2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
कटाक्ष

सर्कारको देन

तर सर्कारले पूर्व युवराज पारसलाई भने निकै ठूलो गुन लाइदेको छ । उन्लाई उपप्रधानमन्तरी सुजाताका ज्वाइँलाई झन्नै मारेको भन्ने आरोपमा प्रहरी खटाएर पोखराबाट चितवन लगेर सर्कारले गुन लाइदेको हो । आफैंले छानबिन समिति गठन गरिसकेको अवस्थामा समितिले काम थाल्नुअघि नै सर्कारले पारसलाई पक्राउ गर्नुले सर्कारको बहादुरीभन्दा पनि पारसको जयजयकार बढाइदियो ।

बिस्तृत समाचार .....

राजनीतिक समीकरण

नेपालका राजनीतिक दलहरू कहिले कुन कित्तामा कता फर्केर उभिने हुन् भन्ने कुरा हजार जिब्रो भाको शेष नागले पनि बुझ्न नसक्ने भो । राजनीतिक दलहरूलाई नै कहिले कुन कित्तामा आफू उभिने भन्ने भेउ हुन्न जस्तो छ, पत्रकार मनुवाले त झन् पत्तो पाउने कुरै भएन ।

बिस्तृत समाचार .....

वाह पारस

पूर्व युवराज पारस नेपालमा यो साताका चर्चित अनुहार बने । साताभरि नै उनी समाचारको केन्द्र पनि बने । चर्चा पाउन या त धेरै राम्रो काम गर्नु पर्‍यो या धेरै नराम्रो । पारसले राम्रो काम गरेका थिए या नराम्रो भन्ने छुट्याउन यतिबेला हम्मेहम्मे परेको छ ।

बिस्तृत समाचार .....

विदेश सरर

ए बाबा, हेप्ने पनि सीमा पो हुन्छ त । सोझो पाए भनेर हाम्रा पर्धानमन्तरीलाई जे भने नि हुने ? राजीनामा दिइसक्या पाँच मैना भो । उहिले स्वीकृत पनि भाको । अर्को पर्धानमन्तरी नआउन्जेल काम चलाइराख भनेर राष्टपतिले तोकेकाले काम चलाइराख्या मात्र हुन् माधप बाबुले । काम चलाइराख भन्या मतलव जुगौंसम्म तिमीले नै ठेक्का लिइराख भन्या त हैन होला ? राजीनामा दिइसकेपछि उन्को पनि त सुर हुन्छ । रौतहटमा गएर खेती नै गर्ने कि, परिवारसँग घुमफिर गर्ने कि, व्यापार व्यवसाय गरेर जीविको चलाउने कि ! उन्को आफ्नै सुर होला । पाँच/पाँच मैनासम्म अर्को पर्धानमन्तरी बनाउन नसक्ने अनि विदेश भर्मण पनि जान नदिने त अन्याय नै हुन्छ ।

बिस्तृत समाचार .....

भ्रमण वर्षको प्रचार

भ्रमण वर्ष सफल पार्न विदेशीलाई नेपालप्रति ध्यानाकर्षण गराउनु पनि एउटा प्रमुख अध्याय हो । यो काममा राजनीतिक वृत्तले पनि उत्तिकै सहयोग पुर्‍याएको छ । काम चलाउ सरकारले पाँच महिना पार गर्नु पनि विश्वका लागि दुर्लभ परिदृष्य हो । यस्तै दुर्लभ परिदृष्यको आयु थप्दै हामीले विश्वमा नेपाललाई चिनाइरहेका छौं, ताकि विदेशीहरू यहाँका राजनीतिक दल, नेताहरू र जनतालाई नजिकबाट हेर्न आइदिउन् । यसको उद्देश्य भ्रमण वर्ष सफल पार्नसँगै जोडिएको छ ।

बिस्तृत समाचार .....

एक्लो बृहस्पति

नेपालमा प्रधानमन्त्रीको निर्वाचन कति लम्बिन्छ भन्ने टुंगो भएन । आइतबार आठौं पटक निर्वाचन हुन गइरहेको छ । यसबीचमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी फिर्त लिएर नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई एक्लो बृहस्पति बनाइदिएका छन् ।

बिस्तृत समाचार .....

फापेन क्यारे

नयाँ नेतृत्व चयन हुनासाथ भएका यस्ता घटना अपसकुनको संकेत पो हो कि भन्ने आशंका बढ्दो छ । तर एकाध घटनालाई लिएर मन चिसो पार्नु हतार नै हुने हो कि ? यदि अपसकुन नै हो भने ग्रहशान्ति गर्नुपर्ने पो हो कि ? हेर्दै जाऊ भनेर कुर्दा कुर्दै धेरै ढिलो होला भन्ने पनि डर ।

बिस्तृत समाचार .....

