2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
विश्व

लिबियालाई 'उडान निषेधित क्षेत्र' घोषणा गर्ने प्रयास

वासिंटन, फागुन २४ । लिबियालाई ‘उडान निषेधित क्षेत्र’ घोषणा गर्नेबारे अन्तर्राष्ट्रिय प्रयास तीब्र भएको छ । समाचार एजेन्सीहरुका अनुसार लिबियाली सेनाले विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा हवाइ हमला बढाएपछि यस्तो प्रयास तीब्र तुल्याइएको हो ।

बिस्तृत समाचार .....

विस्फोटमा २० को मृत्यु

इस्लामाबाद, फागुन २४ । पूर्वी पाकिस्तानको फैसलावादमा मंगलबार भएको विस्फोटमा परी कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार एउटा ग्याँस स्टेशनलाई लक्षित गरी विस्फोट गराइएको थियो ।

बिस्तृत समाचार .....

बेलायती राजकुमारमाथि आरोप

लन्डन, फागुन २४ । बेलायती अधिराजकुमार एन्ड्रयुलाई उनले एउटा यौन दुराचारी भनी आरोपित व्यक्तिसँग सम्बन्ध गाँसेकोमा ट्युनिसियाका लागि अवैतनिक महावाणिज्य दुतको पद त्याग्न जनदबाब बढ्दै गएको छ । एन्ड्रयु ट्युनिसियाका लागि अवैतनिक महावाणिज्य दुतसमेत हुन् ।

बिस्तृत समाचार .....

ग्वान्तानामोबारे ओबामाको नयाँ नीति

वासिंटन, फागुन २४ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादविरुद्धको युद्धका क्रममा बन्दी बनाइएकाहरुलाई राखिदैं आएको ग्वान्तानामो बन्दी गृहका बारेमा नयाँ व्यवस्थाको घोषणा गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति ओबामाले दुई वर्षसम्म सैन्य मुद्दा स्थगित गरेकोमा आफ्नो पुरानो नीतिलाई परिवर्तन गरेका हुन् ।

बिस्तृत समाचार .....

हत्याराले सजाय पाउँछ : गिलानी

इस्लामावाद, फागुन २० । पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानीले केन्द्रीय मन्त्री शहबाज भट्टीको हत्यारालाई सजाय दिन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

बिस्तृत समाचार .....

चीनको रक्षा बजेटमा बृद्धि

बेइजिङ, फागुन २० । चीनले आफ्नो रक्षा बजेटमा १२ प्रतिशतभन्दा बढी बृद्धि गर्ने भएको छ । यो बृद्धिले उसको रक्षा बजेट ९० अर्ब डलरको हाराहारीमा पुगेको छ ।

बिस्तृत समाचार .....

इजिप्टका प्रधानमन्त्रीद्वारा राजीनामा

कायरो, फागुन १९ । इजिप्टका प्रधानमन्त्री अहमद शफिकले राजीनामा दिएका छन् । सैन्य परिषद्ले प्रधानमन्त्री शफिकको राजीनामाको पुष्टि गरेको हो ।

बिस्तृत समाचार .....

अज्ञात चारजनाविरुद्ध मुद्दा दायर

इस्लामाबाद, फागुन १९ । पाकिस्तान प्रहरीले बिहीबार मन्त्री शहबाज भट्टीको हत्याका बारे चार अज्ञात व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । सरकारले सो हत्याका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति समेत गठन गरेको छ । छानबिन समितिमा गुप्तचर विभाग र संघीय अनुसन्धान विभागका अधिकारी सामेल रहेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन पेस गर्न तोकिएको छ ।

बिस्तृत समाचार .....

भूकम्पबाट मर्नेहरूको संख्या ७५

क्राइस्ट चर्च, फागुन ११ । न्युजिल्यान्डको दोस्रो ठूलो सहर क्राइस्ट चर्चमा मंगलबार गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पबाट मर्नेहरूको संख्या ७५ पुगेको छ । भूकम्पमा परी करिब तीन सयजना हराइरहेको अधिकारीहरूले जनाएका छन् ।

बिस्तृत समाचार .....

गद्दाफीले समर्थक गुहारे

ट्रिपोली, फागुन ११ । लिबियामा जारी आन्दोलन उत्कर्षमा पुगिरहेको समयमा त्यहाँका शासक कर्नल गद्दाफीले आफ्ना समर्थकलाई सडकमा उत्रन आहृवान गरेका छन् । उनले सरकारविरोधी प्रदर्शनकारीलाई ‘साङ्ला’ को संज्ञा दिँदै उनीहरूमाथि आक्रमण गर्न समर्थकलाई आहृवान गरेका हुन् ।

बिस्तृत समाचार .....

पेरुले लिबियासँग दौत्य सम्बन्ध तोड्ने

लिमा, फागुन ११ । लिबियाली नेता मोअम्मर गद्दाफीले लिबियाका जनतामाथि गरेको दमनको कारण पेरुले लिबियासँगको दौत्यसम्बन्ध तोड्ने घोषणा गरेको छ ।

बिस्तृत समाचार .....

भूकम्पबाट ६५ को मृत्यु

न्युजिल्यान्डको दक्षिणी द्वीपको ठूलो महानगर क्रिस्ट चर्चमा भूकम्पबाट कम्तीमा पनि ६५ जनाको मृत्यु भएको छ । 

बिस्तृत समाचार .....

कसाबको मृत्युदण्ड सदर

मुम्बई, फागुन ९ । भारतको मुम्बईस्थित महाराष्ट्र उच्च न्यायालयले मुम्बईमा २९ नोभेम्बर, २००८ मा भएको आतंकवादी हमलाका आरोपी अजमल कसाबलाई मृत्युदण्डको फैसला सदर गरेको छ । यद्यपि कसाबले सो फैसलाउपर सर्वोच्च न्यायालयमा पुनरावेदन गर्ने अधिकार सुरक्षित रहेको छ ।

बिस्तृत समाचार .....

आमनागरिक मारिएको प्रति नेटोले छानबिन गर्ने

काबुल, फागुन ९ । अफगानिस्तानमा अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले हालैका दिनमा स्थल तथा हवाई कारबाहीका क्रममा आमनागरिक मारिएको सम्बन्धमा छानबिन गर्ने भएको छ ।

बिस्तृत समाचार .....

मुसर्रफविरुद्ध पक्राउ पूर्जी जारी

इस्लामावाद, माघ २९ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई त्यहाँका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्याको विषयलाई लिएर पक्राउ पूर्जी जारी गरिएको छ । 

बिस्तृत समाचार .....

ढल्यो मुबारकको सत्ता

अरब राष्ट्रमा राजनीतिक परिवर्तनको लहरलाई निरन्तरता दिने क्रममा इजिप्टले नयाँ अध्याय थपेको छ ।

बिस्तृत समाचार .....

इजिप्टको नेतृत्वप्रति अमेरिका रुष्ट

कायरो, माघ २७ । इजिप्टको नेतृत्वप्रति अमेरिकाले कडा आलोचना गरेको छ । इजिप्टमा सरकार विरोधी आन्दोलन सुरु भएको १६ दिनपछि अमेरिकाले त्यहाँको नेतृत्वको चर्को आलोचना गरेको हो ।

बिस्तृत समाचार .....

'सरकार नबनेसम्म यौनसम्पर्क नगर्नुस्'

बेल्जियम, माघ २८ । बेल्जियममा सरकार गठन गर्नका लागि नयाँ तरिका अपनाउन सुझाव आएको छ । गत जुनमा निर्वाचन भएको बेल्जियममा अझै नयाँ सरकार गठन गर्न नसकिएको परिस्थितिमा सांसद् मार्लिन टिमरम्यानले सरकार गठनका लागि अनौठो तरिका सुझाएकी हुन् ।

बिस्तृत समाचार .....

भारत र पाकिस्तान शान्ति वार्ताका लागि सहमत

नयाँ दिल्ली, माघ २७ । भारत र पाकिस्तान सन् २००८ को मुम्बई हमलापछि पहिलोपटक शान्ति वार्ता गर्न सहमत भएका छन् । बिहीबार दुवै देशका तर्फबाट यसको औपचारिक घोषणा भएको हो ।

बिस्तृत समाचार .....

आत्मघाती हमलामा ३१ सैनिकको मृत्यु

पेशावर, माघ २७ । पाकिस्तानको पेशावर सहरदेखि ६० किलोमिटर उत्तरपश्चिमस्थित खैवर पाख्तुख्वाको प्रान्तीय राजधानीमा बिहीबार भएको आत्मघाती विस्फोटमा कम्तिमा पनि ३१ सैनिकको मृत्यु भएको छ । कवाज खेल्ने खुल्ला मैदानमा आत्मघाती हमलाकारीले विस्फोट गराउँदा कम्तिमा ३१ जना सैनिकको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।

बिस्तृत समाचार .....

कार्यकाल बढाउँदिन : सालेह

साना, माघ १९ । यमनका राष्ट्रपति अली अब्दुल्ला सालेहले आफ्नो कार्यकाल अब नबढाउने घोषणा गरेका छन् । उनले बुधबार संसदलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् ।

बिस्तृत समाचार .....

कार्यकाल सकिएपछि सत्ता छोड्छु : मुबारक

कायरो, माघ १९ । इजिप्टका राष्ट्रपति होस्ने मुबारकले आफ्नो कार्यकाल पूरा गरेपछि सत्ता छाड्ने घोषणा गरेका छन् । उनले मंगलबार सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सो घोषणा गरेका हुन् ।

बिस्तृत समाचार .....

इजिप्टमा विरोध प्रदर्शन जारी

विदेशी नागरिकलाई फर्काउने प्रयास सुरु
कायरो, माघ १७ ।
इजिप्टमा झण्डै एक सातादेखि सुरु भएको सरकारविरोधी आन्दोलन सोमबार पनि जारी रहेको छ । देशभरि आन्दोलन फैलिँदै गएका कारण इजिप्टमा रहेका विदेशी नागरिक आफ्नो देश फर्कन थालेका छन् ।

बिस्तृत समाचार .....

