2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
राजकीय सम्मानसहित किसुनजीको अन्त्येष्टि

भतिजा प्रमोदबाट दागबत्ती

सरोज अधिकारी
काठमाडौं, फागुन २२ ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानका साथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८७ वर्षीय भट्टराईको गत शुक्रबार राति उपचारका क्रममा निधन भएको थियो ।
भट्टराईको पार्थिव शरीरमा उनका साइँला दाई गोपालप्रसाद भट्टराईका छोरा प्रमोद भट्टराईले दागबत्ती दिएका थिए । भट्टराईको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोक धुन बजाउनुका साथै १३ तोपको सलामी अर्पण गरेको थियो । भट्टराईलाई सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा राजकीय सम्मान प्रदान गरेको थियो ।

दागबत्ती दिनुअघि भट्टराईप्रति प्रधानमन्त्री झलनाथ खनाललगायतकाले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । कांग्रेसले भट्टराईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेको थियो । कांग्रेस सभापति सुशील कोइरालाले सन्त नेता भट्टराईको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएका थिए ।
स्व. भट्टराईप्रति आर्यघाटमा नै प्रधानमन्त्री खनाल, सभामुख सुवासचन्द्र नेम्वाङ, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखहरूले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । त्यस्तै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेललगायतका नेताहरूले पनि आर्यघाटमा भट्टराईप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

पशुपति आर्यघाटमा ठूलो संख्यामा जम्मा भएका सर्वसाधारणले 'भट्टराई अमर रहुन्' भन्ने नारासमेत लगाएका थिए । भट्टराईको पार्थिव शरीरमा भतिजा प्रमोदले दागबत्ती दिँदा कतिपय सर्वसाधारण आफ्नो मन थाम्न नसकी रोएका थिए ।
भट्टराईको अन्तिम संस्कारमा सहभागी भीडबाट आर्यघाट खचाखच भएको थियो । बालबालिकादेखि वृद्धवृद्धासम्म भट्टराईको अन्तिम संस्कारमा सहभागी भएका थिए । भट्टराईप्रति श्रद्धासुमन अर्पण गर्न सबै क्षेत्रका व्यक्तिहरू आर्यघाट पुगेका थिए ।

त्यसअघि झण्डै ६ घण्टा दशरथ रंगशालामा श्रद्धाञ्जलिका लागि शव राखिएको थियो । रंगशालाबाट सुरु भएको शव यात्राका क्रममा घरघरबाट फूल तथा पानी चढाएर भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । रंगशालाबाट दिउँसो २ बजे भट्टराईको शवलाई न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, बत्तिसपुतली, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइएको थियो । शवयात्रामा हजारौं सर्वसाधारणको सहभागिता थियो ।
शवयात्रामा सामेल नेता, कार्यकर्ता र शुभेच्छुकले 'किसुनजी अमर रहुन्, नेपाली कांग्रेस जिन्दावाद', 'जय नेपालको नाराले मुक्ति पाए साराले' लगायतका नारा लगाएका थिए । शव यात्रामा सहभागीहरूले भट्टराईको तस्वीर अंकित प्लेकार्ड तथा नेपाली कांग्रेसको झण्डा बोकेका थिए ।
भट्टराईको शव राखिएको नेपाली सेनाको ट्रकलाई फूल र नेपाली कांग्रेसको झण्डाले ढाकिएको थियो । उक्त ट्रकमा शव यात्राभर नेपाली कांग्रेसका सभापति कोइराला, वरिष्ठ नेता देउवा, दलका नेता पौडेल, भट्टराईकी सहयोगी अमिता कपाली र भट्टराईका दुई भतिजाहरू रहेका थिए । शव यात्रालाई नेपाली सेना र प्रहरीको गाडीले स्कर्टिङ गरेको थियो ।
यसअघि बिहान आठ बजेदेखि दशरथ रंगशालामा राखिएको भट्टराईको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पणका लागि राष्ट्रपति डा. रामवरण यादवसमेत पुगेका थिए भने भट्टराईको पार्थिव शरीरमा बिहान ८:४२ बजे प्रधानमन्त्री खनालले चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डा ओढाएर भट्टराईप्रति राष्ट्रिय सम्मान प्रकट गरेका थिए ।
भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेस, नेकपा एमालेलगायत राजनीतिक दलका नेताहरू, मन्त्रिपरिषद्का सदस्यहरू, सभासद्, कर्मचारीहरू, कुटनीतिक नियोगका प्रतिनिधि, कलाकार, खेलाडी, सर्वसाधारण तथा हजारौं शुभेच्छुक रंगशालामा पुगेका थिए ।
यसअघि उनको पार्थिव शरीरलाई ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपा हुँदै रंगशाला लगिएको थियो । भट्टराईको पार्थिव शरीरलाई रंगशालातर्फ लैजाने क्रममा पार्टीको आधा झुकाइएको चारतारे झण्डा राखिएका ८७ वटा मोटरसाइकलले स्कर्टिङ गरेका थिए ।


सेयर »

                                      

आफ्नो प्रतिक्रिया पठाउनुस्

*चिन्ह भएका खाली ठाउँ भर्न जरुरी छ ।
 
भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....