राष्ट्रपतिको बेचैनी

पूर्व राजा ज्ञानेन्द्रलाई धार्मिक यात्रामा रोक लगाएको सरकारले राष्ट्रपतिको सक्रियता देखाउन पो यस्ता कार्यक्रमको सुझाव दिएको हो कि ? अन्यथा दैनिकजसो गिती क्यासेट तयार हुने नेपालमा राष्ट्रपतिले कति क्यासेट बिमोचन गर्दै हिँड्ने ? कसैलाई काखा कसैलाई पाखा गर्न नयाँ नेपालमा नमिल्ला नि, कसो ?

बिस्तृत समाचार .....

स्वास्थ्योपचारमा विभेद

भारतीय जनतालाई नेपाली डाक्टरप्रति भरोसा लाग्दो हो, नेपाली नेतालाई भारतीय डाक्टरको भर लाग्दो हो । डाक्टर भनेको अप्रेसन गर्ने वा सुई घोच्नेमात्र हुँदैन नि, भारतीय प्रधानमन्त्री मनमोहन सिंह पनि डाक्टर नै हुन् । उनको टोलीले अचेल नेपाली नेताहरूको उपचारमा विशेष ध्यान दिएको छ रे ।

बिस्तृत समाचार .....

भट्टराई र कांग्रेस

कांग्रेसप्रतिको उनको त्यो टिप्पणीलाई लिएर कांग्रेसले मानहानीको दाबी गर्ने कि भट्टराईकै शब्दमा ‘निरर्थक र नक्कली संस्था’ को महाधिवेशन प्रचार सामग्रीमा आफ्नो तस्वीर समावेश गरेको भन्दै अब भट्टराईले क्षतिपूर्तिको दाबी गर्ने ? यसबारे छुट्याउनै सकिएन ।

बिस्तृत समाचार .....

रिमोट कन्ट्रोल

विज्ञानका चमत्कारले नेपालको मुख्य क्रान्तिकारी पार्टी एकीकृत नेकपा माओवादीलाई भने धेरै सास्ती दिएको छ । उसले केही काम गर्न आँट्यो कि रिमोट कन्ट्रोलबाट कसैले बिथोल्दिन्छ । श्रीमतीले स्टार प्लस च्यानलमा सिरियल हेरिरहेको बेलामा सोफामा बसेको श्रीमानले रिमोटबाट च्यानल परिवर्तन गर्दै नेपाली समाचार हेरेजस्तै ।

बिस्तृत समाचार .....

पारसको जयजय

 दोष कसलाई दिने ? उहिले राजाले शासन हातमा लिदा पनि जयजय गर्ने यिनै जनता, राजालाई फाल्ने आन्दोलनमा राजतन्त्र मुर्दावाद भन्ने पनि यिनै जनता, अनि अहिले पारस र हिमानीको सत्कारमा तँछाड मछाड गर्ने पनि यिनै जनता । धन्य छ नेपाली जनता ।

बिस्तृत समाचार .....

नेपाली मिडिया

विज्ञापन उपलब्ध गराउने डाबर नेपाल त्यही संस्था हो जसको एक उत्पादन ‘रियल जुस’ मा कुन्नि के–के भेटियो भनेर केहीदिन अघि संचारमाध्यममा समाचार प्रकाशित भएको थियो । सोही समाचार प्रकाशित भएपछि भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली मिडियामाथि प्रत्याक्रमण गरेको थियो । यो मामला सेलाउन नपाउँदै डाबर नेपालकै प्रायोजनमा भएको मिस नेपालकै समाचार र विज्ञापनले बिहीबार अधिकांश दैनिक पत्रिका ढाकिए ।

बिस्तृत समाचार .....

फितलो गाइजात्रा

हाम्रा नेताहरुले पनि कलाकारितामा आफ्नो दक्षता देखाउन थालेकाले पेशेवर कलाकारहरुको भविष्य चौपट बन्दै गएको हो । पेशेवर कलाकारहरु नयाँ विषयवस्तु र शैली खोज्न अल्छि हुँदैजानु अनि नेताहरुचाँही कलाकारभन्दा हामी के कम भन्दै १२ महिना गाइजात्रे प्रस्तुतीमा लाग्नुले पनि यसपाला गाइजात्राको रौनक घटेको होला ।

बिस्तृत समाचार .....