नोबेल पुरस्कारका लागि असान्जेको चर्चा

ओस्लो, माघ १७ । विकिलिक्स वेबसाइटका संस्थापक जुलियन असान्जे यसवर्षको नोबेल शान्ति पुरस्कारका लागि चर्चामा रहेका छन् । अमेरिकासम्बन्धी हजारौं गोप्य दस्तावेज सार्वजनिक गरेका असान्जेको नाम नोबेल शान्ति पुरस्कारका लागि चर्चामा आउन थालेपछि अरबी तथा पश्चिमी राष्ट्रहरू भने चकित भएका छन् ।

बिस्तृत समाचार .....

कर्मापासँग सोधपुछ

धर्मशाला, माघ १७ । निर्वासित तिब्बतीहरूका तेस्रो महत्वपूर्ण गुरु कर्मापा कलामासँग भारतीय प्रहरीले सोमबार सोधपुछ गरेका छन् । कर्मापा बस्दै आएको गुम्बाबाट शनिबार ठूलो परिमाणमा विदेशमी मुद्रा बरामद भएपछि सोमबार भारतीय प्रहरीले सोधपुछ गरेको हो ।

बिस्तृत समाचार .....

वरिष्ठ प्रहरी अधिकारी मारिए

पेशावर, माघ १७ । पाकिस्तानको उत्तरपश्चिमी सहर पेशावरमा एक वरिष्ठ प्रहरी अधिकारी सवार गाडीमा आत्मघाती बम आक्रमण हुँदा उनी र अन्य दुईजनाको मृत्यु भएको प्रहरी स्रोतले सोमबार जनाएको छ ।

बिस्तृत समाचार .....

इजिप्टमा सरकारविरोधी प्रदर्शन जारी

राष्ट्रपतिकी पत्नी र छोरा सुटुक्क लन्डनमा
कायरो, माघ १२ ।
इजिप्टमा सरकारविरोधी प्रदर्शन उग्र भएको छ । राजधानी कायरो र आसपास भएका प्रदर्शनमा सरकार विरोधी नारा लगाइएको थियो ।

बिस्तृत समाचार .....

ओबामाद्वारा सरकारी खर्च कटौतीको घोषणा

वासिंटन, माघ १२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सरकारी खर्च कटौतीको घोषणा गरेका छन् । वार्षिक ‘स्टेट अफ दि युनियन’ भाषणका क्रममा ओबामाले यो घोषणा गरेका हुन् ।

बिस्तृत समाचार .....

धानखेतमा वृत्त

फूलजस्तो वृत्तले मानिसलाई यति आकर्षित गरेको छ कि प्रहरीले सो क्षेत्रलाई पहेँलो पट्टीले घेर्नुपरेको छ ।

बिस्तृत समाचार .....

ट्युनिसियामा सरकारविरोधी प्रदर्शन

ट्युनिस, माघ १० । ट्युनिसियाको प्रधानमन्त्री कार्यालय अगाडि सयौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीले अन्तरिम प्रधानमन्त्री मोहम्मद घनौचीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

बिस्तृत समाचार .....

४० वर्षपछि अस्तु विसर्जन

इस्लामावाद, माघ १० । पाकिस्तानका एक सय ३५ दिवंगत हिन्दूको अस्तु करिब ४० वर्षपछि भारतको गंगामा विसर्जन हुन लागेको छ । समाचार एजेन्सीहरूका अनुसार मृतक तथा उनका परिवारको चाहना अनुसार हरिद्वारस्थित गंगामा अस्तु विसर्जनको तारतम्य मिलाइएको हो ।

बिस्तृत समाचार .....

'वार्ताविरुद्ध भारतमा दबाब'

इस्लामावाद, माघ १० । पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानीले भारत र पाकिस्तानबीच वार्ता हुने र नहुने सम्भावना समान अवस्थामा रहेको बताएका छन् । लाहोरमा विदेशी सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘वार्ता हुने सम्भावना पचास प्रतिशत छ भने नहुने सम्भावना पनि पचास प्रतिशत नै छ ।’

बिस्तृत समाचार .....

श्रीलंकामा पर्यटक बढे

कोलम्बो, माघ ३ । श्रीलंकामा विगत तीस वर्षदेखिको तमिल टाइगरको सशस्त्र विद्रोह अन्त्यपछि पर्यटक आगमनमा भारी वृद्धि भएको समाचार छ ।

बिस्तृत समाचार .....

'बेवी डक'को पुनरागमन

पोर्ट ओ प्रिन्स, माघ ३ । हैटीका पूर्व शासक तथा तानाशाह भनी परिचित जीन क्लाउड डुभालिएर ‘बेवी डक’ आफ्नो करिब २५ वर्षको निर्वासनपछि स्वदेश फर्केका छन् ।

बिस्तृत समाचार .....

लेबनानमा राजनीतिक संकट बढ्दै

बेरुत, माघ ३ । वर्षौंसम्म गृहयुद्धको चपेटामा रहेको लेबनानमा पुन: राजनीतिक अस्थिरताको संकेत देखिएको छ ।

बिस्तृत समाचार .....

नेटोका ट्यांकरमा आगलागी

पेशावर, माघ १ । उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का लागि सामान आपूर्ति गर्ने ट्यांकरमा बन्दुकधारीहरुले आगजनी गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार ती ट्यांकरमा शनिबार पाकिस्तानको बलुचिस्तानस्थित डेरा मुराद अलीमा आजगनी भएको हो ।

बिस्तृत समाचार .....

भागदौडमा सयभन्दा बढी तीर्थालुको मृत्यु

थिरुभनान्तपुरम, माघ १ । भारतको एक प्रसिद्ध तीर्थस्थलबाट फर्किंदै गरेका हिन्दु धर्मावलम्बीहरूबीच भएको भागदौडमा सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

बिस्तृत समाचार .....

विरोधपछि ट्युनीसियाका राष्ट्रपति पलायन

ट्युनिस, माघ १ । देशमा व्यापक विरोध प्रदर्शनपछि ट्युनीसियाका राष्ट्रपति जिने अल अबिदिन बिन अलीले राजीनामा दिएका छन् । राजीनामा लगत्तै उनले परिवारसहित देश छोडेको बताइन्छ ।

बिस्तृत समाचार .....

उत्तर कोरियाद्वारा वार्ता प्रस्ताव

सोल, पुस २४ । उत्तर कोरियाले दक्षिण कोरियासँग पुन: वार्ताको प्रस्ताव राखेको समाचार शनिबार दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले प्रकाशमा ल्याएका छन् ।

बिस्तृत समाचार .....

श्रीलंकाली सेना अलग भूमिकामा

गृहयुद्ध अन्त्य भएपछि शान्त प्राय: रहेको श्रीलंकामा सेनाले नयाँ भूमिका निर्वाह गर्न थालेको छ ।

बिस्तृत समाचार .....

'बेरोजगारी दरमा सुधार'

वासिंटन, पुस २४ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले देशको आर्थिक स्थितिलाई लिएर आशावादी हुँदै रोजगारीको अवसर वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकामा निरन्तर रूपमा बेरोजगारीको दर बढिरहेको अवस्थामा राष्ट्रपति ओबामाले सो विश्वास व्यक्त गरेका हुन् ।

बिस्तृत समाचार .....

गिलानीका छोरामाथि भ्रष्टाचारको आरोप

इस्लामावाद, पुस २४ । पाकिस्तानका दुई सांसदले पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीका छोरामाथि भ्रष्टाचारको आरोप लगाएका छन् । उनीहरूले हज यात्रीका लागि आवासीय सुविधाहरूको व्यवस्थामा गिलानीका छोराले भ्रष्टाचार गरेको दाबी गरेका हुन् ।

बिस्तृत समाचार .....

ओबामाद्वारा क्षतिपूर्ति विधेयकमा हस्ताक्षर

वासिंटन, पुस १९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाका पीडितलाई क्षतिपूर्ति दिने एक विधेयकलाई स्वीकृत गरेका छन् । बिदा मनाउन हवाईमा रहेका राष्ट्रपति ओबामाले सो विधेयकमा हस्ताक्षर गरेको ह्वाइट हाउसका प्रवक्ता बिल बर्टनले जानकारी दिए ।

बिस्तृत समाचार .....

पाकिस्तानमा राजनीतिक संकट बढ्दै

इस्लामावाद, पुस १९ । पाकिस्तानमा राजनीतिक संकट बढ्दै गएको छ । पाकिस्तान पिपुल्स पार्टीको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेपछि राजनीतिक संकट गहिरिएको हो ।

बिस्तृत समाचार .....

अफिमको बढ्दो मूल्य सरकारका लागि चिन्ता

काबुल, पुस १९ । अफगानिस्तानका अधिकारीहरू विगत एक वर्षमा अफिमको मूल्यमा तीन गुणा वृद्धि भएपछि चिन्तित भएका छन् । अफिमको मूल्यवृद्धिले किसानहरूलाई अफिमखेतीतर्फ आकर्षित गर्ने चिन्ता बढेको अधिकारीहरूको भनाइ छ ।

बिस्तृत समाचार .....

बाईबाई आर्नोल्ड

क्यालिफोर्निया, पुस १८ । अभिनेताबाट नेता बनेका आर्नोल्ड श्वार्जनेगरले सोमबारबाट क्यालिफोर्निया राज्यको गवर्नरका रूपमा आफ्नो जिम्मेवारी हस्तान्तरण गर्दैछन् । सात वर्षदेखि अमेरिकाको सबैभन्दा अधिक जनसंख्या भएको राज्यको गवर्नर रहँदै आएका आर्नोल्डको स्थानमा डेमोक्रेटिक नेता जेरी ब्राउनले जिम्मेवारी सम्हाल्नेछन् ।

बिस्तृत समाचार .....

