2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
विचार

'मातृभूमिको ऋण बाँकी छ'

प्रधानमन्त्री झलनाथ खनालद्वारा राष्ट्रका नाममा सम्बोधन
आदरणीय दिदी-बहिनी तथा दाजु-भाइहरू

व्यवस्थापिका संसदबाट म प्रधानमन्त्री निर्वाचित भएपछि १५ दिन बितेका छन् । प्रधानमन्त्री निर्वाचनले मुलुकमा ठूलो आशा–अपेक्षा उत्पन्न गरेको थियो तर अहिलेसम्म सरकारले पूर्णता पाएको छैन । नयाँ संविधान जारी गर्नका लागि थप गरिएको एक वर्षको समयमध्ये तीन महिना र केही दिन मात्रै बाँकी छन् । एक घण्टाको समेत ठूलो महत्व भएको संक्रमणकालको यस समयमा सरकारलाई पूर्णता दिनसमेत यति लामो समय लागिरहेको हुँदा आम नागरिकमा कौतुहल र प्र्रश्नहरू देखापर्नु स्वाभाविक छ । जनताले निर्वाचित गरेर पठाएको एउटा जनप्रतिनिधिका हिसाबले र जनप्रतिनिधि संस्थाबाट निर्वाचित सरकार प्रमुखका हिसाबले ती सबै प्रश्नहरूको उत्तर दिनु र जिज्ञासाहरूको समाधान गर्नु मेरो दायिŒव भएकाले म राष्ट्रका सामु उपस्थित भएको छु ।

बिस्तृत समाचार .....

जनआन्दोलनका उपलब्धिहरूमाथि षड्यन्त्रको खतरा

-रामचन्द्र पौडेल


एकता, मेलमिलाप र सहमतिका कुरा भन्दा अत्यन्त राम्रा लाग्छन् । सुन्दा असाध्यै कर्णप्रिय अनि असाध्यै सजिलो लाग्छ । तर, यो भन्दा ढोंग (बनावटी) केही पनि होइन भन्ने कुरा अहिले नेपालको राजनीतिले सिद्ध गर्दैछ ।

बिस्तृत समाचार .....

'सत्ता कब्जा' अर्थात् 'सडक, सदन र सरकार'मा संघर्ष

नारायण अर्याल

कम्युनिष्ट पार्टीले प्राय: भन्ने शब्द हो, संघर्ष । साना हुन् वा ठूला, संघर्ष शब्दलाई अगाडि नसारेसम्म कम्युनिष्ट पार्टी नै भइदैन भन्ने मान्यता रहेको छ, कम्युनिष्ट पार्टीमा । नेपालमा अस्तित्वमा रहेका दर्जन बढी कम्युनिष्ट पार्टीको सैद्धान्तिक आधार पनि संघर्षबाटै सुरु भएका छन् र संघर्षमा नै अन्त्य भएका छन् । तसर्थ संघर्ष बिना कम्यूनिष्ट पार्टी अपूर्ण मानिन्छन् ।

बिस्तृत समाचार .....

चाँदनी शाह दरबारमा फुलेकी थिइन्

-नरेन्द्रराज प्रसाई

कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ ।

बिस्तृत समाचार .....

युवाहरुको कांग्रेस

-नारायण अर्याल

बिद्यार्थी नेताका रुपमा स्थापित गगन थापा कांग्रेसको बाह्रौं महाधिवेशनमा सबैभन्दा बढी लोकप्रीय मत ल्याएर केन्द्रीय सदस्य बन्न सफल भए । उनकै समकक्षी बद्री पाण्डे पनि कांग्रेस केन्द्रीय सदस्य बने । नेविसंघकै नेता किशोर सिंह राठौर पनि केन्द्रीय सदस्य बने । यिनीहरुमात्रै होइन, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, सुरेन्द्र पाण्डे लगायतका करिव एक दर्जन युवाहरुले कांग्रेस केन्द्रीय समितिमा सहज रुपमा प्रवेश पाएका छन्, निर्वाचित भएर । त्यति मात्रै होइन, दर्जन बढी युवाहरु नेतृत्व हात पार्ने ठाउँसम्म पुग्ने जमर्को गर्दा गर्दै केही पछि परे ।

बिस्तृत समाचार .....

कांग्रेस महाधिवेशनले दिएको सन्देश

-नारायण अर्याल

‘शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान : नेपाली कांग्रेसको अभियान’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको बाह्रौं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । दुई कांग्रेसबीचको एकीकरण, संस्थापक नेताहरूको अनुपस्थिति र मुलुकको संक्रमणकालीन अवस्थालगायतका कारण महत्वपूर्ण मानिएको कांग्रेस महाधिवेशन लोकतान्त्रिक अभ्यासका आधारमा निकै सफल देखियो ।

बिस्तृत समाचार .....

