2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
लोकतन्त्रको विकल्प छैन : राष्ट्रपति

टाइम्स संवाददाता
बुटवल, फागुन २५ ।
राष्ट्रपति डा. रामवरण यादवले नेपालमा लोकतन्त्रको विकल्प नभएको बताएका छन् । उनले जनताको बलिदानबाट आएको लोकतन्त्र र संविधानसभाको विकल्प खोज्न नहुनेसमेत उल्लेख गरेका छन् ।
लुम्बिनी अञ्चल अस्पतालको शतवार्षिकी समारोह तथा नवनिर्मित शल्यक्रिया भवनको बुधबार बुटवलमा उद्घाटन गर्दै राष्ट्रपति यादवले लोकतन्त्र संसारमै सफल व्यवस्था रहेको बताए । देश समुन्नत बनाउनका लागि जनता सर्वोपरि रहने लोकतन्त्रबाहेक अर्को विकल्प हुनै नसक्ने उनको भनाइ थियो ।
राष्ट्रपति डा. यादवले लोकतान्त्रिक शासन व्यवस्थामै शिक्षा र स्वास्थ्यको विकास सम्भव भएको बताए । देश विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुन जरुरी रहेको पनि उनले प्रष्ट पारे ।
दुई पटकसम्म प्राप्त भएको लोकतन्त्रलाई संस्थागत गर्न नसक्दा मुलुक पछाडि परेको बताउँदै राष्ट्रपति यावदले जनआन्दोलन ०६२/६३ बाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । २०१७ सालमा प्राप्त लोकतन्त्रलाई नफालेको भए मुलुक अहिले धेरै अगाडि बढिसक्ने बताउँदै उनले जलभण्डारको देशका रूपमा चिनिने नेपालले आफ्ना जनतालाई स्वच्छ पिउने पानी, विद्युत् सेवासमेत दिन नसकेकोमा चिन्ता प्रकट गरे ।
उनले मुलुकको सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको रक्षाका लागि सामुदायिक सद्भाव कायम गरेर अगाडि बढ्न जरुरी रहेको बताए । सबै राजनीतिक दललाई समेटेर अगाडि बढ्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिइसकेको समेत जानकारी दिए ।
राष्ट्रपति यादवले चिकित्सकहरूलाई समाजले सम्मान दिएअनुरूपको सेवा प्रदान गर्न आग्रह गरे । उनले सय वर्षको गौरवमय इतिहास बोकेको अस्पतालबाट अबका दिनमा जनतालाई अझै स्तरीय सुविधा प्रदान गर्न सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गरे ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १९६७ साल फागुन १५ गते स्थापना भएको सो अस्पतालमा हाल एक सय ३५ शैøया रहेका छन् ।
राष्ट्रपति डा. यादवले बुधबारै बुटवलको हाटबजार लाइनमा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पसको नवनिर्मित भवनकोे समेत उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले शिक्षा र स्वास्थ्यलाई पाखा लगाएर कुनै पनि मुलुकको विकास हुन नसक्ने धारणा राखेका थिए ।


सेयर »

                                      

आफ्नो प्रतिक्रिया पठाउनुस्

*चिन्ह भएका खाली ठाउँ भर्न जरुरी छ ।
 
भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....