2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
बेलायती सहयोगमा वृद्धि

टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ ।
बेलायतले नेपालको चौतर्फी विकासका लागि ३८ खर्ब ६० अर्ब ७८ करोड ४० लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । शान्तिप्रक्रिया, सवल शासन, सुरक्षास्थितिमा सुधार तथा न्यायमा पहुँच बढाउन चार वर्षको अविधमा खर्च गर्ने गरी बेलायतले उक्त सहायता रकम उपलब्ध गराउने भएको हो ।
नेपालको भ्रमणमा रहेका बेलायती अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री एलन डंकनले बुधबार उक्त सहयोगको घोषणा गर्दै आर्थिक वृद्धिबाट फाइदा लिन नसकेका गरिब तथा पिछडिएका वर्गको उत्थानलगायत कार्यक्रम कार्यान्वयनलाई चार वर्षे योजनाले प्राथमिकता दिएको बताए । सर्वसुलभ स्वास्थ्य तथा शिक्षा सेवा प्रवाहमा सघाउने, मौसम परिवर्तनका कारण पर्ने प्रभावको सामना, भूकम्पजस्ता दैवी बिपत्ती न्यूनीकरणका साथै महिला तथा बालबालिकाको जीवनस्तर उकास्ने कार्यमा सो रकम खर्च गरिने उनले जानकारी दिए ।
बेलायत सरकारले सञ्चालन गर्ने विकास योजनाले दुई लाख ३० हजार रोजगारीका अवसर सिर्जना गर्नुका साथै जलवायु परिवर्तनको जोखिमबाट ३० लाख नेपालीलाई जोगाउने जनाइएको छ । योजनाअन्तर्गत वनसँग सम्बन्धित कार्यक्रमबाट पाँच लाख ७० हजार जना गरिबीको दुश्चक्रबाट मुक्त हुने, एक लाख आठ हजार दुई सयलाई अवाञ्छित गर्भधारण गर्नबाट रोक्ने तथा एक लाख १० हजारले शौचालय सुविधा उपभोग गर्न पाउनेछन् ।
सन् २०११ देखि २०१५ सम्म कार्यान्वयन गरिने चार वर्षे विकास कार्यक्रम घोषणापछि आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री डंकनले गरिबी घटाउन राजनीतिक स्थिरताका साथै सहमति प्रवद्र्धन हुनुपर्नेमा जोड दिए । बेलायतले नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा राखेको उल्लेख गर्दै उनले सहायता राशिमा ९१ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
यसअघि डंकनले प्रधानमन्त्री झलनाथ खनालसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेका थिए । डंकनले भेटपछि पत्रकाहरूलाई बताएअनुसार नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण र विकास निर्माणका लागि बेलायतले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो । उनले प्रधानमन्त्री खनालसँगको छलफल उपलब्धिपूर्ण भएको बताए ।
उनले अन्तर्राष्ट्रिय विकास सहयोगअन्तर्गत बेलायतले डिफिडमार्फत प्रदान गर्ने विकास सहयोगलाई दोब्बर गरिन लागिएको जानकारी दिँदै खासगरी नेपालको भूकम्पीय जोखिम न्यूनीकरणमा सहयोग रकम लगानी गरिने बताए ।
राज्यमन्त्री डंकनले बुधबारै नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग पनि भेटवार्ता गरेका थिए । कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा सभापति कोइरालाले नेपालमा नयाँ संविधान निर्माण र शान्तिप्रक्रिया सफलतापूर्वक टुंग्याउनेबारे कांग्रेसको धारणा अवगत गराएको बताइन्छ ।


सेयर »

                                      

आफ्नो प्रतिक्रिया पठाउनुस्

*चिन्ह भएका खाली ठाउँ भर्न जरुरी छ ।
 
भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....