हुने अवसरभन्दा चुनौति र समस्या धेरै छन् ।

बिस्तृत समाचार .....

स्थिर सरकार आवश्यक छ : खनाल

टाइम्स संवाददाता
काठमाडौं, माघ २० ।
संसदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै एमाले अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन मुलुकमा स्थिर सरकार आवश्यक रहेको बताए । एक घण्टा लामो भाषणमा खनालले संविधान तोकिएकै समयमा जारी गर्न र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहमतिबाटै अघि बढ्नुपर्ने धारणा राखे ।

बिस्तृत समाचार .....

'देश र जनताका नाममा त्याग'

 माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले देश र जनताका नाममा त्याग गरेर खनाललाई समर्थन गरेको बताए ।

बिस्तृत समाचार .....

शपथ आइतबार

टाइम्स संवाददाता
काठमाडौं, माघ २१ ।
नवनिर्वाचित  प्रधानमन्त्री झलनाथ खनालले आइतबार मात्रै पद तथा गोपनियताको शपथ लिने भएका छन् । राष्ट्रपति शनिबार अपराह्न मात्रै स्वदेश फर्कने कार्यक्रम रहेकाले उनको शपथ आइतबार मात्रै हुने भएको हो ।

बिस्तृत समाचार .....

सहमतिको नाममा धोका : पौडेल

टाइम्स संवाददाता
काठमाडौं, माघ २० ।
कांग्रेस नेता एवं प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले भने शान्ति र सहमतिका नाममा ठूलो षड्यन्त्र र धोका भएको आरोप लगाए । सहमति नभएसम्म शान्ति र संविधान लेख्ने काम हुँदैन भन्ने शब्द सबैभन्दा ठूलो धोका भएको भन्दै पौडेलले सहमतिका नाममा दुनो सोझ्याउने कार्यमात्र भएको बताए । उनले सहमतिकै नाममा मुलुकलाई ६ महिनासम्म अड्काइएको भन्दै अन्त्यमा जनतालाई कुहिरोको काग बनाएर ‘हिपोक्रेसी’ लागू गर्न खोजिएको बताए ।

बिस्तृत समाचार .....

ल्होसारको शुभकामना

टाइम्स संवाददाता
काठमाडौं, माघ २१ ।
तामाङ जातिको पर्व सोनामा ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरूले शुभकामना प्रकट गरेका छन् ।

बिस्तृत समाचार .....

भट्टराई पक्ष असन्तुष्ट

टाइम्स संवाददाता
काठमाडौं, माघ २० ।
माओवादीमा पार्टीभित्रैको असहमतिका बीच एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने स्थायी समितिको निर्णयमा उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरहरूले नोट अफ डिसेन्ट लेखेका छन् । पार्टीको निर्णयमा असहमति जनाउँदै उपाध्यक्ष भट्टराईसहित माओवादीका पचासजना सभासद्ले नोट अफ डिसेन्टमा हस्ताक्षर गरेका छन् ।

बिस्तृत समाचार .....

खनाललाई जापानको बधाइ

टाइम्स संवाददाता
काठमाडौं, माघ २० ।
व्यवस्थापिका संसद्द्वारा झलनाथ खनाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा जापान सरकारले बधाइ तथा शुभकामना दिएको छ ।

बिस्तृत समाचार .....

खनाल प्रधानमन्त्रीमा निर्वाचित

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल मुलुकको ३४ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

बिस्तृत समाचार .....

कांग्रेसमा बहुमत र अल्पमतको खेल

बहुमतबाट देउवा पाखा लागे
टाइम्स संवाददाता
काठमाडौं, माघ २० ।
नौ जना केन्द्रीय सदस्यको मनोनयनसँगै नेपाली कांग्रेसमा बहुमत र अल्पमतको खेल सुरु भएको छ । बाह्रौं महाधिवेशनपछि बहुमतका आधारमा कुनै पनि निर्णय नभएको भए पनि बुधबारदेखि भने बुहमतलाई आधार मान्दै निर्णय हुन थालेको छ । प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय बहुमतकै आधारमा भयो । बहुमतका आधारमा निर्णय गरिएको भन्दै केही केन्द्रीय सदस्यहरूले आपत्ति जनाएपछि बहुमत देखाउनकै लागि सभापति सुशील कोइरालाले पछिल्लोपटक नौ सदस्यको मनोनयन गरेको स्पष्ट भएको छ ।

बिस्तृत समाचार .....

