लिबियामा २४ जनाको विचल्ली
टाइम्स संवाददाता
काठमाडौं, फागुन १७ । लिबियाको राजधानी त्रिपोली एअरपोर्टमा नेपाल फर्किन लागेका २४ जना नेपाली अलपत्र परेका छन् । लिबियाबाट सुडान हुँदै नेपाल फर्किने तयारीमा रहेका २४ जना अलपत्र परेको त्यहाँबाट गोरखाका निरज गुरुङले जानकारी गराएका छन् । उनीहरूले मानवअधिकार संगठनको कार्यालयमा फोन गरी उद्धारको पहल गरिदिन सरकारसँग आग्रह गरेको मानवअधिकारकर्मी सुदीप पाठकले जानकारी दिए ।
बिस्तृत समाचार .....
पोर्चुगलमा साहित्यिक भेला
टाइम्स संवाददाता
लिस्बोन, माघ १८ । रोजगारीको सिलसिलामा पोर्चुगलमा बसोबास गर्ने साहित्य अनुरागीहरुको बृहत भेला गैर आवासीय नेपाली संघ पोर्चुगलको लिस्बोन-रोसियोस्थित कार्यालयमा आइतवार सम्पन्न भएको छ। भेलाले पोर्चुगलमा रहेका साहित्यिक गतिविधिलाई सबैतिर प्रसारण गर्ने उद्देश्यले एउटा त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्ने निर्णय गरेको छ ।
बिस्तृत समाचार .....
पर्यटन वर्षको प्रचारका लागि निजी लगानीमा कार्यक्रम
टाइम्स संवाददाता
बर्लिन, माघ ६ । जर्मनीको पश्चिमी राज्य नर्थ राइन वेस्ट फलियामा अवस्थित स्पेलेन गाउँमा नेपाल पर्यटन बर्ष २०११ को प्रचार प्रसार एवं प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम नमस्ते रेस्टुरेन्टका प्रवन्ध संचालक यज्ञराज सुवेदीको निजी लगानीमा भएको थियो ।
बिस्तृत समाचार .....
नेपाली व्यावसायी संघ बेल्जियमको अधिवेशन तयारी
टाइम्स संवाददाता
बेल्जियम, मंसिर १६ । नेपालीहरु अध्ययन र कामका लागिमात्र नभई व्यवसायका लागि पनि विदेशिने गर्छन् भन्ने मनोविज्ञान तयार पार्ने उद्देश्यले गठित नेपाली व्यावसायी संघ बेल्जियमले तेश्रो अधिवेशनको तयारी गरिरहेको छ । व्यवसाय संचालन गरिरहेका नेपालीहरुले व्यवसाय गर्न इच्छुक अन्य नेपालीहरुलाई सहयोग, सल्लाह, उत्साह र प्रेरणा प्रदान गर्ने उदेश्यले बेल्जियममा व्यवसाय संचालन गरिरहेका नेपाली व्यावसायीहरुको सामुहिक संगठनको रुपमा स्थापित नेपाली व्यावसायी संघ बेल्जियमको तेश्रो अधिवेशन २०११ को पूर्वाद्धमा हुने भएको छ ।संघको तेश्रो अधिवेशन आयोजना गर्न सागरदास श्रेष्ठको संयोजकत्वमा अधिवेशन आयोजक समिति समेत गठन गरिएको छ।
बिस्तृत समाचार .....
अगुवा कार्यकर्ता प्रशिक्षण
टाइम्स संवाददता
अबुधाबी, मंसिर ३ । युएइको राजधानी अबुधावीमा प्रवासी नेपाली संघ युएइ क्षेत्रीय समिति अबुधावीको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिका अध्यक्ष भेषराज ढकालको अध्यक्षतामाभएको कार्यक्रममा प्रवासी संघले यूएईमा गर्ने गतिबिधी ,यसका प्रभाब र आगामी दिनमा गरिने योजना तर्जुमालगायत अन्य समसामायिक बिबिध बिषयमा प्रशिक्षण दिईएको थियो ।
बिस्तृत समाचार .....
खबरदारी कार्यक्रमप्रति राप्रपा बेल्जियमको समर्थन
टाइम्स संवाददाता
बेल्जियम, कात्तिक २६ । यही कात्तिक २७ देखि २९ गतेसम्म नेपालमा राप्रपा नेपालले आयोजना गर्न लागेको खबरदारी तथा विरोध प्रदर्शनको कार्यक्रमलाई बेल्जियमस्थित संगठन राप्रपा बेल्जियमले पूर्ण समर्थन गर्दै सफलताको कामना गरेको छ।
बिस्तृत समाचार .....
सारंगीको रेटेर गुजारा चलाउँदै
नारायण अर्याल
नाम्ची (सिक्किम), कात्तिक २४ । कसैलाई सारंगीको धूनमा नेपाली गीत सुन्ने चाहना भए भारतको पूर्वी पहाडी राज्य सिक्किमको नाम्ची बजारमा पूरा हुनेछ । नाम्ची बजारको केन्द्र भागमा रहेको सेन्ट्रल पार्कमा नेपाली गन्धर्वहरूले सारंगीको धूनमा गाउने नेपाली गीतबाट भरपूर आनन्द लिन पाइन्छ ।
बिस्तृत समाचार .....