उम्मेदवारी र प्रचार

तर घोत्लिएर आफैंतिर हेर्ने हो भने दुई महिनासम्म पनि हाम्रा प्रधानमन्त्रीका दुई उम्मेदवारमध्ये कसैले जित्न नसकी घिड्घिडो भएर बस्नु परिरहेको अवस्थामा अब नेपालले राष्ट्रसंघीय महासभामा अध्यक्षताका लागि उम्मेदवारी दिएको विषयले कतिपयलाई काउकुती नै लाग्दो हो । ती राजदूतहरु के भन्दा हुन् कुन्नि ? आफ्नो देशमा प्रधानमन्त्री चुन्न नसकेको अवस्थामा अर्को उम्मेदवारीको चर्चा चलाउनु गजब नै त हो ।

बिस्तृत समाचार .....

कीर्तिमान

यतिबेला त उनलाई फकाइफुल्याई भएनि त्यही कुर्सीमा राख्नु पर्‍या छ । 'नाई म बस्तिन यो कुर्चीमा, भत्भती पोल्न थाल्यो' भन्दै उनी जुरुक्क उठे भने बित्यासै हुन्छ । आखिर देशमा कोही त पर्धानमन्तरी हुनै पर्‍यो नि । जितेर नयाँ नआउन्जेल पुरानैले भएनि काम त चलाउनै पर्‍यो ।

बिस्तृत समाचार .....

फोक्सोमा खेती

छातीमा पीडा भएपछि उनी अस्पताल गए । चिकित्सकले जाँच गर्दा उनको फोक्सोमा केराउ टुसाएको पाइएपछि शल्यक्रिया गरी केराउ निकालिएको छ । तर अनाज उत्पादन घट्दै गएको परिस्थितीमा सबैले यसरी फोक्सोमा खेती गरेर पेट पालिएला र ?

बिस्तृत समाचार .....

हार्न के लाज ?

केही महिना अघिसम्म सांसद किनबेचको फोहोरी खेलमा लाग्दैनौं भनेर सडक आन्दोलनमार्फत प्रधानमन्त्रीको राजीनामा माग्ने माओवादीले आफ्ना अध्यक्ष चार पटकसम्म प्रधानमन्त्रीय निर्वाचनमा पराजित भएको अवस्थामा 'हामी सांसद किनबेचमा लागेका छैनौं' भन्नु पनि त बिडम्बना नै हो ।

बिस्तृत समाचार .....

अब ज्ञानेन्द्रको पालो

सडकमा उफ्रेर माउवादीले सत्ता पायो भने भोलिका दिनमा पूर्व राजाले पनि यसैगरी सडकमा आफ्ना समर्थक उतारे भने चाँही के गर्ने ? दलहरुले अहिले नै टुंगो लाए वेस हुन्थ्यो । माउवादीले उतारेका चाँही जन्ता, ज्ञानेन्द्रले उतारेका चाँही 'भरौटे' भन्ने तर्कले मात्र त्यतिबेला काम नगर्ने हो कि ? 

बिस्तृत समाचार .....

समाचार थरीथरीका

मिडियाको भीड बढेकै कारण समाचार नपाएर पो कतै विभिन्न संचारमाध्यमले यस्ता भ्रामक समाचारको खेती गरेका पो हुन् कि ? हाम्रा कमरेडहरुले लेखाजोखा गदै होलान्, हैन त ?

बिस्तृत समाचार .....

राष्ट्रपति चिन्तित

 सबैभन्दा बढी चिन्ता त बिचरा राष्ट्रपतिलाई भएको हुनुपर्दछ । अरु त प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री बनेर आफ्नो हैसियत सम्हाल्लान्, बिचरा राष्ट्रपतिले चाँही के गर्ने ?

बिस्तृत समाचार .....

आत्मरक्षाको तालिम

घर झगडामा राजमार्ग अवरुद्ध नगर्न, एक-अर्काको सहअस्तित्वलाई स्वीकार गरी भाइचारा बढाउन, कसैको सम्पत्ती नलुट्नु, कसैमाथि सांघातिक आक्रमण नगर्नु भनेर उसले त्यसरी तालिम संचालन गरेको भने होइन ।

बिस्तृत समाचार .....

सहमतिका आधार

वहुमत जुटाउन पनि नसक्ने, सरकारको नेतृत्व पनि गर्नुपर्ने, आफू सरकारमा नगई संविधान बन्न सक्दैन पनि भन्ने अनि संविधान नबने विद्रोह गर्छौं पनि भन्ने बडो गजबको हठ छ ।
 

बिस्तृत समाचार .....