आज प्रधानमन्त्री नचुनिने संभावना

चारजनाको उम्मेदवारी
अशोक दाहाल
काठमाडौं, माघ २० ।
मुलुकको ३४ औं प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्मा बिहीबार हुने निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ । नयाँ प्रधानमन्त्रीका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट विजयकुमार गच्छदारको उम्मेदवारी परेको छ । प्रधानमन्त्री चयनका लागि चारवट उम्मेदवारी दर्ता भएका कारण पहिलो चरणको निर्वाचनबाट परिणाम निस्कने सम्भावना शून्य नै छ ।

बिस्तृत समाचार .....

यस्तो छ संसदीय अंक गणित

टाइम्स संवाददाता
काठमाडौं, माघ १९ ।
प्रधानमन्त्रीका चारैजना उम्मेदवारले पहिलो चरणको निर्वाचनमा प्रष्ट बहुतम पुर्‍याउन नसक्ने निश्चित भए पनि नयाँ प्रधानमन्त्रीको को हुन्छ भनेर अनुमान गर्न मुस्किल छ । माओवादीलाई समर्थन गर्नसक्ने चर्चा चलिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत उम्मेदवारी दिएपछि तेस्रो चरणसम्म पुग्ने दलको समेत टुंगो लागेको छैन ।

बिस्तृत समाचार .....

भारत शान्ति प्रक्रियामा सहयोग गर्न तयार

काठमाडौं, माघ १९ । भारत भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादव र भारतीय राष्ट्रपति प्रतिभादेवीसिंह पाटिलबीच बुधबार साँझ राष्ट्रपति भवनमा भेटवार्ता भयो । सो अवसरमा आपसी हितका विषयमा विचारको आदानप्रदान भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बिस्तृत समाचार .....

प्रधानमन्त्रीका चारै उम्मेदवारका आ-आफ्नै दाबी

टाइम्स संवाददाता
काठमाडौं, माघ १९ ।
प्रधानमन्त्रीका चारैजना उम्मेदवारले आफू प्रधानमन्त्री हुने दाबी गरेका छन् । कुनै पनि उम्मेदवारसँग प्रष्ट बहुमत सभासद् नरहेका कारण सबै उम्मेदवार एक अर्का दलको समर्थन पाउने अपेक्षामा छन् ।

बिस्तृत समाचार .....

तीन दलबीच सहमति प्रयास ब्यर्थ

'नेतृत्वमा कुरा मिलेन'
टाइम्स संवाददाता
काठमाडौं, माघ १७ ।
सरकारको नेतृत्वमा एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको छुट्टाछुट्टै दाबीपछि सर्वसम्मतिको सरकार निर्माण गर्ने प्रमुख तीन दलको प्रयास विफल भएको छ । प्रमुख तीन दलको सोमबार बसेको बैठकमा सरकारको नेतृत्वमा तीनै दलले दाबी गरेपछि सहमति हुन नसकेको हो ।

बिस्तृत समाचार .....

'पशुपतिको ढुकुटी तत्काल नखोल'

टाइम्स संवाददाता
काठमाडौं, माघ १७ ।
सर्वोच्च अदालतले पशुपतिनाथको ढुकुटी खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बिस्तृत समाचार .....

लोडसेडिङको विरोधमा 'लालटिन बुलेटिन'

टाइम्स संवाददाता
काठमाडौं, माघ १८ ।
दैनिक १२ घण्टा लोडसेडिङको मार खेप्दै आएका नेपाली जनताप्रति सहानुभूति राख्दै कान्तिपुर टेलिभिजनले ‘लालटिन बुलेटिन’ सुरु गर्ने भएको छ ।

बिस्तृत समाचार .....

नयाँ संविधानको मस्यौदा तयारी सुरु

टाइम्स संवाददाता
काठमाडौं, माघ १७ ।
संविधानसभाको मूल समिति संवैधानिक समितिले नयाँ बन्ने संविधानको मस्यौदा लेखनको तयारी सुरु गरेको छ । समितिले सहमति जुटेको विषयलाई नयाँ संविधानको मस्यौदामा उल्लेख गर्दै जाने र सहमति जुट्न बाँकी विषयलाई क्रमिक रूपमा सहमति जुटाउँदै जाने निर्णय गरेको छ ।

बिस्तृत समाचार .....

लडाकू सरकारको नियन्त्रणमा आइसके : प्रम

टाइम्स संवाददाता
काठमाडौं, माघ १७ ।
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुहरू पूर्ण रूपमा विशेष समितिको नियन्त्रणमा आएको बताएका छन् । नेपाल नगरपालिका संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री नेपालले शक्तिखोर घोषणा कार्यक्रमपछि लडाकूहरू कुनै राजनीतिक दलको अधिनमा नरहेको बताए ।

बिस्तृत समाचार .....

