2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
खेलकूद

इंग्ल्याण्डविरुद्ध आयरल्याण्डको रोमाञ्चक जित

एजेन्सी
बेंग्लोर, फागुन १८ ।
केभिन ओ ब्रायनले कीर्तिमान प्रदर्शन गरेपछि टेष्ट नखेल्ने राष्ट्र आयरल्याण्डले टेष्ट राष्ट्र इंग्ल्याण्डलाई तीन विकेटले हराउँदै कीर्तिमानमाथि अर्को कीर्तिमान कायम गरेको छ ।

बिस्तृत समाचार .....

चेल्सीद्वारा म्यानचेष्टर युनाइटेड स्तब्ध

लण्डन, फागुन १८ । विजयीयात्रा जारी राख्ने म्यानचेष्टर युनाइटेडको योजना चकनाचूर पार्दै इंग्लिस प्रिमियर लिगमा चेल्सीले उपाधिका लागि आफू सक्षम रहेको देखाएको छ । गएराति स्ट्याम्डब्रिजमा चेल्सीले म्यानचेष्टर युनाइटेडलाई २-१ ले हराउँदै लिग तालिकामा ४८ अंक बनाएको छ । तथापि लिग लिडर म्यानचेष्टर युनाइटेडसँग चौथो स्थानमा रहेको चेल्सी अझै १२ अंकले पछि छ ।

बिस्तृत समाचार .....

कर्मचारीले ताला फोडे

टाइम्स संवाददाता
काठमाडौं, फागुन ११ ।
तालाबन्दीका कारण पछिल्लो २१ दिनदेखि बन्द रहेको राष्ट्रिय खेलकुद परिषद् बुधबार खुलेको छ । परिषद्का वर्तमान पदाधिकारीहरू परिषदमा जारी आन्दोलनलाई समाधान गर्न नलागेको भन्दै कर्मचारीहरूले आपसी सहमतिमा ताला खोलेका हुन् । तर आन्दोलनरत पक्षले ताला खोलेकोमा विरोध गर्दै पुनः ताला लगाउने प्रयास गरे पनि प्रहरीले रोकेको थियो ।

बिस्तृत समाचार .....

उपाधिका लागि पुलिस र सेना भिड्ने

टाइम्स संवाददाता
काठमाडौं, फागुन ११ ।
युवा खेलकुद समूह नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्बल उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले पावर डेभलपमेन्ट बोर्ड बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बललाई पराजित गर्दै फाइनलमा प्रवेश गरको हो । भक्तपुरको शहीद स्मृति खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले पावर डेभलपमेन्ट बोर्ड बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

बिस्तृत समाचार .....

सहिद धर्मभक्तलाई उपाधी

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ । 
सहिद धर्मभक्त स्कुलले तेस्रो सुदेशा अन्तरबिद्यालय रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ ।

बिस्तृत समाचार .....

प्राइम र नेसनल सेमिफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ ।
डिफेन्डिङ च्याम्पियन प्राइम र नेसनल क्याम्पस १६ औं प्रोफेसनल–ज्ञान कार्निभल अन्तरकलेज (प्लस टु) बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । प्राइम समूह ‘ए’ तथा नेसनल समूह ‘बी’ को विजेता बने ।

बिस्तृत समाचार .....

न्युटन र न्यु डायमण्ड उपाधी नजिक

टाइम्स संवाददाता
काठमाडौं, माघ २८ ।
‘न्युटन तेस्रो उपत्यकाब्यापी छात्रछात्रा भलिबल प्रतियोगिता’ अन्तर्गत छात्रतर्फ न्युटन र छात्रातर्फ न्यु डायमण्ड शुक्रबारको खेलमा बिजयी हुँदै उपाधी नजिक पुगेका छन् । छात्र समुहको खेलमा न्युटनले २५–१६, २५–९ र २५–१४ को सोझो सेटमा कामनालाई पछि पार्दै फाइनलको यात्रा तय गरेको हो ।

बिस्तृत समाचार .....

ग्रिनल्यान्डको दुवै टोली विजयी

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
आयोजक ग्रिनल्यान्डको ‘ए’ र ‘बी’ टिमले पाँचौं क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शुक्रबार जित हात पारेका छन् ।

बिस्तृत समाचार .....

ह्वाइटहाउस उपाधिनजिक

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
ह्वाइटहाउस ‘कीर्तिपुर महोत्सव कप’ खुला महिला तथा पुरुष बास्केबटल प्रतियोगिताको पुरुषतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेको छ । नयाँ बजार क्लबद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा ह्वाइटहाउसले साउथ साइडर्सलाई ७१–५२ ले पाखा लगायो । ह्वाइटहाउसको जितमा राजीव जोशीले १६ अंक योगदान दिए । उता साउथ साइडर्सका ऋषि रोबर्टसनले २८ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।

बिस्तृत समाचार .....

आईटी र पीएसटीएन विजयी

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
नेपाल टेलिकम सातौं वार्षिकोत्सव कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन शुक्रबार आईटी र पीएसटीएनले जित हात पारेका छन् । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईटीले सीडिएमएलाई ५८ रनले पराजित गरेको हो ।  पहिलो ब्याटिङ गरेको आईटीले निर्धारित २० ओभरमा १७० रन बनाएको थियो ।

बिस्तृत समाचार .....

इनोभेटिभको विजयी सुरुवात

टाइम्स संवाददाता
काठमाडौं, माघ १४ ।
प्रथम इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ आयोजक इनोभेटिभ इङलिस स्कुलले शुक्रबार विजयी सुरुवात गरेको छ ।

बिस्तृत समाचार .....