रुसेफद्वारा पदभार ग्रहण

रियो डि जेनेरियो, पुस १८ । डिल्मा रुसेफले ब्राजिलको राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरेकी छन् । रुसेफले निवर्तमान राष्ट्रपति लुइज इनासियो लुला डि सिल्भाबाट पदभार ग्रहण गरेकी हुन् । उनी देशकै पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी छन् ।

बिस्तृत समाचार .....

इरानी राष्ट्रपतिको कार लिलाम

तेहरान, पुस १८ । इरानका राष्ट्रपति महमुद अहमदीनेजादको कार लिलाम भएको छ । ३३ वर्ष पुरानको सो कार १० लाख डलरमा लिलाम भएको हो ।

बिस्तृत समाचार .....

आइभोरी कोस्टबाट हजारौं पलायन

अविदजान, पुस ११ । आइभोरी कोस्टबाट हजारौं नागरिक विदेश पलायन भएको बताइएको छ । देशमा बढ्दो राजनीतिक अनिश्चितता र तनावका कारण झण्डै १४ हजार नागरिकले देश छोडेको बताइन्छ ।

बिस्तृत समाचार .....

चीन र दक्षिण कोरियाबीच वार्ताको तयारी

सोल, पुस ११ । कोरियाली द्वीपमा बढ्दो तनावलाई लिएर चीन र दक्षिण कोरियाबीच वार्ता हुने भएको छ । दक्षिण कोरियाली अधिकारीहरूले आगामी फेब्रुअरीमा चीन र दक्षिण कोरियाका अधिकारीहरूबीच वार्ता हुने जनाए पनि विस्तृत विवरण भने दिएका छैनन् ।

बिस्तृत समाचार .....

पूर्वराष्ट्रपति पेरेजको निधन

मियामी, पुस ११ । भेनेजुएलाका पूर्वराष्ट्रपति कोर्लास एन्ड्रेस पेरेजको ८८ वर्षको उमेरमा शनिबार निधन भएको छ । अमेरिकामा रहँदै आएका पेरेजको उपचारका क्रममा शनिबार मियामीमा निधन भएको हो ।

बिस्तृत समाचार .....

दुई कोरियाबीच तनाव जारी

सोल, पुस ९ । उत्तर कोरियाले दक्षिण कोरियाको सीमा क्षेत्रमा भीषण बम वर्षा गरी सामरिक तनाव चुलिएको एक महिनापछि पनि हाल दुई कोरियाबीच वाकयुद्ध र तनाव निरन्तर छ ।

बिस्तृत समाचार .....

मानवअधिकारवादी कार्यकर्तालाई आजन्म कैद

रायपुर, पुस ९ । भारतको छत्तीसगढको एक अदालतले एक मानवअधिकारवादी कार्यकर्तालाई आजन्म कैदको सजाय तोकेको छ । मानवअधिकारका लागि क्रियाशील विनायक सेनमाथि देशद्रोहको आरोपमा सो सजाय तोकिएको हो ।

बिस्तृत समाचार .....

'अफगान युद्ध सही दिशातर्फ'

वासिंटन, पुस २ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगान युद्धबारे समीक्षा गर्दै युद्ध सही दिशातर्फ उन्मुख भइरहेको दाबी गरेका छन् । अफगान युद्धमा अमेरिकाले अपनाएको रणनीतिको आवधिक मूल्यांकनका सम्बन्धमा बहुप्रतिक्षित प्रतिवेदन सार्वजनिक गर्दै ओबामाले हाल भएको युद्ध प्रगतिले त्यहाँबाट क्रमशः सेना फर्काउन पर्याप्त आधार निर्माण गरिरहेको बताए ।

बिस्तृत समाचार .....

'मुस्लिम उग्रवादीभन्दा हिन्दु कट्टरपन्थी भारतका लागि बढी खतरा'

नयाँ दिल्ली, पुस २ । भारतीय कांग्रेस पार्टीका महासचिव राहुल गान्धीले भारतलाई मुस्लिम उग्रवादी भन्दा पनि हिन्दु कट्टरपन्थीबाट बढी खतरा रहेको भारतका लागि अमेरिकी राजदुतसमक्ष भनेको खुलासा भएको छ ।

बिस्तृत समाचार .....

'पत्रकारका लागि पाकिस्तान खतरा'

इस्लामावाद, पुस २ । पत्रकारको अधिकारका लागि काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ का अनुसार पत्रकारहरूका लागि पाकिस्तान विश्वकै सबैभन्दा खतरनाक मुलुक बनेको छ । आत्मघाती हमलामा बृद्धिका कारण पाकिस्तानमा पत्रकारहरूले ठूलो मूल्य चुकाउनु परेको सो संस्थाको ठहर छ ।

बिस्तृत समाचार .....

इराकमाथिको प्रतिबन्ध खुकुलो

न्यूयोर्क, पुस १ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले इराकमाथि लाग्दै आएको प्रतिबन्ध खुकुलो तुल्याएको छ । तत्कालिन शासक सद्दाम हुसेनको पालामा लगाइएका केही प्रतिबन्ध हटाएर सुरक्षा परिषदले इराकलाई खुकुलो तुल्याएको हो ।

बिस्तृत समाचार .....

धुम्रपानका कारण मृत्यु भएकोमा क्षतिपूर्ति

वासिंटन, पुस १ । अमेरिकको एक अदालतले अमेरिकाकै तेस्रो ठूलो सूर्तीजन्य कम्पनीलाई धुम्रपानका कारण भएको मृत्युबारे क्षतिपूर्ति दिन आदेश दिएको छ । धुम्रपानका कारण मृत्यु भएकी एक महिलाको बालबालिकाका लागि सात करोड अमेरिकी डलर क्षतिपूर्ति दिन अदालतले आदेश दिएको हो ।

बिस्तृत समाचार .....

इन्धन प्रशोधन कम्पनीविरुद्ध मुद्दा

वासिंटन, पुस १ । अमेरिकी सीमावर्ती सामुन्द्रिक क्षेत्र मेक्सिको खाडीमा इतिहासमै सबैभन्दा सर्वाधिक नाजुक स्थिति आउने गरी कच्चा इन्धन चुहावट गराउने अन्तर्राष्ट्रिय इन्धन प्रशोधन कम्पनी ‘ब्रिटिश पेट्रोलियम’ (विपी) लगायत अन्य आठ वटा प्रशोधन कम्पनी विरुद्ध अमेरिकी सरकारले मुद्दा दायर गरेको छ ।

बिस्तृत समाचार .....

'उग्रवादी संगठनबाट शिक्षक असुरक्षित'

इस्लामावाद, मंसिर २८ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ‘ह्युमन राइट्स वाच’ का अनुसार पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा उग्रवादी संगठनहरुले श्रृङ्खलाबद्ध ढंगबाट शिक्षकलाई निशाना बनाउने गरेका छन् ।

बिस्तृत समाचार .....

अमेरिकी कुटनीतिज्ञ होलब्रुकको निधन

वासिंटन, मंसिर २८ । अफगानिस्तान र पाकिस्तानका लागि अमेरिकी विशेष दुत रिचार्ड होलब्रुकको निधन भएको छ । ६९ वर्षीय प्रतिष्ठित कूटनीतिज्ञ होलब्रुकको सोमबार राति निधन भएको हो ।

बिस्तृत समाचार .....

स्वीडेन विस्फोट मामलामा बेलायतमा खानतलासी

लन्डन, मंसिर २७ । बेलायती प्रहरीले स्वीडेनमा शनिबार राति भएको विस्फोटको सम्बन्धमा उत्तरी लन्डनमा खानतलासी गरेको छ । संदिग्ध हमलाकारीसँग सम्बन्धित एउटा घरमा खानतलासी गरिएको प्रहरीले जनाएको छ ।

बिस्तृत समाचार .....

डुंगा डुब्दा १७ बेपत्ता

सोल, मंसिर २७ । आन्टार्कटिक महासागरमा एउटा माछा मार्ने डुंगा डुब्दा पाँच चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको अनुमान गरिएको छ । पाँचजनाको मृत्यु भएको पुष्टि भइसकेको छ १७ जनाको अवस्था अञात रहेको अधिकारीहरूले बताएका छन् ।

बिस्तृत समाचार .....

६ प्रहरीसहित ११ को मृत्यु

रामादी, मंसिर २६ । पश्चिमी इराकको रामादी सहरमा एक आत्मघाती बम विस्फोट हुँदा ६ जना प्रहरीसहित ११ जनाको मृत्यु हुनका साथै ३५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।

बिस्तृत समाचार .....

जापानी प्रधानमन्त्रीद्वारा सम्झौताको स्वागत

टोकियो, मंसिर २६ । विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनको असरका कारणहरूलाई कम गर्न मेक्सिकोको कानकुनमा भएको विश्व सम्मेलनले केही महŒवपूर्ण कदम चालेको भन्दै जापानका प्रधानमन्त्री नातो कानले त्यसको स्वागत गरेका छन् ।

बिस्तृत समाचार .....

सैन्य अभ्यासलाई निरन्तरता

सोल, मंसिर २६ । दक्षिण कोरियाले उत्तर कोरियाका विरुद्ध गर्दै आएको सैनिक अभ्यासलाई निरन्तरता दिने भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

बिस्तृत समाचार .....

रिचर्ड होलब्रुक अस्वस्थ

ओबामाद्वारा स्वास्थ्यलाभको कामना
वासिंटन, मंसिर २६ ।
पाकिस्तान र अफगानिस्तानका लागि अमेरिकी विशेष दुत रिचर्ड होलब्रुक गम्भीर अस्वस्थ भएका छन् । अमेरिकी विदेश विभागमा काम गर्दागर्दै अचानक अस्वस्थ भएका होलब्रुकलाई तत्काल उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरूले उनको मुटुमा समस्या देखिएको भन्दै शनिबार शल्यक्रिया गरेका छन् ।

बिस्तृत समाचार .....