जनसेनालाई कठपुतली बनाइयो : यादव

टाइम्स संवाददाता
हेटौंडा, माघ १७ ।
पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले एकीकृत नेकपा माओवादीका जनसेनालाई विषेश समितिमा हस्तान्तरण गर्नु प्रतिक्रान्तिको उच्च रूप भएको बताएका छन् ।

बिस्तृत समाचार .....

कांग्रेस केन्द्रीय समितिमा नौ सदस्य मनोनित

नारायण अर्याल
काठमाडौं, माघ १७ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेस केन्द्रीय समितिमा नौजना सदस्य मनोनित गरेका छन् । उनले सोमबार साँझ महाधिवेशनमा पराजित केही उम्मेदवारसहित उम्मेदवारी फिर्ता लिएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

बिस्तृत समाचार .....

परराष्ट्रमा धर्ना

टाइम्स संवाददाता
काठमाडौं, माघ १७ ।
रोजगारका लागि साउदी अरब पुगेर अलपत्र परेकाहरूको उद्धारको माग गर्दै आफन्तहरूले परराष्ट्रमन्त्रालयमा धर्ना दिएका छन् । रोजगारीका लागि साउदी अरब पुगेकाहरू अलपत्र परेपछि छिटो उद्धारको माग गर्दै आफन्तले परराष्ट्रमन्त्री सुजाता कोइरालाको कार्यकक्ष अगाडि सोमबार धर्ना दिएका हुन् ।

बिस्तृत समाचार .....

सेना समायोजन कार्ययोजना

'कार्यदलको प्रस्ताव सकारात्मक'
टाइम्स संवाददाता
काठमाडौं, माघ १५ ।
प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरूले तीन दलीय कार्यदलले तयार गरेको सेना समायोजनसम्बन्धी कार्ययोजना अघि बढाउन सकिने बताएका छन् । शनिबार बसेको प्रमुख तीन दलको बैठकमा शीर्ष नेताहरूले सेना समायोजनसम्बन्धी कार्ययोजना सकारात्मक भएको बताएका हुन् ।

बिस्तृत समाचार .....

'समायोजनमा सहमति भए राष्ट्रिय सरकार'

टाइम्स संवाददाता
काठमाडौं, माघ १५ ।
प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनको मोडालिटीमा सहमति भए तत्कालै राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताएका छन् । नेपाल आदिवासी जनजाति युवा महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले लडाकूहरूको समायोजन र पुनःस्थापनाको अवधारणामा सहमतिको सरकार अड्किएको बताए ।

बिस्तृत समाचार .....

सहिद दिवसमा राष्ट्रपतिको सन्देश

काठमाडौं, माघ १५ । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रको सुखद भविष्यका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

बिस्तृत समाचार .....

जनमुक्ति सेनाको कमान्ड पार्टीकै : दाहाल

टाइम्स संवाददाता
विराटनगर, माघ १५ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सेना समायोजनको प्रक्रिया अघि बढेपछि मात्र जनमुक्ति सेनाको कमान्ड सरकार मातहतमा जाने बताएका छन् ।

बिस्तृत समाचार .....

राष्ट्रपति विविध कार्यक्रममा सरिक

काठमाडौं, माघ १५ । भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार कोलकातास्थित नेपाली महावाणिज्यदूतावासको निरीक्षण र अवलोकन गरे ।

बिस्तृत समाचार .....

दाहाल र भट्टराई एकै थलोमा

टाइम्स संवाददाता
काठमाडौं, माघ १५ ।
एकीकृत नेकपा माओवादीभित्र उत्पन्न आन्तरिक मतभेदका कारण एकअर्काको आलोचना गर्दै आएका माओवादी नेताहरू शनिबार एउटै मञ्चमा भेला भए । माओवादी उपाध्यक्ष मोहन वैद्यद्वारा लिखित पुस्तक ‘मार्क्सवादी दर्शन’को विमोचनका लागि शनिबार रजधानीमा भएको कार्यक्रममा अध्यक्ष पुष्कमल दाहाल र उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर नेताहरू एकै थलोमा भेला भएका हुन् । माओवादी अध्यक्ष दाहालको जनविद्रोहसम्बन्धी प्रतिवेदनको विषयलाई लिएर दाहाल पक्ष र भट्टराई पक्षबीच माओवादीमा चर्को आरोप–प्रत्यारोप हुँदै आइरहेका बेला दाहाल र भट्टराई एउटै मञ्चमा भेला भएर एकताको सन्देश दिने प्रयास गरे ।

बिस्तृत समाचार .....