शंकरदेव र केसीएमआईटी उपाधि नजिक

टाइम्स संवाददाता
काठमाडौं, माघ ६ ।
शंकरदेव क्याम्पस र कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी (केसीएमआईटी) पाँचौं प्राइम 'बीबीए कप' छात्र नकआउट फुटबल प्रतियोगिताको बिहीबार फाइनलमा प्रवेश गरेका छन् । प्राइम स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा शंकरदेवले क्याम्पियनको चुनौति ३-१ ले समाप्त पार्‍यो ।

बिस्तृत समाचार .....

भीएस र रिलायन्स क्वार्टरफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, माघ ६ ।
भीएस निकेतन र रिलायन्स प्रथम बागमती मोर्डन अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । भीएस निकेतनले ह्वाइटहाउसलाई ३८-२७ ले पराजित गर्‍यो ।

बिस्तृत समाचार .....

कमल र राम सम्मानित

टाइम्स संवाददाता
काठमाडौं, पुस १० ।
दुई भिन्न अन्तर्राष्ट्रिय भेट्रान्स प्रतियोगितामा पदक जित्न सफल कमल थापा र रामकृष्ण महर्जन शनिबार सम्मानित भए । उनीहरूलाई नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीले सम्मान गरेको हो । कमलले भारतको नयाँदिल्लीमा भएको सिनियर खुला टेनिस प्रतियोगिताको ५५वर्ष उमेरसमूहमा स्वर्ण जितेका थिए । त्यस्तै रामकृष्णले मलेसियामा भएको १६औं एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको १० हजार मिटर दौडमा पहिलो भएका थिए ।

बिस्तृत समाचार .....

प्रहरी राष्ट्रिय जुडो च्याम्पियन

टाइम्स संवाददाता
काठमाडौं, पुस १० ।
चौथो राष्ट्रिय खुल्ला जुडो प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । शनिबार सम्पन्न खेलमा नेपाल पुलिसले ५ स्वर्ण, १ रजत र २ कास्यपदक जितेको हो । दोस्रो स्थान हात पार्दै बहुउद्देश्यीय मार्शलआर्ट केन्द्रले ३ स्वर्ण, २ रजत र १ कास्य हात पार्‍यो । तेस्रो हुने मंगोलियन जुडो क्लबले भने १ स्वर्ण, २ रजत र १ कास्य प्राप्त गर्‍यो ।

बिस्तृत समाचार .....

थ्री स्टारद्वारा उपाधि रक्षा

टाइम्स संवाददाता
काठमाडौं, पुस १० ।
थ्री स्टार क्लबले लगातार दोस्रोपटक काठमाडौंमा जारी ब्रिटिश गोर्खा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिस्तृत समाचार .....

ब्याडमिन्टन टोली ढाकातर्फ

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २७ ।
बंगलादेशको ढाकामा हुने एसियाली ब्याडमिन्टन महासंघअन्तर्गतको दक्षिण एसियाली जुनियर प्रशिक्षण शिविरमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली ब्याडमिन्टन टोली सोमबार त्यसतर्फ प्रस्थान गरेका छ । खेलाडीहरुमा पुरुषतर्फ दीपेश धामी र सुमन लिम्बू तथा महिलामा शिक्षा श्रेष्ठ र श्रेया प्रधान रहेका छन् । प्रशिक्षकमा राजेशप्रताप शाक्य छन् ।

बिस्तृत समाचार .....

मनाङ सेमीफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २७ ।
न्यूरोड क्लब एनआरटीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मनाङ मर्स्याङ्दी क्लब ब्रिटिश गोर्खा कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिस्तृत समाचार .....

थ्रीस्टार र एपीएफ क्वार्टरफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २६ ।
ब्रिटिस गोर्खाकप फुटबल प्रतियोगिताको ग्रुप अफ डेथअन्तर्गत थ्रीस्टार क्लब र नेपाल एपीएफ क्लब राजधानीमा जारी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बिस्तृत समाचार .....

डेफोडिललाई उपाधि

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २६ ।
१७ औं ‘आयसर ज्ञान कार्निभल’ अन्तरविद्यालय खेलकुदअन्तर्गत बास्केटबलतर्फ गल्र्समा डेफोडिल तथा ब्वाइजमा विल्सन एकेडेमी आइतबार च्याम्पियन बनेका छन् ।

बिस्तृत समाचार .....

कुमार र अश्लेषालाई एपीएफ टेनिसको उपाधि

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २६ ।
अश्लेषा लिसानोविच र कुमार अधिकारीले काठमाडौंमा सम्पन्न तेस्रो एपीएफ खुला लनटेनिस प्रतियोगिताको उपाधि हातपारेका छन् ।

बिस्तृत समाचार .....

गुरुङ र घलेलाई उपाधि

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २५ ।
सानु गुरुङ र कृष्णराज घलेले काठमाडौंमा सञ्चालन भएको तेस्रो एपीएफ खुला लनटेनिस प्रतियोगिताको उपाधि हात पारेका छन् ।

बिस्तृत समाचार .....

पुलिस र फ्रेन्ड्स क्लव क्वाटरफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २५ ।
नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब काठमाडौंमा जारी ब्रिटिस गोर्खा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।

बिस्तृत समाचार .....

कार्कीलाई इन्टर गभर्मेन्टल सर्भिस

टाइम्स संवाददाता
काठमाडौं, मसिंर २४ । 
आत्माराम कार्कीले काठमाडौंमा जारी तेस्रो एपीएफ खुल्ला लनटेनिस प्रतियोगिताको इन्टर गभर्मेन्टल सर्भिस इभेन्टमा खुल्ला एकलतर्फको उपाधि हात पारेका छन् । उनले शुक्रबार भएको फाइनल खेलमा श्याम जिसीलाई ६–४, २–७ र ६–२ ले पराजित गरी उपाधि हात पारेका हुन् । 

बिस्तृत समाचार .....

लिटिल एन्जल्स विजयी

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २४ ।
पन्ध्रौं फादर मोरान स्मृति प्राथमिक विद्यालयस्तरीय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा लिटिल एन्जल्स, सेन्ट जेभियर्स, जावलाखेल र आइडियल मोडेलले जित हात पारेका छन् ।

बिस्तृत समाचार .....