दलहरुले ल्याएका परिवर्तन

कमल थापा भन्दैछन्, 'शान्ति सम्झौता खारेज नगरेसम्म मुलुकमा समस्या समाधान हुन सक्दैन ।' उनले खारेज गर्न चाहेको त्यही सम्झौता हो जसबाट माओवादीका लडाकु मुलुकका विभिन्न शिविरमा थन्किएका छन् । 

बिस्तृत समाचार .....

मधेसी राजनीति

आपूर्ति मन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आफू सम्मिलत सरकार असफल भएको भन्न रत्तिभर लाज छैन । उनी निर्धक्कसँग भन्छन्, 'सरकार असफल भइसक्यो ।'

बिस्तृत समाचार .....

भाग्यमानी काम्रेड

हेरौं लोडसेडिङले अँध्यारो भाको यो मुलुकमा यी भाग्यमानी पर्धानमन्तरीको भाग्यमा बलेको बत्तीले कतिन्जेल धान्ने हो ?

बिस्तृत समाचार .....

देश दौडाहा

किर्गिजिस्तानमा विपक्षीहरुले सत्ता कब्जा गरे भन्छन् । हाम्रा विपक्षीले पनि उहिले देखि नै सत्ता कब्जा गर्ने योजना सुनाउँदै आएका छन् । चैत २४ गते देशैभरी सभा  गरेर माओवादीले सत्ता कब्जाको प्रारम्भिक अभ्यास गरिसकेको छ । कार्यकर्तालाई पनि तम्तयार पारेको छ । कमसेकम उसले आफूले बोलेको कुरा त पुर्‍याउने तरखर गर्दैछ ।

बिस्तृत समाचार .....

राजनीति

अरुको त कुरै छाडौं, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पहिलोपटक राष्टपतिका लागि निर्वाचन हुन लाग्दा गिर्जाबाउलाई रामराजाप्रसाद सिंह जत्तिको पनि योग्य नदेख्ने दल र तिनका नेता यतिबेला आफू गिर्जाबाउको अधुरो सपना पुरा गर्न तत्पर रहने भन्दै नरसाएका आँखा पनि रुमालले घोचेरै रसाएझैं बनाउँदैछन् ।

बिस्तृत समाचार .....

ज्ञानेन्द्रको देन

उनले त्यसरी नबोलेको भए प्रमुख दलहरु उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व कसले गर्ने, सरकार ढालिहाल्ने कि राख्ने भन्नेजस्ता विवादमा पाखुरा सुर्किरहेका थिए । एकाएक 'राजतन्त्र गयो भन्नु काल्पनिक कुरा हो' भनेर अन्तरवार्ता दिए पछि भने दलहरु सबै विवाद थामथुम पार्दै सहमतिमा जुटे ।

बिस्तृत समाचार .....

मैले के बिराए ?

झन् नेपालका राजनीतिज्ञहरुले यो गीतको मर्म महशुश गरे के होला ? कल्पना गरिहेर्नुस त । केपी कामरेडले भन्लान्, 'जेएन कामरेडको गाला चड्काए, मैले के बिराए ?'

बिस्तृत समाचार .....

हिन्दू राष्ट्रका लागि महायज्ञ

नयाँ नेपाल भनेर थालनी गरिएका नयाँ कामले देशै भताभुङ्ग हुँदै गएपछि अब पुरानै अवस्थामा फर्किएर परिवर्तनलाई परिमार्जन गर्दै जाने हो भने 'राजसंस्था पनि चाहिने पो रहेछ' भन्दै कुनै दिन ज्ञानेन्द्र वा उनका नातिलाई नरायणहिटीमा फर्काइने पो हो कि भन्ने आशंका पनि उब्जिएको छ ।

बिस्तृत समाचार .....

वाह गृहमन्त्री

हत्यै हत्याको श्रृङ्खलाबीच गृहमन्त्रीको कुर्स खाली हुन नदिनु पनि ठूलै पुरुषार्थ बन्ने रहेछ यो 'नयाँ नेपाल' मा ।

बिस्तृत समाचार .....

'सरकार ढल्दैन’

त्यसो त गाडिएको कुरा पो ढल्छ, गाडिदैं नगाडिएको कुरा कसरी ढल्नु ? कसो उपप्रधानमन्त्री ज्यू ?

बिस्तृत समाचार .....

आधिकारिक धारणाको खोजी

कुन मन्त्रीले बोलेको कुन कुरा सरकारको आधिकारिक धारणामा पर्दछ र कुन मन्त्रीले बोलेको कतिकुरा आधिकारिक धारणाभित्र पर्दैन भन्ने छु्टाउने एउटा बेग्लै मन्त्रालय भइदिए नेपालमा कमसे कम विनाविभागीय मन्त्री पनि देख्न पाइने थिएन होला र मन्त्रीहरुका बीच नै तेरो धारणा आधिकारीक होइन, मेरो धारणा आधिकारिक हो भन्ने जुहारी पनि सायद चल्दैनथ्यो होला ।

बिस्तृत समाचार .....