माओवादी नेतृत्व कांग्रेसलाई अमान्य

टाइम्स संवाददाता
काठमाडौं, माघ १५ ।
नेपाली कांग्रेसले एकीकृत नेकपा माओवादी नेतृत्वको सरकार स्वीकार नगर्ने भएको छ । उसले माओवादीले तीनदलबीच भएको सहमति विपरीत निर्णय गरेकाले माओवादीको नेतृत्वको स्वीकार गर्न कांग्रेस बाध्य नभएको समेत जनाएको छ ।

बिस्तृत समाचार .....

माओवादी सर्त मानेर सरकारमा नजाने

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
एकीकृत नेकपा माओवादीले कुनै पनि सर्त मानेर सरकारको नेतृत्व नलिने निर्णय गरेको छ । सरकारको नेतृत्वका लागि कांग्रेस र एमालेले लडाकू समायोजनको सर्त अघि सारेको भन्दै माओवादीले यस्तो निर्णय गरेको छ ।

बिस्तृत समाचार .....

मस्यौदा लेख्ने गृहकार्यमा संवैधानिक समिति

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
संविधानसभाको संवैधानिक समितिले बाँकी चार महिनाभित्र संविधान लेखनको काम सम्पन्न गर्ने गृहकार्य सुरु गरेको छ । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले सोमबार बस्ने संवैधानिक समितिको बैठकको गृहकार्यस्वरूप शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

बिस्तृत समाचार .....

लडाकू समायोजनको खाका तयार

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
प्रमुख तीन दलद्वारा गठित कार्यदलले माओवादी लडाकू समायोजनको आधारभूत खाका तयार गरेको छ । सुरक्षा निकायमा समायोजन हुने माओवादी सेनाका लडाकूको संख्या तोक्ने विषयमा मतभेद भएपछि कार्यदलले लडाकू समायोजनको सम्पूर्ण खाका भने शुक्रबार टुंगो लगाउन सकेन ।

बिस्तृत समाचार .....

देउवा-ओली भेटवार्ता

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले नेता केपी ओलीबीच शुक्रबार छुट्टै भेटवार्ता भएको छ । राजधानीको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भएको भेटबारे दुवै नेताले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन् ।

बिस्तृत समाचार .....

माओवादीलाई नागरिक पार्टी बनाउन बाँकी : प्रधानमन्त्री

पोखरा, माघ १४ । प्रधानमन्त्री माधवकुमार नेपाल माओवादी लडाकूहरू विशेष समितिको मातहतमा आएपछि शान्ति प्रक्रियाको टुंगो लगाउन र नयाँ संविधान निर्माण गर्न विश्वासको वातावरण सिर्जना भएको बताएका छन् ।

बिस्तृत समाचार .....

कोलकातामा राष्ट्रपतिको सम्बोधन

कोलकाता मेडिकल कलेजको १७७ औं वार्षिकोत्सव समारोहलाई विशिष्ठ अतिथिका रूपमा राष्ट्रपति डा. यादवद्वारा सम्बोधन ।

बिस्तृत समाचार .....

'सेना बाधक होइन, सहयोगी बन्छ'

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
नेपाली सेनाले शान्ति प्रक्रियाका विषयमा राजनीतिक तहमा हुने सहमति मान्य हुने बताएको छ । सेनाले शान्ति प्रक्रियाका लागि बाधक नभई सहयोगी हुन चाहेको पनि स्पष्ट पारेको छ ।

बिस्तृत समाचार .....

सेनाको उच्चस्तरीय टोली भारत भ्रमणमा

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
साताव्यापी भारत भ्रमणका लागि नेपाली सेनाका उच्च अधिकृतहरू सम्मिलित टोली शुक्रबार नयाँदिल्ली प्रस्थान गरेको छ ।

बिस्तृत समाचार .....

सेना समायोजनको अड्को

टाइम्स संवाददाता
काठमाडौं, माघ १३ ।
बहुमतीय आधारमै पनि सर्वसम्मत रूपमा प्रधानमन्त्री चयनका लागि सहमति जुटाउन बिहीबार बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । सेना समायोजनको अवधारणामा सहमति हुन नसकेपछि बैठक ठोस निष्कर्षमा पुग्न नसकेको हो । राजधानीको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा बसेको प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकमा समायोजनमा जान चाहने माओवादी लडाकूको संख्या तोक्ने विषयमा सहमति हुन नसकेको हो ।

बिस्तृत समाचार .....