ओबामाले धूमपान त्यागे

वासिंटन, मंसिर २५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले धूमपानको लत छाड्नका लागि कडा मेहनत गरिरहेको समाचारमा जनाइएको छ । ओबामाले पछिल्लो नौ महिनादेखि एकपटक पनि धूमपान नगरेको पछिल्लो समाचारमा उल्लेख छ ।

बिस्तृत समाचार .....

'विश्वभर चारमध्ये एकले घूस ख्वाउँछन्'

बर्लिन, मंसिर २३ । गत वर्ष विश्वभर चारजनामध्ये एकजनाले घूस दिएको कुरा बिहीबार सार्वजनिक गरिएको एक अध्ययनले जनाएको छ ।

बिस्तृत समाचार .....

'चीन घातक प्रतिद्वन्द्वी'

लन्डन, मंसिर २३ । ‘विकिलिक्स’ नामक वेभसाइटले जारी गरेको पछिल्लो दस्तावेज अनुसार अमेरिकाले चीनलाई घातक प्रतिद्वन्द्वीका रूपमा लिने गरेको छ । विकिलिक्सका अनुसार अमेरिकी कुटनीतिक क्षेत्रले चीनलाई अनैतिक, आर्थिक दृष्टिमा घातक र आक्रामक प्रतिद्वन्द्वीका रूपमा व्याख्या गर्नेगरेको छ ।

बिस्तृत समाचार .....

भारतीय राजदूतमाथि अमेरिकामा सुरक्षा जाँच, भारतको आपत्ति

नयाँदिल्ली, मंसिर २३ । अमेरिकाका लागि भारतीय राजदूत मिरा शंकरलाई अमेरिकाको एक विमानस्थलमा सुरक्षा जाँच गरिएको विषयमा भारतले आपत्ति जनाएको छ । अमेरिकाको मिसिसिपी विमानस्थलमा अमेरिकी सुरक्षाकर्मीले भारतीय राजदूत मिरा शंकरको शरीरमा सुरक्षाको कारण जनाउँदै तलासी लिएको थियो ।

बिस्तृत समाचार .....

इजरायललाई मनाउन सकेन अमेरिकाले

वासिंटन, मंसिर २२ । इजरायली नियन्त्रणमा रहेको विवादित प्यालेस्टिनी क्षेत्रमा बस्ती विस्तार कार्य रोक्नका लागि अमेरिकाले इजरायललाई मनाउन नसकेको समाचार प्रकाशमा आएको छ । इजरायल र प्यालेस्टाइनको विपरीत हठका कारण अमेरिकाले मध्यपूर्व शान्ति प्रक्रिया सुचारु तुल्याउने आफ्नो प्रयास नै त्यागेको बताइन्छ ।

बिस्तृत समाचार .....

दोषी असान्जे होइन, अमेरिका : अस्ट्रेलिया

सिड्नी, मंसिर २२ । अस्ट्रेलियाले अमेरिकासँग सम्बन्धित लाखौं गोप्य दस्तावेज सार्वजनिक हुनुमा ‘विकिलिक्स’ नामक वेभसाइटका संस्थापक जुलियन असान्जे भनाइ अमेरिका नै दोषी भएको दाबी गरेको छ । असान्जे बेलायतमा गिरफ्तार भएपछि अस्ट्रेलियाबाट यस्तो प्रतिक्रिया आएको हो ।

बिस्तृत समाचार .....

सेनामा समलैंगिक भर्तीबारे राजनीतिक विवाद

वासिंगटन, मंसिर २१ । अमेरिकी सेनामा समलैंगिकलाई भर्ती गर्ने कानुनी प्रावधानबारे राजनीतिक विवाद बढ्दै गएको छ । सत्तारुढ डेमोक्रेटिक र विपक्षी रिपब्लिकन पार्टीबीच यस विषयमा विवाद बढेको हो ।

बिस्तृत समाचार .....

विकिलिक्सका संस्थापक जुलियन असान्जे गिरफ्तार

लन्डन, मंसिर २१ । अमेरिकासम्बन्धी गोप्य सूचना सार्वजनिक गरेर विश्वमै चर्चित ‘विकिलिक्स’ वेभसाइटका संस्थापक जुलियन असान्जेलाई बेलायतमा गिरफ्तार गरिएको छ । लन्डनको एक प्रहरी स्टेशनमा निर्धारित कार्यक्रम अनुसार मंगलबार बिहान पुगेका असान्जेलाई महानगरीय प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिस्तृत समाचार .....

फ्रान्सेली राष्ट्रपति भारत भ्रमणमा

बेंगलोर, मंसिर १८ । फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले भारतको असैन्य परमाणु कार्यक्रमको विकासमा आफ्नो देशका तर्फबाट समर्थन रहेको बताएका छन् । चार दिवसीय भारत भ्रमणका क्रममा शनिबार बेंगलोर आइपुगेका सार्कोजीले परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) मा भारतलाई सामेल गर्न र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भारतको दाबेदारीलाई समेत समर्थन जनाए ।

बिस्तृत समाचार .....

ओबामा अचानक अफगानिस्तानमा

काबुल, मंसिर १८ । अमेरिकी राष्ट्रपति बाराक ओबामा अचानक अफगानिस्तान भ्रमणमा आएका छन् । शुक्रबार बेलुका पूर्वनिर्धारित कार्यक्रम बिना नै अफगानिस्तान आएका ओबामाले त्यहाँ तैनाथ अमेरिकी सेनाका अधिकारीहरूसँग भेट गर्नुका साथै अफगान राष्ट्रपति हमिद कारजाइसँग टेलिफोनबाटै छलफल गरेका छन् ।

बिस्तृत समाचार .....

निर्वाचनपछि आइभोरी कोस्टमा तनाव

अबिद्जान, मंसिर १७ । हालै सम्पन्न निर्वाचन परिणामलाई वर्तमान राष्ट्रपति लरेन्ट जिवाग्बोको पार्टीले अस्विकार गरेपछि आइभोरी कोस्टमा राजनीतिक तनाव बढेर जनजीवनसमेत प्रभावित हुन पुगेको छ ।

बिस्तृत समाचार .....

विकिलिक्सको वेभसाइट बन्द

वासिंगटन, मंसिर १७ । अमेरिकासँग जोडिएका लाखौं विवादास्पद जानकारी सार्वजनिक गर्दै आएको वेभसाइट 'विकिलिक्स' बन्द गरिएको छ । विकिलिक्सका अनुसार वेभसाइटको 'डोमेन' सेवा प्रदायक कम्पनीले नै वेभसाइट बन्द गरिदिएको हो ।

बिस्तृत समाचार .....

डढेलोबाट इजरायलमा ४० को मृत्यु

हाइफा, मंसिर १७ । उत्तरी इजरायलको हाइफा नजिक जंगलमा डढेलो लाग्दा ४० जनाको मृत्यु भएको छ । सो घटनामा मर्नेहरुका बारेमा स्पष्ट हुन सकेको छैन । केही संचारमाध्यमले जनाए अनुसार प्यालेस्टिनी कैदीहरु डढेलोमा सल्किएर मरेका हुन् । सुरक्षित स्थलमा सार्ने क्रममा ती कैदी सवार मोटर डढेलोको चपेटामा परेपछि उनीहरुको मृत्यु भएको जनाइएको छ ।

बिस्तृत समाचार .....

हिमपातले युरोपको जनजीवन प्रभावित

लन्डन, मंसिर १६ । हिमपातका कारण उत्तरी युरोपको जनजीवन नराम्ररी प्रभावित भएको छ । रेल, बसलगायतका स्थल यातायातका अतिरिक्त हवाई यातायातसमेत ठप्प भएको बताइन्छ ।

बिस्तृत समाचार .....

ताइवानी पूर्व राष्ट्रपतिलाई कैद

ताइपेइ, मंसिर १६ । ताइवानका पूर्व राष्ट्रपति चेन सुइ वियानलाई ताइपेइको जेलबाट औपचारिक रूपमा १९ वर्षो कैद सजाय भुक्तान गर्ने गरी नजिकैको अर्को कारागारमा सारिएको छ ।

बिस्तृत समाचार .....

मतभेदका बीच जलवायु सम्मेलन सुरु

कानकुन, मंसिर १४ । मेक्सिकोको कानकुन सहरमा जलवायु सम्मेलन सुरु भएको छ । तर गत वर्ष कोपेनहेगनमा भएको सम्मेलनको उपलब्धिलाई हेर्दा यो सम्मेलनबाट धेरै कुरा हासिल हुन्छ भन्ने अपेक्षा गर्नु निरर्थक रहेको विश्लेषकहरू बताउँछन् ।

बिस्तृत समाचार .....

गोप्य दस्तावेज सार्वजनिक गर्नु गैरकानुनी : अमेरिका

वासिंटन, मंसिर १४ । अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले ‘विकिलिक्स’ द्वारा गोपनीय दस्तावेज सार्वजनिक गरिएकोमा कडा आलोचना गरेकी छन् । उनले यसरी गोप्य दस्तावेज सार्वजनिक गर्नु गैरकानुनी भएको बताइन् ।

बिस्तृत समाचार .....

‘उत्तर कोरियाको हमला अमानवीय’

सोल, मंसिर १३ । दक्षिण कोरियाका राष्ट्रपति लि म्युङ बाकले उत्तर कोरियाद्वारा गत साता दक्षिण कोरियामाथि भएको आक्रमणप्रति पहिलो पटक सार्वजनिक रूपमा टिप्पणी गर्दै हमला ‘अमानवीय’ रहेको बताएका छन् ।

बिस्तृत समाचार .....

विकिलिक्सद्वारा गोप्य दस्तावेज सार्वजनिक

सार्वजनिक गरिएका ती दस्तावेजले अमेरिका र उसका सहयोगी राष्ट्रबीचको सम्बन्ध र वास्तविकतालाई उजागर गरेको बताइन्छ ।

बिस्तृत समाचार .....

