2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
ढल्यो आदर्श राजनीतिको खम्बा

नारायण अर्याल
काठमाडौं, फागुन २० ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ । उनको शुक्रबार राति ११:२६ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । सन्तनेता भट्टराईको निधनसँगै अघिल्लो पुस्ताका राजनीतिज्ञहरूको अन्त्य मात्रै भएको छैन, आदर्शवादी राजनेताको पनि अन्त्य भएको छ ।
निधन भएको केही बेरपछि उपचारमा संलग्न नर्भिक अस्पतालका निर्देशक डा. भरत रावतले हरसम्भव प्रयास गर्दा पनि किसुनजीलाई बचाउन नसकिएको बताए । ‘हामीले सबै प्रकारका विधि लगायौं तर, सम्भव भएन,’ उनले भने ।
८७ वर्षीय सन्तनेता भट्टराईलाई मृगौला, फोक्सो र मुटुमा समस्या आएपछि माघ २९ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । तर पनि सुधार आउन नसकेपछि फागुन चार गतेदेखि अस्पतालको सघन कक्ष (सीसीयू) मा राखिएको थियो । अस्पताल भर्ना भएको एक्काईसौं दिनमा उनको निधन भएको हो ।
सघन कक्षमा राखिएका भट्टराईको स्वास्थ्य पछिल्लो ४८ घण्टायता निकै चुनौतिपूर्ण बनेको थियो । रक्तसञ्चार तथा रक्तचाप, श्वासप्रश्वासलगायतका समस्या देखिएपछि उनलाई कृत्रिम रूपमा श्वासप्रश्वास गराइएको थियो । बिहीबार राति एक बजेपछि पिसाब हुन छाडेपछि शुक्रबार दिनभर थप तनाव सिर्जना भएको थियो । पिसाब नभएकै कारण उनको जीउ सुन्निँदै गएको थियो । पिसाब खुलाउन बारम्बार औषधि दिइए पनि कुनै प्रगति हुन नसकेको चिकित्सकहरूले बताए ।

सादा जीवन उच्च विचारका अनुयायी किसुनजीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले शुक्रबार दिउँसो उनकी सहयोगी अमिता कपाली, भतिजाद्वय प्रमोद र विनोद तथा केही कांग्रेस नेताहरूसँग भेन्टिलेटरमा राखेर भए पनि केही दिन जीवितै राख्ने विषयमा परामर्श गरेका थिए । तर, परिवारका सदस्य र सहयोगीले नै भट्टराई मृत्युनजिक पुगिसकेकाले प्राकृतिक रूपमै निधनको मार्गप्रशस्त गरिदिन चिकित्सकहरूलाई सल्लाह दिएका थिए । त्यसपछि चिकित्सकहरूले शुक्रबार दिउँसोदेखि भट्टराईलाई दिइएको अक्सिजनको पाइप हटाई प्राकृतिक रूपमै सास फेर्न लगाएका थिए ।
‘चिकित्सकहरूले के गर्ने भनेर सोधेका थिए, तर, उहाँहरू (परिवारका सदस्य र सहयोगी) ले प्राकृतिक रूपमै निधन होस् भन्ने चाहनुभयो, अनि अक्सिजन लगाइएको पाइप झिकियो,’ कांग्रेस युवा नेता रामहरि खतिवडाले शुक्रबार राति भने ।
राणाकालदेखि पञ्चायत कालसम्म अनवरत रूपमा नेपालमा प्रजातन्त्र बहालीका लागि संघर्ष गरेका नेपाली राजनीतिका शीर्ष पुरुष भट्टराई नेपाल पत्रकार महासंघको प्रथम सभापति थिए । नेपालमा सम्पन्न पहिलो आमनिर्वाचनपछि बनेको प्रतिनिधिसभाका प्रथम सभामुख भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका प्रधानमन्त्री थिए । २०४८ साल र २०५१ सालको संसदीय निर्वाचनमा पराजित भएका भट्टराई २०५६ सालको आमनिर्वाचनमा पर्साबाट निर्वाचित भएका थिए । उनी त्यसपछि पनि नेपाली प्रधानमन्त्री भए ।
आफ्नै नेतृत्वमा २०४७ सालको संविधान जारी गरेका भट्टराईले बहुदलको पुनर्वहालीपछि पहिलो संसदीय निर्वाचन गराएका थिए । आफैं पराजित भएर पनि नेपाली कांग्रेसलाई बहुमत दिलाउन भने उनी सफल भएका थिए ।
कांग्रेसको स्थापनादेखि नै बीपी कोइरालाको विश्वासपात्र रहेका किसुनजीले बीपी कोइराला असक्त भएपछि कार्यवाहक सभापतिको हैसियतमा झण्डै पन्ध्र वर्ष पार्टी सञ्चालन गरे । २०४८ सालमा झापामा सम्पन्न महाधिवेशनपछि भने उनी विधिवत् रूपमै पार्टी सभापतिमा निर्वाचित भए । पार्टीको आन्तरिक विवादलाई सहज रूपमा समाधान गर्न खप्पिस किसुनजी अन्तिम समयमा भने राजनीतिबाट बाहिर थिए । कांग्रेसको विभाजनदेखि निस्क्रीय किसुनजीले पार्टीले लोकतान्त्रिक गणतन्त्रको नीति अवलम्बन गरेपछि भने विधिवत रूपमा पार्टी परित्यागको घोषणा गरेका थिए । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा विश्वास राख्ने सन्तनेता भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रलाई राजनीतिक दलहरूलाई नै कार्यकारी अधिकार दिन सुझाव दिएका थिए भने गणतन्त्रमा प्रवेश नगर्न राजनीतिक दलहरूलाई सुझाएका थिए । त्यसैले उनी संवैधानिक राजतन्त्रवादी नेताका रूपमा समेत परिचित थिए ।
कम्तिमा एक सय वर्ष बाँच्ने चाहना राख्ने किसुनजीले गत माघमा आफ्नो ८७ औं जन्मदिनमा समेत सय वर्ष बाँच्ने चाहना रहेको बताएका थिए । तर, दैवले उनको चाहनालाई भने पूरा हुन दिएन । तीन साता लामो कठोर उपचारले पनि उनलाई जीवित राख्न सकेन ।
आध्यात्मिक चिन्तन र उच्च मनोबलका धनी किसुनजी कुनै लोभ, लालच र स्वार्थ नभएका राजनेता थिए । नेपाली राजनीतिको ६ दशकभन्दा लामो समय केन्द्रमा रहेर पनि उनले आफ्ना लागि केही जोडेनन् । सरकारले निर्माण गरिदिएको आश्रममा सहयोगी अमिता कपाली र केही सुरक्षाकर्मीका साथ सादा जीवन बिताउँदै आएका किसुनजी अब यो धर्तीमा त रहेनन् तर, नेपालको प्रजातान्त्रिक आन्दोलन र आदर्श राजनीतिमा उनले पुर्‍याएको योगदान भने नेपालको इतिहासमा कालान्तरसम्म पनि जीवितै रहनेछ ।
 


सेयर »

                                      

आफ्नो प्रतिक्रिया पठाउनुस्

*चिन्ह भएका खाली ठाउँ भर्न जरुरी छ ।
 
भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....