पुलिसको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै

टाइम्स संवाददाता
काठमाडौं, मसिंर २१ ।
नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले हराएर ब्रिटिश गोर्खा कप फुटबलको क्वारफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।

बिस्तृत समाचार .....

कुमार र जितेन्द्र सेमिफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, मंसिर २१ ।
नेपालका शीर्ष खेलाडीद्वय कुमार अधिकारी र जितेन्द्र परियार काठमाडौंमा जारी तेस्रो एपिएफ लन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएका छन् ।

बिस्तृत समाचार .....

एपिएफ राष्ट्रिय खुल्ला लनटेनिस सुरु

टाइम्स संवाददाता
काठमाडौं, मंसिर १९ ।
तेस्रो सशस्त्र प्रहरी बल (एपिएफ) राष्ट्रिय खुल्ला लनटेनिस प्रतियोगिता आइतबारबाट सुरु भएको छ । एपिएफ केन्द्रीय खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले गरे ।

बिस्तृत समाचार .....

हात्तीपोलोको उपाधि इएफजीलाई

टाइम्स संवाददाता
चितवन, मंसिर १७ । पश्चिम चितवनको मेघौलीमा सम्पन्न २९ औं अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्विट्जरल्याण्डको इएफजीले हात पारेको छ ।

बिस्तृत समाचार .....

रसिया र कतारलाई विश्वकपको जिम्मेवारी

एजेन्सी
जुरिच, मंसिर १७ । फुटबलको विश्वव्यापी संस्था फिफाले अन्तत: मतदानमार्फत विश्वकप आयोजना गर्न २०१८ का लागि रुसलाई र सन् २०२२ का लागि कतारलाई जिम्मेवारी दिएको छ । लामो समयको अध्ययन र बिहीबार दाबेदारीको प्रस्तुति गरेपछि दुई राष्ट्रलाई जिम्मेवारी दिएको हो ।

बिस्तृत समाचार .....

राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सुरु

टाइम्स संवाददाता
बिराटनगर, मंसिर १६ । बिहीबारदेखि विराटनगरमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । मोरङ टेबलटेनिस संघको आयोजनामा भइरहेको सो प्रतियोगितामा देशभरका २५ जिल्लाका दुई सय ५० खेलाडीको सहभागिता रहेको बताइन्छ ।

बिस्तृत समाचार .....

क्रिकेट टोली क्वाटरफाइनल नजिक

टाइम्स संवाददाता
काठमाडौं मंसिर ६ । चीनको ग्वान्जाउमा संचालन भइरहेको १६ औं एशियाली खेलकुदमा नेपालले सोमबार मिश्रित प्रदर्शन गरेको छ । नेपाली पुरुष क्रिकेट टोलीले एक दिन अघि हङकङसँग भोगेको पराजयको बदला माल्दिभ्ससँग लिन सफल भएको छ भने एथलेटिक्सका हरि कुमार रिमाल अन्तिम चरणमा पुग्न सफल भएका छन् । एथलेटिक्सका अर्का खेलाडी धिरेन्द्र चौधरीले भने राम्रो खेल्न सकेनन् । आर्चरी टोली पनि अन्तिम आठभन्दा अगाडी बढ्न सकेन ।

बिस्तृत समाचार .....

रंगशालामा रेस्लिङ हुने

टाइम्स संवाददाता
काठमाडौ,मंसिर ५ । रेस्लर्स रेस्लिङ्ग इन्टरटेन्मेन्टले रेस्लिङ्ग स्लाम्-२०६७ को आयोजना गर्ने भएको छ । आइतबार इन्टरटेन्मेन्टले खोटाङ्ग युवा क्लबसँगको संयुक्त आयोजनामा नयाँ नेपाल अपाङ्ग सेवा समाजको सहयोगार्थ रेस्लिङ आयोजना गरिने जानकारी दिएको हो ।

बिस्तृत समाचार .....

एसियाडमा नेपालको हार्ने क्रम जारी

टाइम्स संवाददाता
काठमाडौ, मंसिर ५ । चीनको ग्वाङजाउमा जारी १६ औं एशियाली खेलकुदमा नेपाली पुरुष क्रिकेट टोलीले पनि पहिलो खेलमा नै पराजयको सामना गरेको छ । ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल हङकङ्ग सँग पराजित भएको यो पहिलो पटक हो । एक दिवसीय क्रिकेटमा पनि नेपाल एक पटक हङकङ्गसँग पराजित भएको छ ।

बिस्तृत समाचार .....

नेपालको एसियाड यात्रामा मिश्रित प्रदर्शन

टाइम्स संवाददाता
काठमाडौं, मंसिर १ । चीनको ग्वान्जाउमा जारी १६ औं एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन छैठौं दिनसम्म आइपुग्दा पनि सुधार हुन सकेको छैन । तथापि टेबल टेनिसको महिला युगल टिम भने प्रि-क्वार्टरफाइनलमा पुगेको छ । पदकको आशा गरिएको महिला क्रिकेटले खराब प्रदर्शन गर्दा बक्सिङ, तेक्वान्दो, टेनिस र ब्याडमिन्टमा पनि कुनै सफलता हात पार्न सकेन । बुधबारको खेलमा नेपाली महिला क्रिकेट टोली जापानसँग ४५ रनको अन्तरले पराजित भएपछि पदकको आशा समाप्त भएको हो ।

बिस्तृत समाचार .....

फिडेमास्टर मनिष पराजित

टाइम्स संवाददाता
ललितपुर, कात्तिक २७ । ललितपुर स्पोर्टस् क्लबको आयोजनामा लगनखेलको साझा पार्टी प्यालेसमा सञ्चालन भइरहेको यल कप बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणका खेल सम्पन्न भएका छन् ।

बिस्तृत समाचार .....