कोइलाखानीमा लागेको आगो नियन्त्रणबाहिर

वेलिंटन, मंसिर १३ । न्यूजिल्यान्डको साउथ आइजल्यान्ड द्वीपमा अवस्थित पाइक रिभर नामक कोइला खानीमा केही दिनदेखि भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । आइतबार झन् ठूलो विस्फोट भएपछि आगलागी नियन्त्रणबाहिर गएको अधिकारीहरूको भनाइ छ ।

बिस्तृत समाचार .....

आवासीय क्षेत्रमा खस्यो विमान

कराँची, मंसिर १२ । पाकिस्तानको कराँचीमा आइतबार एक विमान आवासीय क्षेत्रमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या यकिन हुन सकेको छैन । मालवाहक सो विमानमा चालक दलका आठ सदस्य रहेका थिए । दुर्घटनामा ती सबैको मृत्यु भएको छ । तर आवासीय क्षेत्रमा विमान खसेका कारण कम्तिमा २० घर जलेर नष्ट भएकाले स्थानीयवासीतर्फ पनि हताहत भएको आशंका गरिएको छ । तर जमिनमा रहेका कतिजनाको मृत्यु भएको छ भन्ने यकिन विवरण आउन सकेको छैन ।

बिस्तृत समाचार .....

दक्षिण कोरिया-अमेरिका संयुक्त सैन्य अभ्यास सुरु

सोल, मंसिर १२ । कोरियाली द्वीपमा जारी तनावका बीच दक्षिण कोरिया र अमेरिकाले आइतबारबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर कोरियाको चेतावनी र चीनले तनाव नबढाउन गरेको आग्रहका बाबजुद यो सैन्य अभ्यास सुरु भएको हो । अमेरिकाले उत्तर कोरियालाई ठेगान लगाउन यो सैन्य अभ्यास सार्थक हुने बताउँदै आएको छ ।

बिस्तृत समाचार .....

ओबामाको ओठमा १२ टाँका

वासिंटन, मंसिर ११ । अमेरिकी राष्ट्रपति बाराक ओबामा घाइते भएका छन् । उनको ओठमा १२ टाँका लगाउनु परेको बताइएको छ ।

बिस्तृत समाचार .....

विकीलिक्सले थप दस्तावेज सार्वजनिक गर्ने

वासिंटन, मंसिर ११ । 'विकीलिक्स' नामक वेभसाइटमा जारी हुने गरेका दस्तावेजले अमेरिकाको चिन्ता बढाउने गरेको छ । पहिलोपटक 'विकीलिक्स' ले अफगानिस्तान युद्धका बारेमा निकै गोपनीय मानिएका दस्तावेज सार्वजनिक गरेको थियो । ती दस्तावेज सार्वजनिक भएपछि अत्तालिएको अमेरिकाले 'विकीलिक्स' लाई त्यस्ता दस्तावेज सार्वजनिक नगर्न चेतावनी दिएको थियो ।

बिस्तृत समाचार .....

'आधा जीवन बलात्कृत भएरै बित्यो'

४२ वर्षीय यी महिलाको दुर्भाग्य हो या बिडम्बना, १३ वर्षको उमेर हुँदादेखि उनी आफ्नै पिताबाट बलात्कृत हुँदैआएकी हुन् ।

बिस्तृत समाचार .....

एक दशकपछिको मिलन

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले १० वर्षको अन्तरालमा पहिलोपटक आफ्नो कान्छो छोरासँग भेट गरेकी छन् ।

बिस्तृत समाचार .....

भागदौडमा तीन सय ५० भन्दा बढीको मृत्यु

नोमपेन्ह, मंसिर ७ । कम्बोडियाको नोम्पेन्हमा सोमबार राति अबेर भएको एक भागदौडमा परी मर्नेको संख्या तीन सय ५० पुगेको छ । नोम्पेन्हमा जारी ‘पानी महोत्सव’का क्रममा भएको भागदौडका क्रममा ती नागरिकको मृत्यु भएको बताइन्छ ।

बिस्तृत समाचार .....

'लन्डनभन्दा काबुल सुरक्षित'

काबुल, मंसिर ६ । अफगानिस्तानमा नेटोका नागरिक मामलाका एक वरिष्ठ प्रतिनिधिले बालबालिकाका लागि लन्डन, ग्लासगो, न्यूयोर्कभन्दा पनि काबुल सुरक्षित स्थान रहेको उल्लेख गरेका छन् ।
नेटोका प्रतिनिधि मार्क सेडवेलले भने, 'विस्फोट नभएका बम रहे पनि काबुल बालबालिकाका लागि कयौं पश्चिमी देशको तुलनामा सुरक्षित स्थान हो किनकि अफगान समाजले पारिवारिक मूल्यलाई बढावा दिने गर्दछ ।'

बिस्तृत समाचार .....

अनुराधा बनिन् 'सीएनएन हिरो'

‘माइती नेपाल’ नामक गैरसरकारी संस्थाकी संस्थापक अनुराधा कोइरालालाई ‘सीएनएन हिरो अफ दि इयर’ बाट सम्मान गरिएको छ ।

बिस्तृत समाचार .....

२०१४ पछि अफगानिस्तानको सुरक्षाजिम्मा अफगान सेनालाई

लिस्बन, मंसिर ५ । पोर्चुगलको राजधानी लिस्बनमा उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को दुई दिने सम्मेलनले सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानको सुरक्षासम्बन्धी जिम्मेवारी अफगानी सुरक्षाकर्मीलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

बिस्तृत समाचार .....

पश्चिमी इण्डोनेसियामा भूकम्प

जाकर्ता, मंसिर ५ । इण्डोनेसियाको पश्चिमी प्रान्त जाभा र सुमात्रा द्वीपमा क्रमश: ५ दशमलव २ र ५ दशमलव १ रेक्टर स्केलका भूकम्प गएको जलवायु तथा भूशास्त्र अध्ययन संस्थाले आइतबार जनाएको छ ।

बिस्तृत समाचार .....

विकिलिक्सका संस्थापकविरुद्ध गिरफ्तारी अपिल

स्वीडेन, मंसिर २ । अफगानिस्तान युद्धका गोप्य सैन्य दस्तावेज प्रकाशित गरेको वेभसाइट 'विकिलिक्स' का संस्थापक जुलियन असान्जेको गिरफ्तारीका लागि स्वीडेनको एक अदालतसामु अनुरोध गरिएको छ ।

बिस्तृत समाचार .....

ओबामालाई पराजित गर्न सक्छु : पालिन

वासिंटन, मंसिर २ । अमेरिकाकी रिपब्लिकन नेतृ सारा पालिनले सन् २०१२ मा हुने राष्ट्रपति निर्वाचनमा आफू उम्मेदवार हुन सक्ने बताएकी छन् । उनले उम्मेदवारीका बारेमा आफूले परिवार र निकट मित्रहरूसँग छलफल गरिरहेको उल्लेख गर्दै उम्मेदवार भएमा राष्ट्रपति बाराक ओबामालाई पराजित गर्ने विश्वास व्यक्त गरिन् ।

बिस्तृत समाचार .....

कारजाईको भनाइप्रति अमेरिका असन्तुष्ट

काबुल, कात्तिक ३० । अफगान राष्ट्रपति हमिद कारजाईले हालै अफगानिस्तानमा सैनिक कारबाही घटाउनुपर्ने धारणा व्यक्त गरेकोमा अमेरिकाले असन्तुष्टि जनाएको छ ।

बिस्तृत समाचार .....

भारत र पाकिस्तान सम्झौताको नजिक थिए : मुसर्रफ

न्युयोर्क, कात्तिक २८ । पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफले आफ्नो कार्यकालमा भारत र पाकिस्तान कास्मिर मुद्दामा एक सम्झौताको मस्यौदा तयार गर्ने दिशामा अगाडि बढिरहेको खुलासा गरेका छन् ।

बिस्तृत समाचार .....

अभिव्यक्ति स्वतन्त्रता नै लोकतन्त्रको आधार : सुकी

यांगुन, कात्तिक २८ । लामो नजरबन्दबाट मुक्त भएकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले आफ्ना समर्थकलाई निराश नभई लक्ष्य प्राप्तितर्फ अग्रसर हुन आग्रह गरेकी छन् ।

बिस्तृत समाचार .....

सैन्य कारबाही घटाउन कारजाईको आग्रह

काबुल, कात्तिक २८ । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले अफगानिस्तानमा जनजीवन नै अस्तव्यस्त हुने गरी सैन्य कारबाही नगर्न आग्रह गरेका छन् । अमेरिकी अखबार ‘वासिंटन पोस्ट’लाई अन्तर्वार्ता दिँदै कारजाईले सो धारणा व्यक्त गरेका हुन् ।

बिस्तृत समाचार .....

'पाकिस्तानलाई उग्रवादी संगठनको सहयोग'

वासिंगटन, कात्तिक २७ । अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले पाकिस्तानद्वारा भारत र अफगानिस्तानविरुद्ध उग्रवादी संगठनको सहयोग लिएको आरोप लगाएकी छन् । अमेरिकी टेलिभिजन ‘एबीसी’ सँगको अन्तरवार्तामा क्लिन्टनले पाकिस्तानमाथि सो आरोप लगाएकी हुन् ।

बिस्तृत समाचार .....

प्रजातन्त्रवादी नेतृ सुकी रिहा

करिब दुई दशकदेखि जेल र नजरबन्दमा रहँदै आएकी सुकीलाई शनिबार उनकै घरबाट नजरबन्दमुक्त गरिएको हो ।

बिस्तृत समाचार .....

बम आक्रमणमा २० को मृत्यु

कराँची, कात्तिक २६ । सशस्त्र विद्रोहीहरूको एक समूहले पाकिस्तानको कराँची सहरस्थित प्रहरी कार्यालयमा हमला गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गोली र ट्रक बम प्रहार गरी प्रहरीको अपराध जाँच शाखा कार्यालयलाई निशाना बनाइएको थियो ।

बिस्तृत समाचार .....