२३ गतेभित्र नयाँ प्रधानमन्त्री : सभामुख

टाइम्स संवाददाता
काठमाडौं, माघ १३ ।
सभामुख सुवासचन्द्र नेम्वाङले माघ २३ गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने बताएका छन् । संसद् नियमावलीमा गरिएको नयाँ व्यवस्था र सभासद् तटस्थ बस्न नपाउने सर्वोच्च अदालतको निर्देशनका कारण आगामी निर्वाचनबाट देशले प्रधानमन्त्री पाउने सुनिश्चित भएको सभामुखको भनाइ छ ।

बिस्तृत समाचार .....

राष्ट्रपति कोलकातामा

टाइम्स संवाददाता
काठमाडौं, माघ १३ ।
भारतको दश दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति डा. रामवरण यादव बिहीबार साँझ भारतको औद्योगिक सहर कोलकाता पुगेका छन् । उनी अपराहृन इन्डियन एअरलायन्सको उडानबाट त्यहाँ पुगेका हुन् ।

बिस्तृत समाचार .....

डिजिटल नम्बरप्लेट छ ? कारबाहीमा पर्नुहोला

राजेश बराल
इटहरी, माघ १३ ।
तपाइँको निजी सवारीसाधनमा डिजिटल (कम्पुटरबाट तयार गरिएको) नम्बरप्लेट राख्नुभएको छ ? छ भने आजै विचार पुर्‍याउनुहोस् नत्र बाटैमा कारबाहीमा पर्नुहोला । नम्बरप्लेट डिजिटल छ भने त्यो हटाएर हातले लेखेको राख्नु वेश हुनेछ । अब ट्राफिक प्रहरीले डिजिटल नम्बरप्लेटको साटो हातले लेखेको प्लेट राख्न लगाउन थालेको छ ।

बिस्तृत समाचार .....

ट्रकको ठक्करपछि कौशलटारमा तनाव

टाइम्स संवाददाता
काठमाडौं, माघ १३ ।
भक्तपुरको कौशलटारमा नेपाली सेनाको एक ट्रकले स्थानीय महिलालाई ठक्कर दिएपछि बिहीबार दिनभर कौशलटार क्षेत्र तनावग्रस्त बन्यो । काठमाडौंबाट नगरकोट जाँदै गरेको नेपाली सेनाको लु१ग १२४ नम्बरको ट्रकको ठक्करबाट स्थानीय मञ्जु सिलवाल घाइते भएपछि स्थानीयले ट्रकमा आगजनी गरेका थिए ।

बिस्तृत समाचार .....

दुई मन्त्री र दुई राज्यमन्त्रीको सरुवा

टाइम्स संवाददाता
काठमाडौं, माघ १३ ।
कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले दुई मन्त्री र दुई राज्यमन्त्रीको मन्त्रालय हेरफेर गरेका छन् । नयाँ सरकार गठनका लागि दलहरूको प्रयास जारी रहेका बेला प्रधानमन्त्री नेपालले जिम्मेवारी हेरफेर गरेका हुन् ।

बिस्तृत समाचार .....

बहुमतीय प्रक्रिया सुरु

माघ २० मा पहिलो निर्वाचन
टाइम्स संवाददाता
काठमाडौं, माघ १३ ।
सहमतीय आधारमा सरकार गठन गर्न दलहरू असफल भएपछि पुनः बहुमतीयका लागि प्रक्रिया सुरु भएको छ । बहुमतीय आधारमा व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसद्लाई पत्र लेखेपछि संसद्ले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

बिस्तृत समाचार .....

कृष्णमोहन-नुडुपलाई श्रद्धाञ्जली

सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना ।

बिस्तृत समाचार .....

शीर्ष नेताहरुको बैठक निष्कर्षहीन

टाइम्स संवाददाता
काठमाडौं, माघ १२ ।
सहमतीय सरकार निर्माणका बारे छलफल गर्न बुधबार बिहानैदेखि गोकर्ण रिसोर्टमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको छ ।

बिस्तृत समाचार .....

तीन दलको बैठक सुरु

टाइम्स संवाददाता
काठमाडौं, माघ १२ ।
राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका बारेमा निर्णायक छलफल गर्न प्रमुख तीनदलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठक राजधानीस्थित गोकर्ण रिसोर्टमा सुरु भएको छ ।

बिस्तृत समाचार .....