ओमानमा रमाईलो तिहार
टाइम्स संवाददाता
ओमान, कात्तिक २० । नेपाली समाज ओमानले नोभेम्बर ५ का दिन तिहारको शुभकामना तथा सांस्कृतिक मनोरन्जनात्मक कार्यक्रम प्रस्तुति गरी तिहार कार्यक्रम सम्पन्न गरेको छ ।
बिस्तृत समाचार .....
साउदी अरेबियामा चार नेपालीको मृत्यु
काठमाडौं, कार्तिक २ । साउदी अरेबियाको राजधानी रियादबाट होफुफतर्फ गइरहेको यात्रुबाहक रेलले ठक्कर दिदाँ चारजना नेपाली र एक भारतीय कामदारको मृत्यु भएको अरब न्यूजले जनाएको छ । साउदी रेल्वे अर्गनाइजेसनलाई उद्धृत गर्दै अरब न्यूजले सो दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक नेपालीलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताएको छ ।
बिस्तृत समाचार .....
पहिला नेपाल र नेपाली, अनिमात्र जनसम्पर्क समिति : गगन थापा
टाइम्स संवाददाता
युएई, असोज १९ । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सर्वाधिक मत ल्याइ केन्द्रीय सदस्यमा निर्वाचित भएका युवा नेता गगन थापाले प्रवासमा आफूलाई नेपाल र नेपालीका रुपमा उभ्याएपछिमात्र दोस्रो प्राथमिकतामा जनसम्पर्क समितिका रुपमा चिनिन प्रवासी नेपालीलाई आग्रह गरेका छन् । दुबईमा नेपाली जनसम्पर्क समिति यूएईको प्रथम महाधिवेशनका अवसरमा अतिथीको आसनबाट बोल्दै थापाले सो धारणा व्यक्त गरेका हुन् ।
बिस्तृत समाचार .....
बडादशैं मनाउन ब्यबस्थापन समिती गठन
टाइम्स संवाददाता
स्वीडेन, असोज १० । नेपालीको महान चाड बडादशैलाई नेपाली शैलिमा मनाउन नेपाली समाज स्वीडेनको भर्खरै बसेको कार्यसमितीको बैठकले दशैं कार्यक्रम ब्यबस्थापन समिती गठन गरेको छ।
बिस्तृत समाचार .....
कश्मिरमा ९ नेपालीको निधन
श्रीनगर, असोज ६ । भारत प्रशासित कश्मिरमा बुधबार भएको यात्रुबाहक बस दुर्घटनामा ९ जना नेपाली कामदारको निधन भएको त्यहाँको प्रहरीले जनाएको छ । श्रीनगरबाट ५२ किलोमीटर उत्तरमा रहेको गन्दरबाल जिल्लामा यात्रुबहक बस सडकबाट ३०० फिट गल्छीमा खसेको थियो ।
बिस्तृत समाचार .....
नेपाली समाज स्वीडेनको माल्मो शाखा गठन
टाइम्स संवाददाता
माल्मो, असोज ५ । स्वीडेनमा बसोबास गर्ने नेपालीलाई एकै सुत्रमा बाँधी नेपालीहरुबप्च घनिस्ठता बढाउने मुल लक्ष्यका साथ स्वीडेनको तेस्रो ठुलो शहर माल्मोमा नेपाली समाज स्वीडेनले आफ्नो अर्को शाखा बिस्तार गरेको छ।
बिस्तृत समाचार .....
बेल्जियममा क्षेत्री संगठित
टाइम्स संवाददाता
ल्युभेन, असोज ५ । बेल्जियम स्थित ल्युभेनमा बसेको क्षेत्रीहरुको भेलाले तदर्थ कार्य समितीको गठन गरेको छ ।
बिस्तृत समाचार .....
अधिवेशन र साधारणसभाको तयारी
टाइम्स संवाददाता
स्वीटजरल्याण्ड, भदौ ३० । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा आगामी असोज २३ गते शनिबार हुने भएको छ । समितिका महामन्त्री मेदन गौलीका अनुसार ज्यूरिचमा आयोजना गरिने सो अधिवेशन तथा साधारणसभाबारे आवश्यक तयारी भइरहेको छ ।
बिस्तृत समाचार .....
अन्तरक्रिया सम्पन्न
टाइम्स संवाददाता
दोहा, भदौ २९ । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले एकीकृत नेकपा माओवादीका सभासद नारायण शर्मा पौडेलसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । दोहास्थित टप फर्म रेष्टुरेण्टको सभाहलमा आयोजित कार्यक्रममा नेपाली आदिवासी जनजातिहरुको हक अधिकारको बारेमा चर्चा भएको थियो ।
बिस्तृत समाचार .....