मलिकी पुनः प्रधानमन्त्री चयन

बग्दाद, कात्तिक २६ । इराकी संसद्ले नुरी अल मलिकीलाई पुनः प्रधानमन्त्री चयन गरेको छ । निर्वाचन परिणाम घोषणा भएको झण्डै आठ महिनासम्म राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा कामचलाउ सरकारको भरमा रहँदै आएको इराकमा बिहीबार भएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौतापछि नयाँ सरकार बन्ने बाटो खुलेको हो ।

बिस्तृत समाचार .....

गाजाको अवस्थामा सुधार आएन : राष्ट्रसंघ

न्यूयोर्क, कात्तिक २५ । संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी सहर गाजामा इजरायलद्वारा नाकाबन्दी खुकुलो तुल्याउने घोषणाका बाबजुद त्यहाँको अवस्थामा कुनै सुधार नआएको उल्लेख गरेको छ ।

बिस्तृत समाचार .....

सार्क सम्मेलन पर सारियो

टाइम्स सम्वाददाता
काठमाडौं, कात्तिक २५ । सन् २०११ को मार्चमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १७ औं शिखर सम्मेलनको मिति पारिवर्तन गरिएको छ । माल्दिभ्सले आयोजना गर्ने उक्त सम्मेलन आठ महिना पर सारिएको हो ।

बिस्तृत समाचार .....

तालिवानी नेता मारिए

काबुल, कात्तिक २४ । दक्षिणी अफगानिस्तानको घाज्नी प्रान्तमा अफगान सैनिक र नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलको कारबाहीमा मिर्जा जान नामक तालिवानी नेता मारिएको कुरा नेटोद्वारा बुधबार प्रकाशित वक्तव्यमा जनाइएको छ ।

बिस्तृत समाचार .....

'इण्डोनेसियाको एकता विश्वका लागि प्रेरणादायी'

जाकर्ता, कात्तिक २४ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इण्डोनेसियाको एकता विश्वका लागि प्रेरणादायी रहेको बताएका छन् । आफ्नो औपचारिक भ्रमणको क्रममा जाकर्ता आएका ओबामाले इण्डोनेसियाको प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।

बिस्तृत समाचार .....

अफगान राष्ट्रपतिद्वारा इरानबाट रकम लिएको स्वीकार

काबुल, कात्तिक ८ । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइले इरानबाट आफ्नो कार्यालयका लागि रकम लिएको स्वीकार गरेका छन् । तर उनले रकम लेनदेनको प्रकृया पारदर्शी भएको बताए ।

बिस्तृत समाचार .....

सार्कोजीको लोकप्रियता घट्यो

पेरिस, कात्तिक ८ । फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीको लोकप्रियतामा नाटकीय ढंगले कमी आएको छ । सेवानिबृत्ती सुधार योजनाका कारण उनको लोकप्रियतामा कमी आएको बताइन्छ ।

बिस्तृत समाचार .....

विस्फोटमा ६ को मृत्यु

लाहोर, कात्तिक ८ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टनमा रहेको स्थानीय धर्मस्थलमा सोमबार बिहान बम विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । सो घटना बाबा फरिदको स्मृतीस्थलमा भएको बताइन्छ ।

बिस्तृत समाचार .....

हैटीमा हैजा

पोर्ट–ओ–प्रिन्स, कार्तिक ७ । मध्य हैटीको अति जनघनत्व भएको राजधानी पोर्ट–ओ–प्रिन्समा पनि हैजा, झाडाबान्ताको महामारी फैलिएको छ । महामारीबाट दुई तीनदिनभित्र एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

बिस्तृत समाचार .....

मेक्सिकोमा १३ को हत्या

सियुडाड जुआरेज, कार्तिक ७ । अमेरिकी राज्य टेक्सासको एल पासो नगरसँग सिमाना जोडिएको उत्तरी मेक्सिकाली सहर सियुडाड जुआरेजमा अवस्थित स्थानीय एक भवनमा पार्टी मनाइरहेका समुहमाथि अज्ञात बन्दुकधारीहरुले अकस्मात गोली चलाउँदा १३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २० जना नराम्ररी घाइते भएका छन् । यो सहर मेक्सिकोको सबैभन्दा बढी हिंसाग्रस्त सहर मानिन्छ ।

बिस्तृत समाचार .....

जापान र चीनमा परस्पर विरोधी प्रदर्शन

टोकियो, कार्तिक ७ । चीनमा जापानबिरोधी प्रदर्शन जारी नै रहेको बेला जापानमा पनि चीनबिरोधी प्रदर्शन भएको छ । टोकियोबाट करिब ६ सय किलोमीटर पश्चिमी सहर टाकामात्सुमा करिब ३०० जना जापानी नागरिक उपस्थित भई चीनबिरुद्धमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

बिस्तृत समाचार .....

साठी लडाकुद्वारा आत्मसर्मपण

कुन्दुज, कार्तिक २ । अफगानिस्तानको दक्षिणी कुन्दुज प्रान्तमा ६० जना सशस्त्र हतियारधारी तालिवानीले आफ्नो हातहतियार बुझाएको प्रान्तीय प्रहरीप्रमुख अब्दुल रहमानले जनाएका छन् ।

बिस्तृत समाचार .....

पाकिस्तानलाई परमाणु हतियार बनाउन चटारो

वासिंगटन, असोज २६ । परमाणु हतियारसम्बन्धी कार्यक्रमको निगरानी गर्ने एक अमेरिकी संस्थाका अनुसार पाकिस्तानले परमाणु हतियार निर्माण कार्यलाई तीव्र तुल्याएको छ । यतिबेला ७० देखि ९० वटा परमाणु हतियार रहेको पाकिस्तानले हालैका दिनमा परमाणु हतियार निर्माण कार्यलाई बढाएको ‘दि इन्स्टिच्यूट फर साइन्स एण्ड सेक्युरिटी’ नामक संस्थाले दाबी गरेको छ ।

बिस्तृत समाचार .....

चिनियाँ विद्रोही नेतालाई नोबेल शान्ति पुरस्कार

ओस्लो, असोज २२ । चिनियाँ नीतिविरुद्ध आवाज उठाउने लिउ जियाओबोलाई यस वर्षको नोवेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको छ । लिउ हाल चीनको जेलमा ११ वर्षे कैद भोग्दैछन् । उनलाई २५ डिसेम्बर, सन् २००९मा ११ वर्षे कारावासको सजाय तोकिएको थियो ।

बिस्तृत समाचार .....

सीमामा अझै अवरोध

इस्लामाबाद, असोज २२ । अमेरिकाले आफ्ना हेलिकोप्टरबाट भएको आक्रमणमा दुईजना पाकिस्तानी सैनिकको मृत्यु भएकोमा क्षमा मागे पनि पाकिस्तानले अफगानिस्तानतर्फ नेटोका लागि पठाइने सामान लैजाने मुख्य सीमाविन्दु अझै खुला गरेको छैन । सो नाका कहिले खोल्ने भन्ने टुंगो नभएको अधिकारीहरु बताउँछन् ।

बिस्तृत समाचार .....

खानीभित्र मजदूरसँगै मालिक पनि

बेइजिङ, असोज २२ । चीनमा बढ्दो खानी दुर्घटना रोक्न सरकारले नयाँ नियम लागू गरेको छ । बिहीबारदेखि लागू गरिएको सो नियम अनुसार अब खानीभित्र मजदूरसँग व्यवस्थानपक्ष पनि बस्नुपर्ने छ ।

बिस्तृत समाचार .....

युरोपमा हमला रोक्न पाकिस्तानमा कारबाही

पेरिस, असोज २० । अफगानिस्तानमा अमेरिकी नेतृत्वमा तैनाथ नेटो सेनाले पाकिस्तानी भूमिमा पछिल्ला दिनहरूमा व्यापक सैन्य कारबाही गरेको छ । मानवरहित विमानमार्फत यसअघि सैन्य कारबाही गर्दै आएको अमेरिकी सेनाले पछिल्लो दिनमा हेलिकोप्टरबाटसमेत कारबाही गरेको छ ।

बिस्तृत समाचार .....

फैसललाई आजन्म काराबास

न्यूयोर्क, असोज २० । अमेरिकाको एक अदालतले न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा विस्फोट गराउने षडयन्त्र रचेको अभियोगमा पाकिस्तानी मूलका अमेरिकी नागरिक फैसल शहजादलाई आजन्म कारबासको सजाय तोकेको छ ।

बिस्तृत समाचार .....

तालिवानसँग वार्ता

काबुल, असोज २० । अफगानिस्तान सरकारले तालिवान लडाकूसँग वार्ता सुरु गरेको बताइन्छ । अमेरिकी अखबार ‘वासिंटन पोस्ट’ का अनुसार सरकार र तालिवानबीच उच्चस्तरमा वार्ता सुरु भएको छ । वार्तामा संलग्न स्रोतलाई उद्धृत गर्दै सो अखबारले भनेको छ, ‘तालिवानहरू सुरक्षित अवतरणको बाटो खोल्न निकै गम्भीर देखिएका छन् ।’

बिस्तृत समाचार .....

थाईल्यान्डकी रानीलाई स्वास्थ्यलाभ

बैंकक, असोज १६ । थाईल्यान्डकी रानी सिरीकीतको मुटुसम्बन्धी रोग निको भएको जनाइएको छ । मुटुसम्बन्धी समस्याका कारण दुई दिन अघि उपचारका लागि अस्पताल भर्ना भएकी रानी शनिबार स्वास्थ लाभ गरी राजदरबार फर्किएकी हुन् । थाई राजदरबारका अनुसार उपचारपछि निको भई रानी सिरीकीत शनिबार दरबार फर्किएकी हुन् । उनलाई मुटुको अनियमित धड्कनका कारण समस्या देखापरेपछि बिहीबार बैंककको किङ चुलान्कोर्न मेमोरियल अस्पताल भर्ना गरिएको थियो ।

बिस्तृत समाचार .....