फुटबल टोली भारत प्रस्थान

टाइम्स संवाददाता
काठमाडौं, कात्तिक २७ । भारतको नयाँदिल्लीमा १० नोभेम्बरदेखि सञ्चालन भइरहेको ५१ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिता २०१० मा सहभागी हुनका लागि नेपाली यू–१४ टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।

बिस्तृत समाचार .....

रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु

टाइम्स संवाददाता
ललितपुर, कात्तिक २६ । ललितपुर स्पोटर्स क्लबको आयोजनामा ललितपुरको साझा पार्टी प्यालेसमा शुक्रबारदेखि प्रथम यल कप बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।

बिस्तृत समाचार .....

स्क्वासमा तीन नेपाली पराजित

टाइम्स संवाददाता
काठमाडौं, कात्तिक २६ । अन्तर्राष्ट्रियस्तरको व्यावसायिक स्क्वास च्याम्पियनसीप प्रतियोगिता शुक्रबारदेखि राजधानीमा सुरु भएको छ ।

बिस्तृत समाचार .....

निमित्त सदस्यसचिवमा श्रेष्ठ

टाइम्स संवाददाता
काठमाडौं, कात्तिक २५ । राष्ट्रिय खेलकुद परिषद्की सदस्य गीता श्रेष्ठले बिहीबारदेखि निमित्त सदस्यसचिवको जिम्मेवारी पाएकी छन् । परिषद्को इतिहासमा महिलाले निमित्त सदस्य सचिवको जिम्मेवारी पाएको यो पहिलोपटक हो ।

बिस्तृत समाचार .....

मन्त्रीसहितको टोली ग्वानजाउतर्फ

टाइम्स संवाददाता
काठमाडौं, कात्तिक २५ । शुक्रबारबाट सुरु हुने १६ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट युवा तथा खेलकुद मन्त्री गणेश तिवारी नेपालीको नेतृत्वमा ब्याडमिन्टन र टेबलटेनिस टोली बिहीबार चीनको ग्वानजाउ प्रस्थान गरेको छ ।

बिस्तृत समाचार .....

ओलम्पिक कमिटीमा तालाबन्दी

टाइम्स संवाददाता
काठमाडौं, कात्तिक २४ । अखिल नेपाल प्रगतिशील गणतान्त्रिक खेलकुद महासंघले सातदोबाटोस्थित रूपक स्मृतिभवनमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयमा बुधबार बिहानै तालाबन्दी गरेको छ ।

बिस्तृत समाचार .....

ओलम्पिक कमिटीको बैंक खाता रोक्का

टाइम्स संवाददाता
काठमाडौं, कार्तिक ७ । राष्ट्रिय खेलकुद परिषद्को निर्देशनमा नेपाल ओलम्पिक कमिटीको बैंक खाता रोकिने भएको छ । कमिटीको बैंक खाता रोकिएपछि एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीका लागि उपलब्ध हुने छात्रवृत्तिसमेत गुम्ने सम्भावना बढेको छ ।

बिस्तृत समाचार .....

थापा विजयी

टाइम्स संवाददाता
काठमाडौं, कार्तिक ७ । भारतको राजधानी नयाँदिल्लीमा भइरहेको सिनियर टेनिस टुर्नामेन्टको पहिलो चरणमा नेपालका कमल थापाले भारत आन्ध्रप्रदेशका वाई प्रसादमाथि ६–० र ६–१ ले विजय प्राप्त गरेका छन् ।

बिस्तृत समाचार .....

एपीएफद्वारा फ्रेन्ड्स पराजित

टाइम्स संवाददाता
बुटवल, कार्तिक ६ । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले फ्रेन्ड्स क्लबमाथि २–० को सहज जित हासिल गरेको छ ।

बिस्तृत समाचार .....

नेपाललाई उपाधि

टाइम्स संवाददाता
काठमाडौं, असोज २६ । नेपालले एसियाली क्रिकेट परिषद् (एसिसी) १९ वर्षमुनिको महिला क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ । सिंगापुरस्थित इन्डियन एसोसिएसन क्रिकेट मैदानमा मंगलबार भएको फाइनल म्याचमा नेपालले भुटानलाई ५ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

बिस्तृत समाचार .....

किसिपिडी र स्पार्क अन्तिम चारमा

टाइम्स संवाददाता
काठमाडौं, असोज २२ । किसिपिडी युवा क्लब र स्पार्क स्पोर्ट्स क्लब ‘तपाई हाम्रो च्यालेन्जर्स कप’ अन्तरक्लब खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिस्तृत समाचार .....

विजय जारी राख्दै नेपाल सेमिफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, असोज २२ । सिंगापुरमा जारी एसिसी १९ वर्षमुनिको महिला क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले विजययात्रा जारी राख्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । समूह ए अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा नेपालले कतारलाई ४९ रनले पराजित गर्दै समूह बिजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

बिस्तृत समाचार .....

नेपालको विजययात्रा जारी

टाइम्स संवाददाता
काठमाडौं, असोज २१ ।
सिंगापुरमा जारी एसीसी ‘यु–१९’ महिला क्रिकेटमा नेपालको विजययात्रा बिहीबार पनि जारी रह्यो । बिहीबार बिहान भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरमाथि ७० रनको शानदार जित हासिल गरेको छ ।

बिस्तृत समाचार .....

खेलाडी तथा प्रशिक्षक संघ गठन

टाइम्स संवाददाता
काठमाडौं, असोज २० । सबैका लागि स्वास्थ, स्वास्थका लागि खेलकुद र आजैबाट स्वस्थ बनौ भन्ने नाराका साथ नेपाल खेलाडी तथा प्रशिक्षक संघ गठन भएको छ ।

बिस्तृत समाचार .....