साउदी अरबमा नेपाली साहित्य महासंघ
टाइम्स संवाददाता
काठमाडौं, भदौ १३ । साउदी अरबमा रहेका साहित्यिक स्रष्टाले एक कार्यक्रमबीच विश्व नेपाली साहित्य महासंघ, साउदी अरेबिया शाखा स्थापना गरेका छन् ।
बिस्तृत समाचार .....
मोतीराम भट्टको जन्मजयन्ती मनाउने तयारी
टाइम्स संवाददाता
अबुधाबी, भदौ ११ । सर्वदा बाङमय प्रतिष्ठानले युएईको राजधानी अबुधाबीमा मोतीराम भट्टको १४४ औं जन्मजयन्ती मनाउने तयारी गरिरहेको छ । केरला सोसियल सेन्टरमा आगामी १७ सेप्टेम्बरमा युवा कवि भट्टको जन्मजयन्ती मनाउने योजना अनुसार तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
बिस्तृत समाचार .....
प्रवासी नेपालीद्वारा विद्यालयलाई सहयोग
अर्घाखाँची, साउन १४ । अर्घाखाँचीको बागी गाविसबाट रोजगारीको सिलसिलामा कतारमा रहेका युवाले आफ्नो तलबको केही रकम काटेर गाउँको विकास निर्माणमा खर्च गरेका छन् ।
बिस्तृत समाचार .....
बुद्घ जयन्ती मनाउने तयारी
टाइम्स संवाददाता
दोहा, वैशाख ६। थारु कल्याणकारिणीसभा च्याप्टर कतार, नेपाल प्रवासी तामाङ समाज कतार तथा तमु बौद्घ सेवा समिति कतार शाखा, नेपाल प्रवासी शेर्पा संघ कतारको संयुक्त बैठकले शान्तिका अग्रदुत भगवान गौतम बुद्घको २५५४ औं जन्मजयन्ती आगामी मई २८ मा भव्यरुपले मनाउने निर्णय गरेको छ ।
बिस्तृत समाचार .....
दुतावासलाई कुर्सी
टाइम्स संवाददाता
दोहा, वैशाख ५ । कतारस्थित नेपाली दूतावासलाई कतारमै रहेका नेपालीहरुबाट फर्निचर सहयोग जुटेको छ । कतारस्थित नेपाली समुदायबाट दुतावासलाई ३५ वटा कुर्सी प्राप्त हुने भएको हो ।
बिस्तृत समाचार .....
लोकतान्त्रिक मञ्चद्वारा 'विच क्लिनिङ्ग'
टाइम्स संवाददाता
दोहा, वैशाख १ । नेपाल लोकतान्त्रिक मञ्च कतारले वक्रा सामुद्रिक तटमा हालै सरसफाई (विच क्लिनिङ्ग) गरेको छ ।
बिस्तृत समाचार .....
कतारमा ८ नेपाली अलपत्र
टाइम्स संवाददाता
दोहा, चैत १८ । वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका ८ नेपाली युवा विभिन्न समस्याका कारण नेपाली नियोगको शरणमा आएका छन् । तीमध्ये ६ जना कम्पनी फेला नपरेपछि नेपाली दूतावासको शरणमा आएका हुन् भने एकजना साउदी पुर्याइएपछि र अर्का एक तलव नपाएपछि भागेर आएका छन् ।
बिस्तृत समाचार .....
लोकतान्त्रिक मञ्चको पूर्ण बैठक सम्पन्न
टाइम्स संवाददाता
दोहा, चैत १८ । नेपाल लोकतान्त्रिक मञ्च दोहा, कतारको चौथो राष्ट्रिय सम्मेलन पश्चात निर्वाचित समितिको प्रथम पूर्ण वैठक अध्यक्ष रामहरी गैरेको अध्यक्षतामा सम्पन्न भएको छ ।
बिस्तृत समाचार .....
कतारमा १९ युवा अलपत्र
टाइम्स संवाददाता
दोहा, फागुन ६ । वैदेशिक रोजगारीका सिलसिलामा कतार आएका १९ नेपाली यूवालाई एजेन्टले मोटो रकम असुलेर भने बमोजिमको काम र दाम नदिलाएपछि अलपत्र भएका छन् । उनीहरु अलपत्र अवस्थामा नेपाली दुतावासको शरणमा आएका छन् ।
बिस्तृत समाचार .....
नेजाको अधिवेशन एटलान्टिक सिटीमा हुने
टाइम्स संवाददाता
कोलोराडो, माघ १३ । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारको संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो दोस्रो अधिवेशन आगामी अप्रिल १४ मा न्युजर्सी राज्यको एटलान्टिक सिटीमा गर्ने निर्णय गरेको छ ।
बिस्तृत समाचार .....
ब्रसेल्समा नेपाल फेस्टिबल
ब्रसेल्स, असार १५ । बेल्जियमको राजधानी ब्रसेल्सस्थित सिन्ट क्याथरिन पार्कमा 'नेपाल फेस्टिबल २००९' आयोजना गरिएको छ ।
बिस्तृत समाचार .....