जापानमा चीनविरोधी प्रदर्शन

टोकियो, असोज १६ । जापान र चीनबीचको जल सीमा अतिक्रमणसम्बन्धी विवादमा जापानको कूटनीति असफल भएको भन्दै जापानका राष्ट्रवादी समूहमा आबद्ध केही व्यक्तिले जापानको राजधानी टोकियोमा जापानी अधिकारीहरुलाई ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरेका छन् ।

बिस्तृत समाचार .....

रेल दुर्घटनामा ३५ को मृत्यु

इन्डोनेसियाको जाभा प्रान्तनजिकको पेमालंग सहरमा शनिबार दुईवटा रेल एकआपसमा टोक्किदा कम्तीमा ३५ जनाको निधन भएको छ ।

बिस्तृत समाचार .....

नेटोको २७ ट्यांकर ध्वस्त

पेशावर, असोज १५ । दक्षिणी पाकिस्तानमा संदिग्ध आतंककारीले नेटोका २७ ट्यांकरमा आगजनी गरेको छ । अफगानिस्तानमा नेटो सेनाका लागि इन्धन लैजादैं गरेका ती ट्यांकरलाई सिन्ध प्रान्तको शिकारपुरमा शुक्रबार बिहान जलाइएको हो ।

बिस्तृत समाचार .....

सैनिकद्वारा राष्ट्रपतिको उद्धार

क्वेटा, असोज १५ । आन्दोलित सुरक्षाकर्मीको कब्जामा रहेका इक्वेडरका राष्ट्रपति राफेल कोर्रेयालाई सेनाले उद्धार गरेको छ । भत्ता कटौतीको विरोधमा उत्रिएका प्रहरीको एक टोलीले उनलाई अस्पतालमा कब्जा गरेको थियो ।

बिस्तृत समाचार .....

उत्तर कोरियाली उत्तराधिकारीको फोटो प्रकाशित

सोल, असोज १४ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ इलका उत्तराधिकारीको फोटो पहिलोपटक प्रकाशित गरेको छ । यसअघि किम जोङ इलका कान्छा छोरा किम जोङ उन उत्तर कोरियाको उत्तराधिकारी घोषित हुने चर्चा चलेको थियो ।

बिस्तृत समाचार .....

'विवादित जमिन रामजन्मभूमि'

अदालतले उक्त जमिनको स्वामित्व भने तीन पक्षलाई बराबर बाँड्ने निर्णय गरेको छ ।

बिस्तृत समाचार .....

नेटो हमलामा पाकिस्तानी सैनिक मारिए

इस्लामावाद, असोज १४ । अफगानिस्तानको सीमावर्ती पाकिस्तानी क्षेत्रमा उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) ले गरेको सैन्य कारवाहीमा तीन पाकिस्तानी सैनिक मारिएका छन् । पाकिस्तानी सुरक्षा अधिकारीहरुका अनुसार नेटोको हेलिकोप्टर पाकिस्तानी सीमाभित्र प्रवेश गरी अर्धसैनिक बलको एक चेकपोष्टमा हमला गर्दा तीन सैनिक मारिएका हुन् । सो हमलामा अन्य तीन सैनिक घाइते भएको बताइन्छ ।

बिस्तृत समाचार .....

स्वेच्छाले क्रिस्चियन बनेँ : ओबामा

न्यु मेक्सिको, असोज १३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको धार्मिक आस्थाबारे विभिन्न अड्कलबाजी, जनमत सर्वेक्षण र विवाद चलिरहेकै बेला ओबामाले आफू स्वेच्छाले क्रिश्चियन भएको बताएका छन् । एउटा छलफल कार्यक्रममा प्रत्यक्ष सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ओबामाले आफू स्वेच्छाले क्रिस्चियन धर्मावलम्बी भएको र यौवनावस्थादेखि प्रभु जिसस क्राइष्टको भक्तिबाट आफूले चाहेको उद्देश्य प्राप्त गर्न प्रेरणा मिलेको बताए ।

बिस्तृत समाचार .....

'कश्मीरमा जनमत संग्रह गर्नुपर्छ'

न्यूयोर्क, असोज १३ । पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरैसीले विवादित कश्मीर मुद्दाको समाधान जनमत संग्रहबाट खोजिनुपर्ने धारणा राखेका छन् । उनले संयुक्त राष्ट्रसंघ महासभाको वार्षिक सम्मेलनमा सम्बोधन गर्दै कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेका हुन् ।

बिस्तृत समाचार .....

अचानक रोए कारजाइ

काबुल, असोज १३ । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइ सार्वजनिक कार्यक्रममा अचानक रोएका छन् । शिक्षक तथा विद्यार्थीलाई सम्बोधन गर्दा उनी भावुक हुँदै अचनाक रोएका हुन् ।

बिस्तृत समाचार .....

पहिरोमा तीन सय घर पुरिए

मेक्सिकोमा भारी वर्षाका कारण आएको पहिरोमा परी करिब तीन सय घर पुरिएका छन् ।

बिस्तृत समाचार .....

मस्कोका मेयर बर्खास्त

मस्को, असोज १२ । रुसी राष्ट्रपति डिमित्री मेडभेडेवले मंगलबार मस्कोका मेयर युरी एम लुज्कोभलाई बर्खास्त गरेका छन् । सोभियत संघ पतनपछि लामो समय देशमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका लुज्कोभलाई राष्ट्रपतिमाथि गरेको टिप्पणीपछि बर्खास्त गरिएको हो ।

बिस्तृत समाचार .....

खुलेनन् विद्यालय

श्रीनगर, असोज १२ । अधिकारीहरूले विद्यालय खोल्न आदेश दिएको दोस्रो दिन मंगलबार पनि भारत प्रशासित कश्मिरका विद्यालय बन्द रहेका छन् ।

बिस्तृत समाचार .....

झारखण्डमा माओवादीसँग मुठभेड

रायपुर, असोज ११ । भारतको झारखण्ड राज्यमा सुरक्षाकर्मी र माओवादीबीच मुठभेड भएको छ । विगत ३६ घण्टादेखि जारी मुठभेडमा सुरक्षाकर्मीतर्फ तीन प्रहरीको मृत्यु हुनका साथै नौजना घाइते भएको बताइएको छ ।

बिस्तृत समाचार .....

पाकिस्तानमा नेटोको सैन्य अभियान

पेशावार, असोज ११ । अफगानिस्तानस्थित उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) ले पाकिस्तानी भूमिमा गरेको सुरक्षा कारवाहीमा कम्तीमा ५० लडाकु मारिएका छन् । यद्यपी हताहतीको आधिकारिक पुष्टि हुन सकेको छैन ।

बिस्तृत समाचार .....

चीनमा न्युमोनिक प्लेग

बेइजिङ, असोज १० । चीनका अधिकारीहरूले तिब्वतमा खतरनाक न्युमोनिक प्लेग रोगका कारण पाँच जना बिरामी भएको र तीमध्ये एक जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

बिस्तृत समाचार .....

विवादास्पद भनाईपछि मन्त्रीको राजीनामा

इस्लामावाद, असोज १० । सर्वोच्च अदालतका मुख्य न्यायाधीश र सेनाका बारेमा विवादास्पद धारणा व्यक्त गरेपछि पाकिस्तानका रक्षा उत्पादन मन्त्रीले अब्दुल हयुम जतोइले राजीनामा दिएका छन् । राजीनामा दिनु अघि विवादास्पद धारणा व्यक्त गरेका मन्त्री जतोइलाई प्रधानमन्त्री युसुफ राजा गिलानीले सचेत गराएका थिए ।

बिस्तृत समाचार .....

मध्यपूर्व शान्ति प्रकृया नाजुक मोडमा

न्यूयोर्क, असोज १० । इजरायलले विवादास्पद क्षेत्रमा यहुदी बस्ती बिस्तारमा रोक लगाउँदै आएको समयसीमा समाप्त हुने अवस्थामा पुगेको छ । अमेरिकाको पहलमा केही साता अघि भएको वार्ताले सकारात्मक परिणाम दिन नसकेकै समयमा इजरायलबाट बस्ती विस्तार योजना स्थगनको म्याद थपबारे कुनै स्पष्ट धारणा आउन सकेको छैन । त्यसैले पनि मध्यपूर्व जारी शान्ति प्रकृयाको भविष्य अन्योलमा परेको विश्लेषकहरु बताउँछन् ।

बिस्तृत समाचार .....

विमानमा बम राखिएको सूचनापछि आकस्मिक अवतरण

स्टकहोम, असोज ९ । क्यानाडाबाट पाकिस्तान जाँदै गरेको एक जहाजमा बम राखिएको आशंकामा स्वीडेनमा आकस्मिक अवतरण गराइएको छ । यस क्रममा एकजनालाई नियन्त्रणमा समेत लिइएको बताइएको छ ।

बिस्तृत समाचार .....

जापानी हिरासतमा रहेका चिनियाँ क्याप्टेन रिहा

टोकियो, असोज ९ । जापानका दैनिक पत्रपत्रिकाले शनिबार जापानले चिनियाँ क्याप्टेनलाई गरेको रिहाइले कुटनीतिक दबबाका सामु झुकेको महसुस गराएको प्रतिक्रिया दिएका छन् ।

बिस्तृत समाचार .....

सम्पादक रिहा गर्न अधिकारकर्मीको माग

बैंकक, असोज ९ । थाइल्यान्डका अधिकारवादीहरूले एकजना अनलाइन मिडियाका सम्पादकलाई सरकारले पक्राउ गरेकोमा कडा विरोध गरेका छन् । थाइल्यान्डको थाई न्यूज वेबसाइटकी सम्पादकलाई राजसंस्थाप्रति अनास्था फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

बिस्तृत समाचार .....

हत्या गराएबापत मृत्युदण्ड

भर्जिनिया, असोज ८ । अमेरिकाको भर्जिनिया राज्यमा एक महिलालाई मृत्युदण्ड दिइएको छ । अधिकारीहरूका अनुसार हत्या गराएको आरोपमा ४१ वर्षीय ती महिलालाई विषालु इन्जेक्सन लगाएर मृत्युदण्ड दिइएको हो ।

बिस्तृत समाचार .....