किसिपिडी र चुनदेवी क्वाटरफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, असोज २० ।  किसिपिडी युवा क्लब र श्रीचुनदेवी युवा क्लब ‘तपाई हाम्रो च्यालेन्जर्स कप’ अन्तरक्लब खुला नकआउट फुटबल प्रतियोगिताको बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिस्तृत समाचार .....

नेपालद्वारा हङकङ पराजित

टाइम्स संवाददाता
काठमाडौं, असोज १८ । सिंगापुरमा सोमबारदेखि सुरु भएको १९ वर्ष मूनि उमेर समूहको एसीसी महिला क्रिकेट च्याम्पियनशीपमा नेपालले विजयी शुरुवात गरेको छ ।

बिस्तृत समाचार .....

पिंकीद्वारा स्वर्णको ह्याट्रिक

टाइम्स संवाददाता
काठमाडौं, असोज १६ । भक्तपुरकी पिंकी झाङले एनआईसी फाउन्डेसन प्रथम राष्ट्रिय खुला जिम्न्यास्टिक प्रतियोगिताको गर्ल्सतर्फ शनिबार तीन स्वर्ण जितेकी छन् ।

बिस्तृत समाचार .....

म्याराथनमा सशस्त्रको दबदबा

टाइम्स संवाददाता
काठमाडौं, असोज १६ । सशस्त्र प्रहरी बलले एथलेटिक्समा दबदबा कायम गर्ने क्रममा शनिबार सम्पन्न म्याराथनमा चार उपाधि जित्दै बलियो प्रदर्शन गरेको छ । प्रतियोगितामा अर्जुन ढकाल र कृष्णेश्वरी सिन्तकलाले काठमाडौंमा सञ्चालन भएको चौथो रियल काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।

बिस्तृत समाचार .....

एनआईसी राष्ट्रिय जिम्न्यास्टिक आजबाट

टाइम्स संवाददाता
काठमाडौं, असोज १५ । नेपाल जिम्न्यास्टिक संघले शुक्रबारदेखि एनआईसी फाउन्डेसन राष्ट्रिय जिम्न्यास्टिक खुला प्रतियोगिता आयोजना गर्दैछ । १५ वर्षपछि हुन लागेको राष्ट्रिय जिम्न्यास्टिकमा १६ जिल्लाका १ सय ३० खेलाडीले भाग लिनेछन् ।

बिस्तृत समाचार .....

महिला क्रिकेट सिंगापुर प्रस्थान

टाइम्स संवाददाता
काठमाडौं, असोज १५ । अभ्यास म्याचको अभाव र प्रतिकुल मौसमका कारण छोटो समयको प्रशिक्षणका बीच नेपाली महिला क्रिकेटले आउँदो सोमबारदेखि सिंगापुरमा हुने एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा सहभागी हुने भएको छ ।

बिस्तृत समाचार .....

पेन्टागन र गोल्डेनगेट सेमिफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, असोज १४ । पेन्टागन, गोल्डेनगेट, प्राइम र ह्वाइटहाउस दोस्रो जेसिज कप बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिस्तृत समाचार .....

मनिला र शिक्षा उपाधिनजिक

टाइम्स संवाददाता
काठमाडौं, असोज १४ । काठमाडौंकी मनिला श्रेष्ठ र चितवनकी शिक्षा श्रेष्ठ ‘नेपाल प्रहरी’ दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको यु–१७ गर्ल्स सिंगल्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । मनिलाले भोजपुरकी श्रेया प्रधानलाई २१–१५ र २१–१५ ले पाखा लगाइन् भने शिक्षाले कास्कीकी स्वस्तिका बुढाथोकीको चुनौती २१–१९ र २१–१६ ले समाप्त पारिन् ।

बिस्तृत समाचार .....

बर्नहार्ट र पेन्टागन क्वाटरफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, असोज १२ । बर्नहार्ट कलेज र पेन्टागन कलेज काठमाडौंमा संचालन भइरहेको दोश्रो जेसिज कप बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिस्तृत समाचार .....

वादोरियो टोलीलाई ६ स्वर्ण

टाइम्स संवाददाता
काठमाडौं, असोज १२ । भारतको गुजरातमा भएको दक्षिण एसियाली वादोरियो कराँते च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण, चार रजत र चार कास्यसहित दोस्रो स्थान हात पारेको छ । असोज ८ देखि १० गतेसम्म तीन दिन चलेको प्रतियोगितामा नेपालका ९ खेलाडी सहभागी थिए । 

बिस्तृत समाचार .....

सेर्पा क्लब सेमिफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, असोज ११ । राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको क्वाटर फाइनल खेलमा त्रिभुवन आर्मीलाई पराजित गदै हिमालयन सेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सेर्पा क्लबले १–० को गोलले आर्मीलाई पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

बिस्तृत समाचार .....

नेपाल प्रहरी दोश्रो राष्ट्रिय ब्याडमिन्टन आजदेखि

टाइम्स संवाददाता
काठमाडौं, असोज १२ । नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको आयोजनामा 'नेपाल प्रहरी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता' मंगलबारदेखि सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत सात स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष/महिलाको सिंगल्स र डबल्स, यु–१७ ब्वाइज र गर्ल्स सिंगल्स तथा भेट्रान्स डबल्समा प्रतिश्पर्धा हुने छ ।

बिस्तृत समाचार .....

बौद्धमा चार राष्ट्रिय खेलाडी

टाइम्स संवाददाता
काठमाडौं, असोज ७ । बौद्ध फुटबल क्लबले चार राष्ट्रिय खेलाडीसहित २२ खेलाडीलाई एक वर्षका लागि अनुबन्धन गरेको छ ।

बिस्तृत समाचार .....

उसुमा ६ सदस्य थप

टाइम्स संवाददाता
काठमाडौं, असोज ७ । नेपाल उसु संघले केन्द्रीय कार्यसमितिमा ६ सदस्य थप गरेको छ । थप गरिएका सदस्यहरूमा राम जोशी, सत्यमान महर्जन, शान्तरत्न तुलाधर, छोक्पा शेर्पा, राजीव सिंह तथा राजीव महर्जन रहेका छन् ।

बिस्तृत समाचार .....