बुढाको दिन गए

अबका दिनमा कांग्रेसमा बुढा नेताको कुनै गुञ्जायस देखिदैंन । किनकी कुन बेला कार्यकर्तासँग कसरी भिड्नुपर्ने हो भन्ने ठेगान हुँदैन ।

बिस्तृत समाचार .....

गोरुलाई कट्टु

ओलीको दोहोरी यत्तिकैमा सीमित रहेन, उनले भने, 'गोरु नाङ्गै हिडेको देख्दा अब मलाई लाज लाग्न छोडिसकेको छ ।'

बिस्तृत समाचार .....

भयो उपचार

जे होस्, नेपाली जनताको बलबुता बाहिरकै कुरा भए पनि तिनै नेपाली जनताका नेता गिरिजाप्रसाद कोइरालाले भने हवाइ एम्बुलेन्स चढेर देखाइदिए ।

बिस्तृत समाचार .....

नायिकाहरुलाई पछुतो

बिचरी रेखा थापाले पो जानिछन् । माओवादीले सिंहदरवार घेराउ गर्दा प्रचण्डसँग नाँचेर भए पनि उनले प्रशस्त चर्चा बटुलिन् । 

बिस्तृत समाचार .....

अनौठो संयोग

त्यसैले त सिंगापुरमा उपचार गराइरहेका गिरिजाप्रसाद कोइरालालाई भेट्न उनी हानिए । तर पूर्व युवराज पारसको सिंगापुर प्रस्थानसँगै प्रचण्डको पनि साइत जुर्नु संयोगमात्र हो या 'दालमे कुछ काला' भन्ने कुराचाँही भारतका नेपाल विज्ञ एस. डी. मुनीलाई मात्र राम्ररी थाहा होला ।

बिस्तृत समाचार .....

भ्यागुताको धार्नी

भ्यागुताको धार्नी बरु सजिलै पुग्न सक्ला, माधवकुमार नेपालको मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन ।

बिस्तृत समाचार .....

ब्रेकिङ्ग न्यूजको होड

मिडिया जहिले पनि 'ब्रेकिङ्ग न्यूज' को भोका हुन्छन् भन्ने कुराको पछिल्लो उदाहरण भारतीय संचारमाध्यमले बुधबार र बिहीबार देखाएका छन् ।

बिस्तृत समाचार .....

हात्ति आयो, हात्ति आयो- फुस्सा

आकाशिँदै गरेको महंगीलाई टार्न बजेटले केही न केही राहत देला भनेर टेलिभिजन अगाडि बसेका तमाम सरकारी कर्मचारीलाई यसपालीको बजेटले हात्ति आयो, हात्ति आयो फुस्सा भनेझैं गरायो ।

बिस्तृत समाचार .....

खेलाडीलाई लोप्पा

 

पढेर मात्र होइन खेलेर पनि ठूलो मान्छे हुने, नाम र दाम कमाउने बेला आयो भनेको त नेपाली खेलाडीले लोप्पा खान पो थाले ।

बिस्तृत समाचार .....

निहुँ खोज्या हो ?

अहिले त घोर कलि लाग्या छ । ठूलो स्वर गर्न नि नहुने, ख्याल ठट्टा गर्दा नि डराउनुपर्ने ।

बिस्तृत समाचार .....

बिचरा बच्चाहरू

घर बाहिर निस्कँदा अपहरणमा परिने डर, घरभित्रै बस्दा पनि आतंक ।

बिस्तृत समाचार .....

तेहरी भाका

सोमबार संसदमा पर्धानमन्त्री माधउ कुमार र माउवादीका अधक्षे परचण्डले मनको भारी बिसाए ।

बिस्तृत समाचार .....

प्रधानमन्त्रीको हविगत

यतिबेला एमाले र माओवादीबीचको सम्बन्ध विचित्रको छ ।

बिस्तृत समाचार .....

हुटिट्याउँको सिको

सत्ता भनेकै यस्तै रहेछ, सरकाराँ गाको दिनदेखि पर्धानमन्तरीदेखि मन्तरीहरूको भुइँमा खुट्टा छैन ।

बिस्तृत समाचार .....

टेलिभिजनमा गाईजात्रा

राजधानीमा मात्र नभई बन्द र हड्ताल नेपाल भरि नै सामान्य भइसकेको छ ।

बिस्तृत समाचार .....

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....