लोकतन्त्र र मानव समाज

 -शोभाकर पराजुली

लोकतन्त्र भनेको शासन गर्नेको कार्य निष्पक्ष भएर हेर्न पाउने र बिनाडर त्रास गल्तीको विपक्षमा बोल्न र मत दिन पाउने प्रणाली हुँदा यसलाई सदुपयोग गर्नासाथ समानता, विकाससमेत अरू प्रणालीमा भन्दा सजिलोसँग प्राप्त गर्न सकिन्छ । 

बिस्तृत समाचार .....

बानेश्वर मेला र सभासद किनबेच

क्रान्तिकारी प्रचण्डलाई प्रधानमन्त्री बनाउन चौपायाझैं सांसद खरिद बिक्रीको त्यो बितेको परम्पराको गौरवमय निरन्तरतामा अहिले माओवादी आतुर देखिएको छ । हिजोको घृणित खरिद बिक्री अभियान आज उसका लागि क्रान्तिकारी किनबेचमा रूपान्तर भएको छ ।

बिस्तृत समाचार .....

सहकार्यमा आऊ

-माधवकुमार नेपाल

सरकार परिवर्तनलाई नै मुख्य विषय बनाउने हो भने पनि यसका लागि हामीले नै स्थापित गरेको राजनीतिक र संवैधानिक प्रक्रिया अपनाउनै पर्दछ । राजनीतिक दलहरुका बीचमा हुने सहमतिलाई कार्यान्वयन गर्न म सदैव तयार छु ।

बिस्तृत समाचार .....

नयाँ संविधानमा दण्डहीनताको सवाल

-भीमकान्त भण्डारी

प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सरकारको बागडोर समातेका राजनीतिक पार्टीबीच बढिरहेको राजनीतिक ध्रुवीकरणले गर्दा राजनीतिक दलहरूबीचमा मनमुटाव बढ्ने र देशमा अझ बढी अराजकता थपिने भय व्याप्त छ । यसले प्रहरी प्रशासनमा पनि व्यापक मनोबल गिराउने देखिन्छ । फलतः कानुनी राज्यमाथिको जनताको आशा तुहिनेछ र दण्डहीनता अझ बढी संस्थागत हुनेछ । 

बिस्तृत समाचार .....

राजस्व चुहावट नियन्त्रणको प्रभावकारिता

-शिवराम न्यौपाने

राजस्व चुहावट नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसक्दा सरकारले सम्भावनाको अनुपातमा राजस्व संकलन गर्न सकेको छैन । राजस्व चुहावटमा सार्वजनिक पद धारण गरेका व्यक्तिलगायत उद्योगपति, व्यापारी, कर्मचारी, करदाता सबैको गैर जिम्मेवारीपूर्ण योगदान रहेको पाइएको छ । 

बिस्तृत समाचार .....

गिरिजाबाबुलाई सम्झँदा

चैत ७ मा उहाँको देहावसानपछि हामी थुप्रै साथीहरू मण्डिखाटारमा सामेल भयौं । भोलिपल्ट रंगशालामा साढे तीन घण्टा लाइनमा बसेर भित्र पसियो तर न त राम्रोसँग माला चढाउन पाइयो न त अन्तिमपटक उहाँको अनुहार नै हेर्न पाइयो । शव छुन पाउने त झन् कुरै छोडौं ।

बिस्तृत समाचार .....

धर्म सापेक्षताको खाँचो

राजतन्त्रलाई समाप्त गर्ने अभियानमा हिन्दू धर्मलाई पनि निशाना बनाइयो जबकि राज्यले अहिले पनि व्यवहारमा हिन्दू राष्ट्र भएकैसरह कामकाज र व्यवहार गरिरहेको छ, होइन भने हिन्दू पर्वहरूमा यति बढी सार्वजनिक बिदा किन ?

बिस्तृत समाचार .....

तीन महिनाभित्रका चार विकल्प

२०४७ सालमा यिनै पात्रहरूले निर्माण गरेको संविधान बाह्र वर्षपछि यिनैलाई मान्य हुन सकेन भने भावी पुस्ताका लागिसमेत भनेर संविधान बनाउन खोजिनु आफैंमा हास्यास्पद छ ।

बिस्तृत समाचार .....

जमिम हत्या प्रकरणले उब्जाएका प्रश्न

जमिम हत्याको घटनामा अन्तर्राट्रिय आपराधिक सञ्जालको हात रहेको कुरा घटनाको अनुसन्धनानमा रहेका प्रहरी अधिकारीहरूबाटै बाहिर आइसकेको छ ।

बिस्तृत समाचार .....

संरक्षणवाद पन्छाउनै पर्छ

‘बजार विफल भयो' भन्ने दाबी अत्यन्त व्यापक छ। वास्तवमा, बजारको एउटा पक्ष विफल भयो तर सरकार र नियामकहरू त्यस विफलताका अंग हुन्।

बिस्तृत समाचार .....

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....