सशस्त्र क्वार्टरफाइनलमा

टाइम्स संवाददाता 
काठमाडौं, असोज ६ । गणेश लावतीको हृयाट्रिकको मद्दतले काठमाडौंमा सञ्चालन भइरहेको सानमिगेल नकआउट फुटबल प्रतियोगितामा बुधबार विभागीय टोली सशस्त्र प्रहरीले नवप्रवेशी बाँसबारी क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिस्तृत समाचार .....

टु ए साइड भलिबल अर्को साता

टाइम्स संवाददाता
काठमाडौं, असोज ४ । ढोरपाटन स्पोर्ट्स प्रशिक्षण क्लबको आयोजनामा २ ए साइड भलिबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

बिस्तृत समाचार .....

नकआउट फुटबलबाट जाउलाखेल बाहिर

टाइम्स संवाददाता
काठमाडौं, असोज ४ । सोमबारबाट सुरु हुने भनिएको सानमिगेल नक आउट फुटबल प्रतियोगिताका समयमा नै खेलाडीको नाम दर्ता नगराएपछि जाउलाखेल युथ क्लबले भाग लिन नपाउने भएको छ । जसका कारण सोमबारको पहिलो खेल नै स्थगित भएको छ ।

बिस्तृत समाचार .....

एसियाड गेम्सको विवाद जारी

टाइम्स संवाददाता
काठमाडौं, असोज १ । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को आन्तरिक विवादका कारण कार्तिक २६ देखि चीनको ग्वानजाउमा सञ्चालन हुने एसियाली खेलकुद प्रतियोगितामा नेपाली पौडी टोलीको सहभागिता अझै अनिश्चित बनेको छ ।

बिस्तृत समाचार .....

एसीसी महिला च्याम्पियनसिपको तयारी सुरु

टाइम्स संवाददाता
काठमाडौं, भदौ ३१ । छोटो समयको तयारीका कारण खराब नतिजा आत्मसात गर्न बाध्य हुने नेपाली क्रिकेटले १९ वर्षमुनि उमेर समूहको एसीसी महिला क्रिकेट च्याम्पियनसिपको तयारी पनि ढिलो सुरु गरेको छ ।

बिस्तृत समाचार .....

पुरुष एकलतर्फ नाडाललाई उपाधि

विश्व नम्बर एक खेलाडी राफेल नाडालले ‘युएस ओपन टेनिस’ अन्तर्गत पुरुषतर्फको एकल स्पर्धामा उपाधि हात पारेका छन् ।

बिस्तृत समाचार .....

वर्षाका कारण खेल स्थगित

एजेन्सी
न्यूयोर्क, भदौ २८ । युएस ओपन टेनिसअन्तर्गत पुरुष एकलतर्फको फाइनल खेल वर्षाका कारण स्थगित गरिएको छ । स्थानीय समय अनुसार आइतबार साँझ हुने भनिएको खेल वर्षाका कारण सोमबार साँझसम्मका लागि स्थगित गरिएको हो ।

बिस्तृत समाचार .....

जर्जीको एक्लो अग्रता कायमै

टाइम्स संवाददाता
काठमाडौं, भदौ २७ । युक्रेनका ग्राण्डमार्स्टस टिमसिन्को जर्जी काठमाडौंमा सञ्चालन भइरहेको द हिमालयन ग्राण्डमार्स्टस बुद्धिचाल प्रतियोगितामा एक्लो अग्रता लिन सफल भएका छन् ।

बिस्तृत समाचार .....

क्लाइस्टर्सलाई उपाधी

गत वर्षकी विजेतासमेत रहेकी क्लाइस्टर्सले यस पटक रुसकी भेरा जोनरेभालाई ६-२, ६-१ को सोझो सेटमा स्तब्ध पारिन् ।

बिस्तृत समाचार .....

ड्याफोडिल र भ्यालीलाई उपाधि

टाइम्स संवाददाता
काठमाडौं, भदौ १६ । आयोजक भ्याली पब्लिक स्कुलसँगै ड्याफोडिल स्कुलले काठमाडौंमा आयोजित पाचौं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
 

बिस्तृत समाचार .....

एथ्लेटिक्सको छनोट शुरु

टाइम्स संवाददाता
काठमाडौं, भदौ १५ । नेपाल पुलिसकी सावित्री नेपाली र तिलकराम थारुसँगै नेपाली सेनाका हरिकुमार रिमाल, सशस्त्र प्रहरीकी गीता खत्री १६ औं एसियाली खेलकुदका लागि एथ्लेटिक्सको छनोट खेलमा मंगलबार पहिलो भएका छन् ।

बिस्तृत समाचार .....

बार्सिलोनाको सुखद् यात्रा, म्याड्रिड बराबरीमा

एजेन्सी
म्याड्रिड, भदौ १४ । पछिल्लोपटकको च्याम्पियन बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक हात पार्दा स्पेनिस ला लीगामा ३१ पटक उपाधि जितेको रियल म्याड्रिडले आफ्नो पहिलो खेल नै गोलरहित बराबरीमा खेल्न पुगेको छ ।

बिस्तृत समाचार .....

नखिपोट भलिबल आजबाट

टाइम्स संवाददाता
काठमाडौं, भदौ १३ । नखिपोट क्लब ललितपुरको आयोजनामा आइतबारदेखि ललितपुरमा तेस्रो नखिपोट राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । एक लाख १८ हजार रुपैयाँ पुरस्कार राशी रहेको सो प्रतियोगितामा ५ टिम सहभागी हुने आयोजक क्लबले जनाएको छ । 
 

बिस्तृत समाचार .....