अहमदीनेजादको भनाइको विरोधमा बैठक बहिष्कार

न्यूयोर्क, असोज ८ । संयुक्त राष्ट्रसंघको वार्षिक बैठकमा इरानी राष्ट्रपति महमुद अहमदीनेजादले विवादास्पद भनाइ व्यक्त गरेपछि अमेरिकालगायत ३३ राष्ट्रले बैठक बहिष्कार गरेका छन् । अहमदीनेजादले अमेरिकामा सेप्टम्बर ११, २००१ को घटना अमेरिकी षड्यन्त्रको हिस्सा भएको बताएपछि अमेरिकासहित पश्चिमा राष्ट्रले बैठक बहिष्कार गरेका हुन् ।

बिस्तृत समाचार .....

पाकिस्तानी महिलालाई ८६ वर्ष जेल

वासिंगटन, असोज ८ । अमेरिकामा पाकिस्तानकी वैज्ञानिक डाक्टर आफिया सिद्दीकीलाई ८६ वर्षको कारवास सजाय तोकिएको छ । उनलाई अमेरिकी सैनिकको हत्या प्रयासमा सो सजाय दिइएको हो ।

बिस्तृत समाचार .....

'कंगोमा सामूहिक बलात्कार'

जेनेभा, असोज ८ । गत जुलाई महिनाको ३० देखि अगष्टको २ तारिखसम्मको चारदिनमा नै प्रजातान्त्रिक गणतन्त्र कंगोमा त्यहाँका हतियारधारी लडाकूहरुद्वारा तीनसय तीनजनाको बलात्कार भएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।

बिस्तृत समाचार .....

नेतन्याहु 'कुशल हत्यारा' : अहमदिनेजाद

न्युयोर्क, असोज ७ । इरानी राष्ट्रपति महमुद अहमदिनेजादले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ‘कुशल हत्यारा’ रहेको टिप्पणी गरेका छन् । उनले अमेरिकी टेलिभिजन ‘सीएनएन’सँगको अन्तर्वार्तामा सो टिप्पणी गरेका हुन् ।

बिस्तृत समाचार .....

अवकाश प्राप्त गर्ने उमेर थपिएकोमा विरोध प्रदर्शन

पेरिस, असोज ७ । राष्ट्रपति निकोलास सार्कोजीले फ्रान्सेली निजामती कर्मचारीहरूको अवकाश प्राप्त गर्ने उमेर ६० बाट बढाई ६२ वर्ष पुर्‍याउने कार्यक्रम ल्याएपछि व्यापक विरोध भएको छ ।

बिस्तृत समाचार .....

डेढ अर्ब जनसंख्या भोकमरीमा

न्यूयोर्क, असोज ६ । संयुक्त राष्ट्रसंघले भोक र गरिबीसँग लड्ने तरिकामाथि विचार गर्न आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बताइएअनुसार विश्वमा अझै डेढ अर्ब नागरिक गरिबी र भोकमरीको सामना गरिरहेका छन् । विश्वका एक सय ४० राष्ट्रका प्रतिनिधि सम्मिलित उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघले सो तथ्यांक प्रस्तुत गरेको हो ।

बिस्तृत समाचार .....

प्रहरीका लागि करोडौंको लौरो

लखनउ, असोज ५ । भारतको उत्तर प्रदेश राज्यमा प्रहरीका लागि करोडौं रुपैयाँ खर्चिएर लौरो किन्न लागिएको छ । त्यसो त प्रहरीको हातमा बन्दुक भए पनि भीड नियन्त्रणका क्रममा बन्दुकको तुलनामा लौरोले मानवीय क्षति कम हुने भएकाले ७५ करोड ५० लाख रुपैयाँ लौरोका लागि खर्च गर्न लागिएको हो ।

बिस्तृत समाचार .....

६ जना कामदारको मृत्यु

काबुल, असोज ५ । अफगानिस्तानको राजधानी काबुलबाट ६० किलोमिटर उत्तरमा पर्ने पार्वान प्रान्तमा स्थानीय सडक निर्माण गर्ने कम्पनीको कामदारहरू चढेको गाडी सडक किनारमा राखिएको एक बममा ठोक्किदाँ ६ जना कामदारको मृत्यु भएको निजी टेलिभिजनले जनाएको छ ।

बिस्तृत समाचार .....

३० बालबालिका नदीमा खसे

मुजफरावाद, असोज ५ । पाकिस्तान अधिनस्थ कस्मिरमा ३० जना बालबालिका बोकेको गाडी (भ्यान) एक नदीमा खस्दा सबै बेपत्ता भएका छन् । प्राय:जसो सबै बालबालिकको मृत्यु भइसकेको हुन सक्ने प्रहरीले जनाएको छ ।
 

बिस्तृत समाचार .....

सर्वदलीय प्रतिनिधिमण्डल कास्मिरमा

श्रीनगर, असोज ४ । भारतका गृहमन्त्री पी चिदम्बरमको नेतृत्वमा एक प्रतिनिधिमण्डल कास्मिरमा भएका अनवरत हिंसाका घटनाको लेखाजोखा गर्ने उद्देश्यले सोमबार दुई दिने भ्रमणका क्रममा कास्मिर आइपुगेको छ ।

बिस्तृत समाचार .....

रेल दुर्घटनामा १५ को मृत्यु

ग्वालियर, असोज ४ । भारतको ग्वालियरनजिकै बदरवास रेलवे स्टेसनमा सोमबार दुई रेल आसपसमा जुध्दा १५ जनाको मृत्यु भएको छ । घटना स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे भएको हो ।

बिस्तृत समाचार .....

'भारत भ्रमण खतरापूर्ण'

नयाँदिल्ली, असोज ४ । अमेरिका, बेलायत र अस्ट्रेलियाले आफ्ना नागरिकलाई भारत भ्रमण नगर्न सुझाव दिँदै भ्रमणका लागि भारत खतरापूर्ण रहेको जनाएका छन् ।

बिस्तृत समाचार .....

हिंसाका बाबजुद मतदान सम्पन्न

काबुल, असोज २ । अफगानिस्तानमा शनिबार हिंसाका घटनाबीच संसदीय निर्वाचन सम्पन्न भएको छ । संसदीय निर्वाचनमा करिब ९२ प्रतिशत निर्वाचन केन्द्र मतदानका लागि खुला रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

बिस्तृत समाचार .....

'धर्मलाई सीमित गरेका कारण बेलायती लोकतन्त्र खतरामा'

लन्डन, असोज २ । इशाई धर्म गुरु पोप बेनेडिक्ट १६ औं ले इशाई धर्मलाई सीमित परिधिमा राखेका कारण बेलायतको लोकतन्त्र खतरामा परेको धारणा व्यक्त गरेका छन् । उनले भने, ‘धर्म निरपेक्षताको अर्थ कुनै धर्मलाई सीमित दायरामा राख्नु होइन ।’ सबै धर्मलाई उत्तिकै स्वतन्त्रता दिइनु नै वास्तविक अर्थमा धर्म निरपेक्षता हुने उनको भनाइ थियो ।

बिस्तृत समाचार .....

'बेलायतमा आतंकवादी हमलाको खतरा'

लन्डन, असोज १ । बेलायतको गुप्तचर विभाग ‘एमआई–फाइभ’ ले देशको सुरक्षा अवस्थाका बारेमा चेतावनी दिएको छ । सो संस्थाले कुनै पनि बेला देशमा आतंकवादी हमला हुनसक्ने चेतावनी दिएको हो ।

बिस्तृत समाचार .....

न्युयोर्कमा आँधीबेहरीले विध्वंस

न्युयोर्क, असोज १ । बिहीबार राति अमेरिकाको न्युयोर्कमा आएको शक्तिशाली आँधीबेहरीका कारण एकजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । छोटोसमय मै आँधीबेहरीको प्रभाव कम भए पनि न्युयोर्कका सडक छेउमा रहेका रूख ढाल्न सक्ने क्षमता भएको सो आँधीका कारण केही सवारीसाधनसमेत क्षतिग्रस्त भएका छन् ।

बिस्तृत समाचार .....

ग्याँस विस्फोटमा पाँचको मृत्यु

जीनान, भदौ ३१ । चीनको सानडोंग प्रान्तको सिनोवेक प्लास्टिक कारखानामा ग्याँस विस्फोटन हुँदा पाँच जनाको मृत्यु भएको उक्त कारखानाका अधिकारीहरूले बिहीबार बताएका छन् ।

बिस्तृत समाचार .....

आठ लडाकू मारिए

कुन्दुज, भदौ ३१ । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा बुधबार राति नेटोद्वारा गरिएको कारबाहीमा आठजना तालिवानी लडाकू मारिएको नेटोका प्रान्तीय प्रवक्ता वेसेलले बताएका छन् ।

बिस्तृत समाचार .....

पोप बेलायत भ्रमणमा

एडिनवर्ग, भदौ ३१ । क्रिस्चियन धर्मगुरु पोप बेनेडिक्ट १६ औं लाई बिहीबार बेलायतकी महारानी एलिजावेथ द्वितीयले हात मिलाउँदै स्वागत गरेकी छन् । पोप चारदिने भ्रमणको सिलसिलामा बेलायत आएका हुन् ।

बिस्तृत समाचार .....

मेक्सिको स्वतन्त्रता दिवस मनाउँदै

मेक्सिको सिटी, भदौ ३१ । लागूऔषध तस्करहरूसँगको भीडन्त, समुद्री आँधी, बाढीजस्ता चुनौतीको सामना गर्दै आएको मेक्सिकोले दुई सयौं वार्षिक स्वतन्त्रता दिवस मनाउँदै छ । स्पेनबाट स्वतन्त्रता प्राप्त गरेको २ सय वर्ष पुगेको अवसरमा राजधानीलगायत देशका विभिन्न भागमा भव्य समारोह आयोजना गरिएको छ ।

बिस्तृत समाचार .....

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....