लिंकन शीर्ष स्थानमा

टाइम्स संवाददाता
काठमाडौं, भदौ १२ । लिंकन स्कुल काठमाडौंमा शनिबारबाट सुरु भएको तेस्रो अन्तरविद्यालय पौडी प्रतियोगितामा ५० अंक बटुल्दै टिम च्याम्पियनको दिशामा अगाडि बढेको छ । 
 

बिस्तृत समाचार .....

भ्याली पब्लिक क्वाटरफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, भदौ १२ । आयोजक भ्याली पब्लिक स्कुलको ‘समूह ए’सँगै न्यू स्राइन, ड्याफोडिल, नेरिक र बुद्ध एकेडेमी काठमाडौंमा सञ्चालन भइरहेको पाँचौ भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।

बिस्तृत समाचार .....

गौरीशंकरको सहज जित

टाइम्स संवाददाता
काठमाण्डौं, भदौं १० । गौरी शंकर स्कुल, न्यू जेनिथ र टेरेसा एकेडेमीले काठमाडौंमा सञ्चालित तेस्रो ओडीसी जुनियर अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । 
 

बिस्तृत समाचार .....

टीआईए र ड्याफोडिल प्रिक्वाटरमा

 

टाइम्स संवाददाता 
काठमाण्डौं, भदौ १० । टीआईए स्कुल र ड्याफोडिल स्कुल काठमाडौंमा जारी पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 
 

 

बिस्तृत समाचार .....

स्पोर्टस अवार्डको तयारी पूरा

टाइम्स संवाददाता
काठमाण्डौं, भदौं १० । बजाज पल्सर मध्यपश्चिमाञ्चल स्पोर्टस अवार्ड २०६६ को तयारी लगभग पूरा भइसकेको नेपाल खेलकुद पत्रकार मञ्चको नेपालगञ्ज शाखाले जनाएको छ । 
 

बिस्तृत समाचार .....

टीआईएको विजयी सुरुवात

टाइम्स संवाददाता
काठमाडौं, भदौ ९ । टीआईए स्कुलले काठमाडौंमा जारी पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

बिस्तृत समाचार .....

शीर्ष वरियताका कुमार अगाडि

टाइम्स संवाददाता
काठमाडौं, भदौ ९ । चीनको ग्वान्जावमा हुने १६ औं एसियाली खेलकुदका लागि लनटेनिस खेलाडीको अन्तिम छनोट प्रतिस्पर्धामा नेपाल नम्बर एक कुमार अधिकारी बुधबार शीर्ष स्थानमा रहेका छन् ।

बिस्तृत समाचार .....

वीरेन्द्र र श्रमिक फाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, साउन २८ । कोकाकोला कप अन्तरविद्यालयस्तरीय छात्र/छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता-२०६७ को अन्तिम चरणअन्तर्गत दशरथ रंगशालामा शुक्रबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा वीरेन्द्र सैनिक आवासीय महाविद्यालय, भक्तपुरले सिद्धार्थ वनस्थली स्कुल, काठमाडौंलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

बिस्तृत समाचार .....

मुक्केबाज दीपक सम्मानित

३२ औं किंग्स कप अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्य पदक जितेका दीपकलाई नेपाल बक्सिङ संघले सम्मान गरेको हो ।

बिस्तृत समाचार .....

कराँते खेलाडी जापान प्रस्थान

टाइम्स संवाददाता
काठमाडौ, साउन २५ । जापानको नागयो सहरमा साउन २९ गतेदेखि सुरु हुने वादोकाई विश्व कराँते च्याम्पियनसिपमा भाग लिन नेपाल वादोकाई कराँतेका खेलाडी टोली मंगलबार बिहान जापान प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडी टोलीलाई नेपाल वादोकाई कराँते संघका पदाधिकारीले विदाइ गरेका थिए ।

बिस्तृत समाचार .....

पुरुषतर्फ नासा र महिलातर्फ प्राइम पहिलो

टाइम्स संवाददाता
काठमाडौं, साउन १७ । मोर्गन कप राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत सोमाबार पुरुष प्रतिस्पर्धामा तीनकुनेस्थित नासा इन्टरनेसनल कलेज पहिलो भएको छ ।

बिस्तृत समाचार .....

छात्रा भलिवलको उपाधि दिप बोर्डिङलाई

चन्द्रकान्त खनाल
रुपन्देही, श्रावण १३ । बुटवलमा सञ्चालित जिल्लास्तरीय अन्तर विद्यालय छात्रा भलिवल प्रतियोगिताको उपाधि दिप बोर्डिङ हाईस्कुलले जितेको छ ।

बिस्तृत समाचार .....

जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगिता शुरु

चन्द्रकान्त खनाल
रुपन्देही, साउन १०। बुटवल नगर खेलाडी संघ, बुटवलको आयोजनामा सोमबारदेखि जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ ।

बिस्तृत समाचार .....

इतिहास रच्दै स्पेन विश्वकप विजेता

नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १-० ले स्तब्ध पार्दै स्पेनले उपाधि हात पारेको हो ।

बिस्तृत समाचार .....

ह्वाइट हाउस र नासा सेमीफाइनलमा

टाइम्स संवाददाता
काठमाडौं, असार २३। मदनभण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित राजधानीमा जारी उपत्यकाब्यापी पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत ह्वाइटहाउस र नासा कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिस्तृत समाचार .....

नासा र प्राइम विजयी

टाइम्स संवाददाता
ललितपुर, वैशाख ३१ । पाँचौं स्प्राइट बास्केटबल बासको तेश्रो दिन शुक्रबारको लिग खेलमा ब्वाइजतर्फनासा (एनएएसए) र प्राइमले जित हात पारेका छन् ।

बिस्तृत समाचार .....

वादोकाइ संघ पुनर्गठन

टाइम्स संवाददाता
काठमाडौं, वैशाख ३१ । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल वादोकाइ कराँते संघ पुनर्गठन गरेको छ ।

बिस्तृत समाचार .....

एन्जल्सको दोहोरो जित

टाइम्स संवाददाता
काठमाडौं, वैशाख ३१ । उपत्यकाव्यापी विद्यालयस्तरीय दोश्रो एन्जल्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबलतर्फ सिनियर गर्ल्स र जुनियर ब्वाइजमा आयोजक एन्जल्स हर्टले शुक्रबार दोहोरो जित हात पारेको छ ।

बिस्तृत समाचार .....

एञ्जल्स हर्टलाई दोहारो सफलता

टाइम्स संवाददाता
काठमाडौं, वैशाख ३० । आयोजक एञ्जल्स हर्ट स्कुलले दोस्रो उपत्यकाब्यापी स्कुल स्तरीय एञ्जल्स खेलकुद महोत्सव प्रतियोगिता अन्तर्गत बिहीबार दोहोरो सफलता हात पारेको छ ।

बिस्तृत समाचार .....

मेन डोजो च्याम्पियन

टाइम्स संवादादाता
काठमाडौं, वैशाख ३० । प्रथम उपत्यकाव्यापी अन्तरक्लब प्यान्क्रेसन प्रतियोगिताको उपाधि मेन डोजोले बिहीबार जितेको छ । ५ स्वर्ण, ३ रजत तथा १३ काँस्य जित्दै मेन डोजोले उपाधिमाथि कब्जा जमाएको हो ।

बिस्तृत समाचार .....

डिभिजन फोरको तयारी सुरु

टाइम्स संवाददाता 
काठमाडौं, वैशाख २४ । आउँदो अगष्टको दोस्रो साताबाट इटालीमा सञ्चालन हुने आईसीसी विश्वकप लिग डिभिजन फोरको तयारी नेपालले शुक्रबारबाट औपचारिक रूपमा सुरुवात गरेको छ ।

बिस्तृत समाचार .....

पुलिसको अग्रता कायमै, ब्वाइज युनियनको जित

टाइम्स संवाददाता 
काठमाडौं, वैशाख १४ । नेपाल पुलिस क्लबले काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो उपाधि होडलाई बलियो पार्दै लगेको छ ।

बिस्तृत समाचार .....

शान्ति र संविधान लेखनका लागि दौड

टाइम्स संवाददाता
काठमाडौं वैशाख ११ । तोकिएको मितिभित्र संविधान निर्माणमा जोड दिदै शनिबार राजधानीमा क्याम्पसस्तरीय राष्ट्रिय दौड प्रतियोताको आयोजना गरियो ।

बिस्तृत समाचार .....

शिव इन्टरनेशनल स्कुल सप्तरी फाईनलमा

टाइम्स संवाददाता
भैरहवा, वैशाख ८ । शिव इन्टरनेशनल स्कुल सप्तरी अन्तरविद्यालय यु-१६ ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
 

बिस्तृत समाचार .....

बराह वाहिनी टिम फाइनलमा प्रवेश

टाइम्स संवाददाता
काठमाडौं, वैशाख ५ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा संचालन भइरहेको 'तेस्रो सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता' को फाइनलमा गतवर्षको विजेता पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली सुनसरी टिम प्रवेश गरेको छ ।

बिस्तृत समाचार .....

पुजालाई दोहोरो सफलता

टाइम्स संवाददाता
काठमाडौं, वैशाख ३ । जापान गोजुरियो कराते डो केन्वाकाई संघ शाखा लर्ड्स लाईट स्कुल बौद्धको आयोजनामा सुरु भएको प्रथम आमन्त्रित राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगीतामा कुमारी डोजोकी पूजा दाहालले दोहारो सफलता हात पारेकी छन् ।

बिस्तृत समाचार .....

खुला दौड आज

टाइम्स संवाददाता
काठमाडौं, वैशाख ४ । नेपाल पारा ओलम्पिक कमिटीको आयोजनामा शारीरिक अपाङ्ग तथा सुस्त मनस्थिति खुला दौड प्रतियोगिता शनिबार हुँदैछ ।

बिस्तृत समाचार .....

राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता सुरु

टाइम्स संवाददाता
नेपालगन्ज, वैशाख ३ । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

बिस्तृत समाचार .....

न्यू होराईजन फाईनलमा

टाइम्स संवाददाता
भैरहवा, वैशाख ३ । न्यू होराईजन बोर्डिङ्ग स्कुल भैरहवामा जारी अन्तर विद्यालय यु १६ टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बिस्तृत समाचार .....

नेपाल समूह विजेता

टाइम्स संवाददाता 
काठमाडौ, चैत २४ । सेमिफाइनल प्रवेश गरिसकेको नेपालले एसीसी एलाइट कप क्रिकेट प्रतियोगितामा अन्तर्गत अन्तिम लिग चरणमा आयोजक घरेलु टोली कुवेतलाई आठ विकेटले पाखा लगाउँदै समूह विजेता बनेको छ । 

बिस्तृत समाचार .....

महिला डबल लिग भलिबल जेठमा

टाइम्स संवाददाता
काठमाडौं, चैत २४ । पाँचौं ढोरपाटन 'ब्लु स्काइ कप' सनी हाउजिङ महिला डबल लिग भलिबल प्रतियोगिता जेठमा हुने भएको छ ।

बिस्तृत समाचार .....

एलिट कपमा नेपालको दोस्रो जित

टाइम्स संवाददाता
काठमाडौं, चैत २० । एसियाली क्रिकेट परिषद् (एसिसी) ट्रफी एलिट कप-२०१० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । कुवेतस्थित युनिटी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न समूह ए अन्तर्गतको दोस्रो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

बिस्तृत समाचार .....

बायर्नसँग म्यानु पराजित

एजेन्सी
म्यूनिच, चैत १८ । म्यानचेष्टर युनाइटेड च्याम्पियन्स् लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखसँग २-१ गोल अन्तरले पराजित भएको छ ।

बिस्तृत समाचार .....

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....